नगरप्रमुख र शाखा अधिकृतसँग विद्यार्थी

टेकबहादुर पुन

लमही,२९ साउन । लमही नगरप्रमुख र पालिकाका शाखा अधिकृतहरुसँग बिद्यार्थीहरुले अन्तरक्रिया गरेका छन । नगरप्रमुख र अधिकृतसँग बिद्यार्थी कार्यक्रम अन्तरगत गुरुकुल एकेडेमी लमहीका बिद्यार्थीहरु मंगलवार छलफल गरेका हुन ।

स्थानीय सरकारका रुपमा रहेको लमही नगरपालिका र वडा कार्यालयको काम, कर्तव्य र अधिकारका बारेमा विद्यार्थीले नगर प्रमुखलगायतकासँग छलफल गरेको गरुकुल एकेडेमी लमहीका शिक्षक सौरभ मल्लले जानकारी दिए । स्थानीय पाठ्यक्रमअन्तरगत रहेर जनप्रतिनिधी र कर्मचारीहरुसँग बिद्यार्थीहरुले अन्तरक्रिया गरेका हुन ।

कार्यक्रममा बिद्यार्थीहरुले पालिकाको नीति तथा कार्यक्रम, बजेट स्रोत र ब्यबस्थापन, सामाजिक र बातावरणिय पहल, योजनाहरु र कार्यान्वयन, आर्थिक समृद्धि र रोजगारी, जनसँख्या, शैक्षिक सँस्थाको अबस्था, स्वास्थ्य सेवा, क्षेत्रफल र भुगोल, कृषि तथा सिँचाईको अबस्था, उद्योग कलकारखाना, सँस्कृती, धार्मिक तथा पर्यटन, ऐतिहासिकस्थल र समसामयिक बिषयमा जिज्ञासा राखेका थिए ।

नगरप्रमुख र शाखा अधिकृतहरुले बिद्यार्थीहरुको जिज्ञासा मेटाएका थिए । नगरप्रमुख र अधिकृतसँग बिद्यार्थी कार्यक्रमले स्थानिय सरकारको काम कर्तब्य सम्पुर्णको शिक्षा हाँसिल गरेको बिद्यार्थीहरुले बताएका छन ।

अन्तरक्रियामा गुरुकुल एकेडेमी लमहीमा अध्ययनरत कक्षा ६ देखि ८ सम्मका बिद्यार्थीहरु नगरप्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा, प्रशासन प्रमुख महेश थापा ठेँडी, शिक्षा, लेखा, स्वास्थ्य, योजना, पूर्बाधार, बन वातावरण तथा बिपद ब्यबस्थापन, महिला बालबालिका, आईटी सुचना प्रबिधी, कृषि, पशु, मेड्पा, राजस्व, उद्योग प्रबर्द्धन लगायतका शाखा अधिकृतहरु आमानेसामाने भएका हुन ।

बिद्यार्थीको जिज्ञाशा मेटाउँदै नगरप्रमुख जोगराज चौधरीले देशको समृद्धिमा बिद्यार्थीको भूमिका महत्वपूर्ण रहने बताए । समृद्धि शिक्षासँग जोडिएकाले हरेक क्षेत्रको शिक्षा हाँसिल गर्न आबस्यक रहेको बताए । उनले लमही क्षेत्र शिक्षित बनाउन शिक्षा तथा शिक्षण सँस्थामा भरपुर लगानी गरिरहेको बताउँदै बिद्यार्थीले भरपुर मेहनत गरि सफल बन्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा लमही नगरका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले मेहनत गरेपछि अवश्य सफल भईने कुरामा जोड दिए । साना बालबच्चादेखि नै आचरणलाई सही बाटोमा हिँडाएर सफल जनशक्तिको रुपमा आफुलाई उभ्याउनुपर्ने बताए । पोजेटिभ कुराहरुलाई ग्रहण गर्दै सुरक्षालाई मध्यनजर गरि आफू सुरक्षित बन्न शिक्षा नै अति आवश्यक रहेकोमा जोड दिएका थिए ।