अम्विकेश्वरी मन्दिर संरक्षण समिति अध्यक्षमा अधिकारी निर्वाचित

घोराही, २७ साउन । अम्विकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समितिको अध्यक्षमा नारायणप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।

शनिवार भएको मतदानमा १२१ मत प्राप्त गरी अध्यक्षमा अधिकारी निर्वाचित हुनुभएको हो । प्रतिद्वन्द्वी महेन्द्र खनालले ११७ मत मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कुल २८१ मतदाता रहेकोमा २५० मत खसेको थियो ।

त्यस्तै उपाध्यक्षमा श्रीधर भण्डारी ८५ मतका साथ विजयी हुनुभएको छ । उपाध्यक्ष पदका उम्मेदवार प्रदीप पोख्रेलले ८२ र चन्द्रमणि शर्माले ६७ मत प्राप्त गर्नुभएको छ । सहसचिवमा प्रदीप वेलवासे १४० मतका साथ विजयी हुनुभएको छ भने प्रतिष्पर्धी किरण खनालले ७३ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा शान्ता बिसी १५५, मीना रेग्मी १५४ र विमला रावत १०१, खुला सदस्यहरुमा सुरेशप्रसाद पोख्रेल १५०, एकराज बुढाथोकी १४२, माधवप्रसाद पौडेल १३८, बासुदेव रिजाल १३०, इश्वरी खनाल १३० र सन्तोष नेपाली १०३ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।