Goraksha

National Daily

वृद्धसेवा समितिको नयाँ कार्यसमिति चयन

तुलसीपुर, २३ बैसाख । वृद्ध सेवा समिति जेष्ठ नागरीक समाजको १८ औं साधारण सभा तथा अधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ ।

खुमानन्द अधिकारीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेसनले पुनः खुमान्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा इन्द्रबहादुर बुढाथोकी, महिला उपाध्यक्षमा सुष्मा लामिछाने गिरी र महासचिवमा शेषमणि रिजाल सचिवमा राधेश्याम उपाध्यक्ष सह–सचिववमा ध्रुव गौतम कोषाध्यक्षमा झगुप्रसाद गौतम चयन भएका छन् ।
त्यस्तै सहकोषाध्यक्षमा गिता शर्मा अधिकारी सदस्यहरुमा घनस्याम उपाध्याय,जागेश्वर भण्डारी, रूद्मणि शर्मा,विक्रम साेमै,देवा डाँगी, गाेविन्द शर्मा अाचार्य, जलपादेवि दमाई,मिठिकुमारी ढकाल,नारायणी रिजाल र रामसरी बस्नेतचयन भएका छन् ।