आफ्नो नेतृत्वमा ग्रिनपार्क बनाउन पाउँदा

सहयोगी भाब बोकेका उनलाई सबैले प्रिय ठान्दछन । २०४४ सालमा लमहीमा जन्मिएका पवन शर्मा रिजाल मिजासिला छन । सबैसँग मिल्नसक्ने खुबी छ उनीमा । उनको खुबीले आफ्नो जीवनकालमा विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वमा समेत पुर्याएको छ ।
हाल दाङ देउखुरीको मुटु मानिने लमही बजार नजिकै जैबिक बिबिधता ग्रिन पार्क सञ्चालन गरेको अजम्मरी सामुदायिक बनको अध्यक्ष हुन पवन शर्मा रिजाल । उनी यस सामुदायिक बनको दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा छन । घर गार्डेन जस्तो अबस्थाको पार्कलाई बढाएर सबैको रिफ्रेसको लागी ग्रिनपार्क निर्माण गरेको यो कार्य उनका लागि खुसीको पलसँग जोडिएको छ ।
उनका लागि ग्रिनपार्क ईतिहास बनिदिएको छ । जहाँ दैनिक सैयौं मानिसहरु अबलोकन तथा रिफ्रेस हुनको लागि पार्कमा जाने गर्दछन । टाढाबाट आउने मानिसहरु कहाँ जाउँ, कता समय बिताउँ भन्ने बाध्यताको अन्त्य गर्दै पार्क निर्माण गरेकाले हजारौँको मनमा बसेका छन उनी । बाध्यतालाई खुसीमा परिणत गर्नसक्ने हरियाली पार्क उनको लागि जिवनको खुसीको पल बनिदिएको छ ।
अत्यन्त सामान्य परिवारमा जन्मिएका पबन शर्मा रिजालका लागि यस्तो ईतिहास बन्छ भन्ने कुरा सोचाई भन्दा बाहिरको थियो । २०६० सालमा एसएलसी दिएर उनी निराशामा दिन बिताउन थाले । कारण थियो आर्थिक अबस्था कमजोर । बुवाआमाको दुख नजिकबाट नियालेका पवनका लागि माथीको पढाइ सपना जस्तै थियो । परिवारको आर्थिक अबस्था सुधार गर्न उनको मनमा खाडी मुलुक जानुपर्ने झझल्को आईरहन्थ्यो । उनी सुनाउछन यस्तो लाग्थ्यो त्यो बेला मेरा साथी सबले प्रगती गर्छन होला, म भने आर्थिक कमजोरले न पढ्न नै सक्छु, न प्रगती गर्न नै सक्छु ।
निराशाबादी चिन्तनमै दिन बिताईरहेका पवन जसोतसो ं२ भर्ना त भए । तर बिदेश जाने अठोट भने यथावत नै थियो उनिमा ।
ं२ पढ्दैगर्दा उनलाई एउटा अबसर आईलाग्यो । जसबेला लमहीमा सामाजिक क्षेत्रमा काम गर्ने कुनै सँस्था छ भने त्यो थियो श्रिजनशिल युवा क्लब । सबैको मनमनमा बसेको यो क्लब समाजका निम्ति परिबर्तनको संबहाक बनेको थियो । सोही क्लबको कार्यालय सचिब पदमा काम गर्ने अबसर पाए उनले ।
जिवनमा पहिलो पटक रोजगारको अनुभूति पाएका पवनले त्यो बेला मासिक ३ हजार कमाउँथे । उनका लागि त्यो ३ हजारले जीवन नै परिबर्तन गरिदिएको उनी सुनाउछन ।
मत बिदेश नै जाने सोचमा थिए, सोहीबेला ३ हजार कमाउने अबसर मिल्यो पवन सुनाउछन( त्यो रोजगार नमिलेको भए सायद म बिदेश नै जान्थे, बिदेश गएको भए अहिलेको अबस्थादेखी धेरै पछि हुन्थे नि१ त्यो ३ हजार नै मेरो जिवको अमुल्य पाठ बनेको छ ।
क्लबमा काम गर्दैगर्दा पढ्नुपर्ने उत्प्रेरणा जागेको उनी सुनाउछन । त्यो बेला क्लबले स्वान र एफएनसीको सहयोगमा कम्लहरी उन्मुलन कार्यक्रम गरिरहन्थ्यो ।
कमलहरी प्रथालाई नजिकबाट नियाल्न अबसर पाएका पवनका लागि त्यो दर्दनाक अबस्थाले थप हौसलाको बाटो खोलिदियो । उनिहरुको अबस्थाभन्दा आफू धेरै माथी भएको महसुस गरेका पवनले पढ्दै यस्ता प्रबृतीलाई निर्मुल पार्नुपर्ने चिन्तन बोकि निरन्तर अग्रसर भए । जसका कारण लमहीमा पवनले आफ्नो नाम रोशनी गर्न पाए । उनी सुनाउछन कमलहरी प्रथा आकासिएको थियो, परिवारका सबै सदस्य कमलहरी बसेको समेत पाईयो त्यो दर्दनाक अबस्था देख्दा मन त साह्रै दुख्थ्यो तर के गर्नु कमलहरी बस्नु उनको पनि बाध्यता थियो, निर्मुल पार्न नसक्नु हाम्रोपनि बाध्यता थियो ।
क्लबमा रहँदै गर्दा उनले परिवार नियोजन, युवा अभियान, दुर्बेशनी, प्रजनन् सम्बन्धी थुप्रै अभियानहरुमा जोडिन पुगे । जसका कारण समाजको नेतृत्व गर्नसक्ने उनमा बल पैदा भयो ।
लगत्तै उनी क्याम्पस पढ्दै गर्दा विद्यार्थी संगठनमा संलग्न हुने अबसर पाए । नेतृत्वमा पुग्न सक्नुमा उनको लगनशिलताले थप सहयोग गर्यो । उनी विद्यार्थी संगठन अनेरास्वबियुको दाङ क्षेत्र नम्बर १ को अध्यक्ष हुँदै २०७९ सालमा जिल्लाको अध्यक्ष समेत भएर अनेरास्वबियुको नेतृत्व तहमा पुगे । जसका कारण उनी जिल्लामा परिचित भए । देउखुरी बहुमुखी क्याम्पसमा अनेरास्वबियुको जग बलियो बनाउन पवनको भुमिका उल्लेख्य छ । उनको संगठनप्रतिको मायाले पवनलाई अनेरास्वबियुको केन्द्रीय सदस्यजस्तो पदमा पर्याईदियो ।
युवाअबस्थामै सामाजिक क्षेत्रमा आफुलाई परिचित गराईसकेका पवन २०७४ सालमा लमही नगरबिकाश समितीको सदस्य समेत भए । समितीका जग्गाहरु भोगचलन गरिरहेका ब्यबसायीहरुबाट राजस्व उठाउन गाह्रो परिस्थितीलाई ढालेर नियमित राजस्वको अबस्थामा पुराउन भुमिका खेले । जसका कारण समिती आर्थिक अबस्थामा मजबुत हुँदै गयो । ७४ मै स्थानिय तहको नया ब्यबस्था आएलगत्तै उनको कार्यकाल समाप्त भएको उनी सुनाउछन ।
लगत्तै सामाजिक क्षेत्रमा काम गरिरहन मनपराउने पवनलाई सबैको आग्रहमा २०७५ सालमा लमही स्थित अजम्मरी सामुदायिक बनको अध्यक्ष बन्ने अबसर मल्यो । बनक्षेत्रभने उनको जिवनमा नौलो काम थियो । कहिले नगरेको काम बन थियो । तर साथी तथा अग्रजहरुले त्यसैको अध्यक्ष बनाईदिनु भयो पवनले सुनाए सुरुमा त गाह्रो भयो, तर अबसर र चुनौतीलाई संगै लिएर हिँडिरहेको छु ।
उनी अध्यक्ष बन्दा अहिलेको ग्रिनपार्क घर गार्डेन जस्तो थियो । उनको मनमा यो पार्कलाई कसरी बढाउने र प्रचार गर्नमै ध्यान केन्द्रित भयो । देउखुरीको प्रमुख बजार लमहीमा बाहिरका मानिस धेरै आउने र रिफ्रेस हुनेजस्तो कुनै स्थान नभएपछि यसलाई पार्कको रुपमा परिणत गर्न पवन लागीपरे । सरकारलाई हारगुहार गरे । प्रदेश सरकारले ३० लाख बजेट पारिदियो । तर कोरोनाको बिगबिगीले कामले गति लिन सकेन । मुस्किलले ३० लाखको काम सकियो र पार्क केही परिबर्तित भयो ।
कोरोनाका कारण केही बर्ष देश नै लथालिङ्ग अबस्थामा हुँदा पार्क बनाउने सपना तुहिन्छ कि भन्ने चिन्ता पवनमा थियो । कोरोना सकिनु र उनको कार्यकाल सकिनु एकैचोटी भयो । झन पार्क बनाउने उनको लक्ष्य ओरालो तर्फ धकेलियो । अर्को अध्यक्ष आएपछि यो काम गर्छन कि नाई भन्ने चिन्ता हुन्थ्यो, यतिकैमा पार्क लथालिङ्ग हुने होकि भन्ने प्रश्न जागिरहन्थ्यो उनले सुनाए । तत्पश्चात उनी पार्कलाई पुर्णता दिन फेरि दोस्रो कार्यकालका लागि अध्यक्ष बन्ने मनासय गराए र सबै राजनितिक दल, संघसंस्थाहरुको सहयोगमा उनी पुनस्२०७९ सालमा सर्बसहमतीबाट अध्यक्ष भए । जसबेला कोरोना कहर केही साम्य भईसकेको थियो । देशका तिनैतहका सरकारको अबस्था फेरिसकिएको थियो । सबैतहका सरकारलाई भनी बजेटहरु भित्र्याउन उनी सफल भईरहे र पार्कले स्वरुप बदल्दै गयो ।
सामुदायिक बनलाई पर्यापर्यटनसंग जोड्दै आर्थिक स्थितीलाई सबल बनाउनका लागि उनले पार्कलाई महत्वका साथ काम गर्दै गए ।
फलतस् ग्रिनपार्क अहिले सबैको लागि रुचाईएको पार्क बनिदिएको छ । टाढाबाट बजार आउँदा कहाँ गएर समय बिताउ भन्ने चिन्ता छैन । हरियो पार्क र मनमोहक बातावरणले मननै प्रफुल्लित हुन्छ । यहाँ भएको बालउद्यानमा दैनिक बालबच्चाहरु रमाईरहेका हुन्छन । दैनिक २० जनाले रोजगार पाएका छन । यहाँभित्र भएको ब्यबसायले कतिको परिवार पालेको छ ।
यहाँ भएका भ्यु टावर, चिल्ड्रेण पार्क, वाटर फाउन्टेन्ट, बोटानिकल पार्क, पिकनिक स्पट, खुला ब्यायाम शाला, पोखरी, संघसंस्था तथा बिद्यालयले बनाएका पार्क, हरियाली बाताबरण लगायत आकर्षक दखिन्छ ।
बनले पानिको समस्या भएको भन्दै चुरे लगायत प्रदेश सरकार संग ड्याम र बोरिङको माग गर्ने निर्णय गरेको छ ।
सिचाँईको अबधारणा सहित जलासय निर्माण गर्न सामुदायिक बन लागिपरेको छ । लमही नगरका वडा नम्बर ५ र ६ का केही जमिनमा सिँचाईमा प्रयोग गर्नेगरी पार्कमा भएको लोटिया सोतामा नियमित पानी बगाउने बनको योजना छ । बजार क्षेत्रमा लोटिया सोता दुर्गन्धित भएको र त्यसको सफाईका लागि नियमित पानी बगाउने र बगिरहेको पानीमा बोटिङ गराउने योजना बढाईएको अध्यक्ष पवनले सुनाए । वाटरपार्कको अबधारणा सहित स्काई साईक्लिङ, जिपलाईन, स्विन जस्ता कामहरु अघि बढाउने समितीको लक्ष्य छ । साथै समितिले भ्युटावर, ढुँगे बगैँचा, पोखरी लगायतलाई पुर्णता दिने योजना अघि सारेको छ । उपभोक्ता प्रत्यक्ष लाभाम्बित हुनेगरी गरिब परिवारका १० जनालाई कक्षा १० सम्म पढाउने निर्णय समितिले गरेको अध्यक्ष पवनले सुनाए ।
काठ दाउरा बेचेर संकलित रकमको ४० प्रतिसत गरिबी न्युनिकरणमा खर्च गर्दै उद्यमी तथा आर्थिक आयआर्जन सँग जोड्न अभियान थालेको उनले सुनाए । कृषि उद्यमी सहकारी गठन गरि विभिन्न उद्यमी तालिम गराउँदै नयालाई प्रोत्साहन तथा पुरानालाई प्रमोशन गर्ने अभियान चालेको छ ।
उत्पादित सामाग्रीलाई बजारीकरण गर्न समितीले आफ्नो क्षेत्राधिकार भित्रपर्ने हाईबेको किनारमा कोसेली ब्यापारिक सटरहरु बनाउने योजना बनाएको छ । जसका कारण यद्यमीबाट उत्पादित सामाग्रीको बजारीकरण सँगै अब्यबस्थित ठेला ब्यबसायीहरुलाई ब्यस्थित गर्न मद्दत पुग्ने छ । चरिचरणलाई निश्चित ब्यबस्थापन गरेको समितीले डम्पिङ साईड र लेदो ब्यबस्थापन गर्न लमही नगरसँग सहकार्य गरी काम अघि बढाउने तयारीमा छ । जँगलमा सडेर जाने बस्तुहरुबाट कम्पोष्ट मल उत्पादन गर्न समिती लागिरहेको अध्यक्ष पवनले सुनाए ।
समितीले बृक्षारोपन पहलनेपालको सहयोगमा बर्षमा डेढलाख विभिन्न बिरुवा हरु उत्पादन गरि विभिन्न बनसमुह हरुलाई ढुवानी सहित रोपाईसम्मको खर्च ब्यहोर्नेगरि निशुल्क बिरुवा बितरण गरिरहेको छ । उपभोक्तालाई बनतर्फ आकर्षित गर्न उद्यमी कार्यक्रमलाई जोड दिँदै आईरहेको छ । उद्यमी संग जोड्नसके मात्रै दिगो बन ब्यबस्थापनको लक्ष्य पुराहुने अध्यक्ष पवनले सुनाए । अहिलेको बन ब्यबस्थापनलाई समाजले हेर्ने दृष्टिकोण फरक पाएका पवनले उत्पादनमुखी होकि अनुत्पादित हो त्यसको पहिचान गरि ब्यबस्थापन गरिरहेको सुनाए ।
लमहीको ५ नम्बर वडा पुरै र ६ को केही अंश ओगटेको यस अजम्मरी सामुदायिक बन ७ सय ४५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
देउखुरीका समादायिक बनहरुमध्य उत्पादनमा जोडिएको यस अजम्मरी सामुदायिक बन एक उदाहरणिय बन समूह बनेको छ ।
बनबाट आयआर्जनसंग जोडिन धेरै पाटाहरु भएको र जसले समृद्धिको धोका खुल्ने छ जसका लागि आफू लागिपरिरहेको अध्यक्ष पवनले सुनाए । हरियो बन, नेपालको धन होईन । अब हरियो बन नेपालीको धन हुनुपर्छ अध्यक्ष पवनले सुनाए ।
प्रस्तुती : टेकबहादुर पुन