Goraksha

National Daily

दाङ उवासंघद्वारा घोराहीमा सरसफाईसंगै सिचाई

घोराही,२२ बैशाख। दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार घोराहीमा सरसफाइ तथा विरुवा सिचाइ गरेको छ  । संघका अध्यक्ष वसन्त जोशीको नेतृत्वमा घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, सरसफाइ समिति संयोजक एवं घोराही १४ का अध्यक्ष भानसिंह बुढामगर, डिएसपी जनक मल्ल, संघका कार्यसमितिलगाएतको उपस्थितिमा सरसफाइ गरिएको थियो ।
सरसफाई अभियानको उद्घाटन गर्दै अध्यक्ष जोशीले घोराही सहरलाई सफा र स्वच्छ सहरको रुपमा विकास गर्नु पर्ने बताए। घोराही नगर स्वच्छ र सफा राख्नका लागि हामिहरु सबै लाग्नु पर्ने समते बताए ।
घोराहीको मुख्य शचोक तुलसीपुर चोकदेखि दामोदरचोक र तुलसीपुर चोकदेखि ट्राफिक चोकसम्म सरसफाइ  तथा  विरुवामा सिचाइ  गरिएको संघका सचिव विकास वलीले जानकारी दिए ।
संघका विभिन्न उपसमितिले एक एक सामाजिक  उत्तरदायित्व अन्तर्गत काम गर्नु पर्ने हुँदा आज सरसफाइ समितिले सरसफाइ तथा सिचाइ कार्यक्रम गरिएको सचिव वलीले जानकारी दिए । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, खरेल वाटर सप्लार्य, भण्डारी वाटर सप्लायर्सको एक एक ट्याँकर सहयोग गरेका थियोे ।