Goraksha

National Daily

घोराहीमा योग सत्सङ सम्पन्न

पतन्जली योग समिती समितिको आयोजनामा योग सत्सङ सम्पन्न भएको छ । समितिका जिल्ला अध्यक्ष उदय डाँगीको अध्यक्षता एवं पतन्जली योग समिती नेपालका मुख्य केन्द्रिय प्रभारी लबदेब मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मिश्रले योग साधना नियमित चलाउन सक्ने ब्यक्तिनै आफैमा अनुसासित र स्वस्थ रहन सक्ने भन्दै योग धर्म र योग साधनाका बिषयमा जानकारी गराउनु पर्ने बताए । योगका माध्यम बाट दिइने योगदान नै सबैभन्दा ठूलो योगदान भएको उनले बताए ।

उनले योग साधनाका लागि वा केन्द्र निर्माणकालागी कसैको भर नपर्नकालागी आग्रह गर्दै कसैले सहयोग दिएमा सहयोग लिनकालागी पनि आग्रह गरे । कार्यक्रममा पतन्जली योग समिती दाङका महिला उपाध्यक्ष बिष्णा भुषालले धन्यबाद दिएकी थिईन् । जिल्ला महासचिब माधब सुबेदिले सन्चालन गरेको कार्यक्रममा महिला महासचिब यमा गौतम ले स्वागत गरेकी थिईन् । सत्सङमा घोराही क्षेत्रका सम्पुर्ण योग साधना केन्द्रका सदस्यहरूको उपस्थिति रहेको थियो । शुक्रबार तुलसिपुर, दङ्गिशरण र नारायणपुरमा कार्यक्रम गरिने पनि महासचिब सुबेदिले जानकारी दिए ।