calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

गोरक्ष पात्रदेवता मठ चौघेरामा धर्मशाला बन्दै

घोराही, १२ वैशाख । प्राचिन एवं पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ घोराही उपमहानगरपालिका–१७ चौघेरामा सुविधा सम्पन्न ‘सिद्धरत्ननाथ धर्मशाला’ निर्माण हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेमार्फत चौघेरामा धर्मशाला निर्माण हुन थालेको हो । सुविधा सम्पन्न एउटा सभाहलसहित ३० कोठा भएको तीनतले धर्मशाला निर्माण हुन थालेको धर्मशाला निर्माण समितिका अध्यक्ष बलदेव योगीले जानकारी दिएका छन ।
धर्मशाला निर्माण भएपछि गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा पूजापाठ तथा ऐतिहासिक पक्षको अध्ययन गर्न आउने भक्तजनसँगै साधुसन्तहरुलाई सहजता हुने उहाँले बताए । बहुबर्षीय योजना अनुसार ५ करोडको लागतमा निर्माण हुन थालेको धर्मशालाका लागि यो बर्ष ३० लाख रुपैया बजेट रहेको छ । उक्त बजेटबाट धर्मशाला निर्माणको काम सुरु भएको र आगामी बर्ष क्रमश थप बजेट आउने समितिका अध्यक्ष योगीले बताउनुभयो ।
गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको विकासका लागि २०७९÷०८० मा बनेको गुरुयोजना अनुसार धर्मशाला निर्माणको काम अघि बढेको बताएका छन् । उनले भने,‘ प्राचिन एवं पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा राम्रो धर्मशाला नहुँदा मठमा दर्शन तथा अध्ययनका लागि आउने भक्तजन तथा साधुसन्तहरुका लागि बस्ने समस्या रहेको छ । अव धर्मशाला निर्माण भएपछि त्यो समस्या हट्ने छ ।’ धर्मशाला नहुँदा चौघेरा आउने भक्तजन तथा साधुसन्तहरुलाई बास बस्नका लागि समस्या हुने गरेको थियो ।
पर्यटन डिभिजन कार्यालय कोहलपुरले बनाएको गुरुयोजना अनुसार चौघेरामा व्यवस्थीत सुविधा सम्पन्न धर्मशाला, योगी नरहरीनाथ अध्ययन केन्द्र, गौशाला, समाधिस्थल, पार्क, पानीका लागि डिपबोरिङलगायतका पूर्वाधारहरु निर्माण हुने भएका छन् ।

प्राचिन एवं पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा आवश्यक पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्न सके पर्यटकिय केन्द्रका रुपमा विकास गर्न सकिने संस्कृतविद डा गोविन्द आचार्य बताउँछन् । मठका पिर मठाधिस योगी ब्रहमनाथको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष रामलौटन‌ चौधरीले गरेका थिए। कार्यक्रमको सहजीकरण तोयानाथ योगीले गरेका थिए।