Goraksha

National Daily

अब तुलसीपुरबाट जनकपुर र विरगञ्जसंगै काठमान्डौ यातायात सेवा विस्तार

तुलसीपुर, ११ बैशाख । तुलसीपुर यातायात प्रालिले तुलसीपुरदेखि जनकपुर र विरगञ्जका लागि यातायात सेवा सञ्चालन गरेको छ । यात्रुहरूको मागलाई मध्यनजर गर्दै तुलसीपुरदेखि जनकपुर र विरगञ्ज डिलक्स बसहरु सञ्चालन गरेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए ।

जनकपुरका लागि दैनिक तुलसीपुर बाट दिउँसो २ बजे विरगञ्ज र जनकपुर साढे १ बजे डिलक्स बस सेवा सुचारु गरेको छ ।
दाङ–काठमाण्डौ रात्रि सेवाका लागि सुविधा सम्पन्न एसी बस थप गरेको प्रालिले भारतको सिमला समेत बस सेवा सुरू गरेको छ । त्यस्तै सल्यानको सलिवजार, बाउखोला, रोल्पाको डलसिंगे र रूकुममा समेत यातायात सेवा सञ्चालन गरिएको छ ।

‘हामीहरूले देशका विभिन्न स्थानमा यात्रुहरुको मागलाई मध्यनजर गदै सुविधा सम्पन बसहरु सञ्चालन गरेका छौ –अध्यक्ष बुढाथोकीले भने ।’ समयको माग अनुसार यात्रुहरुको चाहना र आरामदायि यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न सेवाहरु थप गदै नेपालका विभिन्न रुट र छिमेकी देश भारतमा सेवा सञ्चालन गरेको उनले जानकारी दिए ।

तुलसीपुर यातायात प्रालिले देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामा भित्र सवै स्थानमा सेवा प्रदान गदै आएको प्रालिले जनाएको छ । त्यस्तै मिनि एसी काठमाण्डौ विहानी सेवा र पोखरालगायतका स्थानमा स्थानमा समेत सेवा विस्तार गर्ने तयारमा प्रालि रहेको छ ।