तुलसीपुर, १० बैशाख । दाङका ऋषिराज लहरे (अरुण)को अध्यक्षतामा नेपाल स्केटिङ तथा स्केटबोडिङ्ग संघ लुम्विनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ ।
जसको सदस्यमा दाङका सुवास पोखरेल, नवलपरासी सुस्ता पश्चिमका दामोदर ज्ञावली, रुपन्देहिका अतित गुरुङ र गुल्मीका विवेक गौतम सदस्य रहेको समिति गठन गरिएको छ ।
नेपाल स्केटिङ तथा स्केटबोडिङ्ग संघ को विद्यान २०४८ संशोधन २०७९ अनुसार प्रदेशभित्र स्केटिङ तथा स्केटबोडिङ्ग खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को मर्म अनुसार नेपाल स्केटिङ तथा स्केटबोडिङ्ग संघको विधानको अधिनमा रहि २०८१ असार १५ गते सम्ममा सम्वन्धित प्रदेश नेपाल स्केटिङ तथा स्केटबोडिङ्ग संघको साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नका लागि लुम्विनी प्रदेश नेपाल स्केटिङ्ग तथा स्केटवोडिङ्ग संघ तदर्थ समिति गठन गरिएको हो ।