calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

‘समय सापेक्ष नयाँ शैक्षिक कार्यक्रम आवश्यक ’

राप्ती बबई क्याम्पसको १८ औं साधारण सभा
बालाराम खड्का
तुलसीपुर, ९ बैशाख । राप्ती बबई क्याम्पस दाङ जिल्लाको पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण शैक्षिक धरोहरका रुपमा रहेको सहभागीहरुले बताएका छन् । राप्ती बबई क्याम्पसको १८ औं बार्षिक साधारण सभामा सहभागी राजानितिज्ञ, शिक्षा प्रेमी तथा समाजसेविहरुले यसको वृहत्तरविकासका लागि सवै एक भएर लाग्नु पर्ने समेत थिए । २०४७ सालमा स्थापना भएको क्याम्पसमा हाल निम्न तथा मध्यम वर्गीय परिवारका विद्यार्थीहरुले सर्वसुल्भ रुपमा उच्च शिक्षा हालि गर्न पाएको भन्दै यसको विकासमा सवै लाग्नु पर्ने सहभागीहरुको भनाई थियो ।
राप्ती बबई क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्याम रेग्मीको अध्यक्षता तथा पूर्व संसाद नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यता एव लुम्विनी प्रदेश सभाका निवर्तमान प्रदेस सदस्य शंकर गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्लै प्रमुख अतिथि गिरीले निकै अफ्ठ्यारो प्रस्थीतिबाट यो अवस्थामा आएको सामुदायिक क्याम्पसको विकास विस्तारमा सवैको चाहो हुनुपर्ने बताए । ‘यो क्याम्पसको राम्रो भविष्यछ यसको उन्नति प्रगतिमा सवै लाग्नुपर्छ – केन्द्रिय सदस्य गिरीले भने ।’ उनले ३३ बर्ष पुरा हुँदा सम्म क्याम्पस सुकम्वासी भएको भन्दै यसको स्थायीत्वका लागि सवै एक हुनुपर्नेमा जोड दिए । ‘यो क्याम्पसमा पश्चिम दाङ देखि रोल्पा, रुकुम, सल्यान देखि अन्य जिल्लाका विद्यार्थीहरुले उच्चशिक्षा लिई रहेका छन् तर स्थायीत्व अझै छैन –गिरीले भने ।’
उनले अव क्याम्पसले शैक्षिक प्रणालीमा सुधार गरेर अगाडी बण्नुपर्ने बताए । ‘क्याम्पसमा नयाँ नयाँ विषयहरु थप गर्नु पर्छ क्याम्पसको जग्गा व्यवस्थापनमा स्थानीय सरकार र राजनितिदलहरुले पनि भुमिका खेल्नु पर्छ –केन्द्रिय सदस्य गिरीले भने ।’
त्यस्तै विशिष्ट अतिथि लुम्विनी प्रदेश सभाका निर्वतमान प्रदेश संसाद शंकर गिरीले पछिल्लो समयमा क्याम्पसको विकास र विस्तार धेरै भएको भन्दै अझै विक्ने र समय सापेक्ष शिक्षा दिनुपर्ने बताए । ‘ क्याम्पस स्थापना गर्दा धेरै समस्या थिए अहिले पनि जग्गाको स्थायीत्व देखि अन्य समस्या छन यो सवै मिलेर सामाधान गर्नु पर्छ – गिरीले भने ।’
त्यस्तै नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति घनस्याम रेग्मीले ३३ ÷३४ बर्षको विचमा क्याम्पसले धेरै चुनौतिका विच शैक्षिक क्षेत्रमा फटको मारेको भन्दै यसको विकास र विस्तार गर्ने सवैको दायित्व रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्का नेकपा एमालेका नगर उपाध्यक्ष रुपबहादुर खत्री, नेपाली काँग्रेसका नगर सभापति सुरेश हमाल, नेकपा माओवादीका नगर अध्यक्ष महोन थापा, राप्रपाका जिल्ला सदस्य मधुकर न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सचिव संगीता ढकाल, नेकपा विप्लपका नगर इचार्ज विजयसिंले गुणस्तरीय शिक्षामा जोडदिदै क्याम्पसमा नयाँ नयाँ प्राविधिक विषयहरु ल्याउने पर्ने बताए ।
त्यस्तै वडा नं. १२ का वडाध्यक्ष खुसिराम चौधरी, अक्षकोषदाता तथा पूर्व सहायक प्राध्यापक विरेन्द्र महरा, महेन्द्र मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण लहरे, क्याम्पसका सभासद नवराज लामिछाने, रोटरी क्लव अफ तुलसीपुर सिटिका अध्यक्ष पवनकुमार योगी, क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष मानबहादुर डाँगी, पव्लीक क्याम्पस प्राध्यापक संघका अध्यक्ष भुपबहादुर बुढाथोकी, तुलसीपुर उद्योग वाणिज्य संघका रामप्रसाद चालिसे, क्याम्पसका पूर्व क्याम्पस प्रमुख महेसप्रसाद आचार्य, विद्यार्थी केपी वलीगायतले स्थापना कालमा २ सय विद्यार्थी र ९ जना शिक्षक रहेकोमा हाल ५९ जना शिक्षक कर्माचारी र ४ हजार बढी विद्यार्थीहरुले अध्ययन गरि रहेको भन्दै यसको विकासमा सवैले साथ सहयोग दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख तथा सदस्य सचिव गणेश पार्थेले क्याम्पसको प्रतिति प्रतिवेदन प्रस्तुत गदै हाल क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन क्यूएए प्रमाण पत्र प्राप्त गरेको बताए । क्याम्पसमा प्लटु तर्फ मानविकी समुह, शिक्षाशास्त्र व्यवस्थापन समुह, स्नातक तह मानविकी संङकाय, शिक्षाशास्त्र र व्यवस्थापन संङकाय र स्नातकोत्तर तह सेमेस्टर प्राणाली सन्ध्याकालीन मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा ३ हजार ९ सय ७४ जना विद्यार्थीले अध्ययन गरि रहेको बताए ।
त्यस्तै क्याम्पसको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन २०२८ सम्म क्याम्पसले गुणस्तर सुनिश्चिताको पुनः प्रमाणीकरण को प्रमाणपत्र प्राप्त गर्ने, क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउनका लागि पहल गर्ने, क्याम्पसको नाममा हाल भोगचलन भैरहेको जग्गा दर्ताका लागि सम्वन्धित निकायमा विशेष पहल गर्ने , क्याम्पसमा विभिन्न संकाय तथा समय सापेक्ष नयाँ विषयहरु विविए, विएसडव्लू सञ्चालन गर्ने तर्फ पहल गर्ने रहेको बताएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले आर्थिक प्रतिवेदन प्रस्तु गरेका थिए । उनले हालको खर्च र अनुमानित बजेट समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न अक्षकोष दताहरुले स्थापना गरेको अक्षकोषबाट जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै जर्नल अफ राप्ती बबई क्याम्पस प्रकाशन गर्ने प्रध्यापक तथा सहायक प्राध्यापकलाई पुरस्कृत गरीएको थियो । कार्यक्रममा रोटरि क्लव अफ तुलसीपुर सिटिले अपाङता भएका विद्यार्थीलाई एक थान हुइलचेयर वितरण गरेको थियो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्याम रेग्मीले राप्ती बबई क्यााम्पसले हासिल गदै आएको शैक्षिक भौतिक आर्थिक नीतिगत उपलव्धिहरुलाई बढाउदै गामी दिनमा नयाँ शैक्षिक कार्यक्रम र भौतिक निर्माणमा लाग्ने बताए । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण क्याम्पसका सहायक प्राध्यापक सूर्यप्रसाद शर्मा र कर्मचारी प्रल्हाद देवकोटाले गरेका थिए ।