सहकारी प्रकरण, अवरुद्ध सदन र गृहमन्त्री

सुभाष न्यौपाने
सहकारी प्रकरणसँगै अवरुद्ध भयो सदन !
छानबिनको माग गर्दै घटना स्पस्ट के हो भनिकन !!
राजिनामा गर गृहमन्त्री छानविन सहज गर्नलाई !
अध्यादेश ल्याउने भन्दै सरकार गयो सदन बन्द गर्नलाई !!
बिना अर्थ सकियो सदन हिउँदे अधिवेशनको !
सरकारले बन्द ग¥यो सदन विपक्षीको स्वर ठुलो भो !!

गृहमन्त्री रवि लामिछाने समेत मुछिएको भनिएको मुलुकमा नयाँ तरङ्ग सहितको नयाँ मुद्दाको रुपमा स्थापित छ सहकारी प्रकरण सहकारी प्रकरण अहिले सबै क्षेत्रमा आवद्धता कायम गरेको विषय भएको छ । सहकारी प्रकरणकै कारण फागुन २२ यता जति पटक बोलाएको भए तापति सदनले आफ्नो अस्तित्वका कुरा छोडौ आफ्नो परिचय समेत दिन सकेको छैन । हरेक कुराहरु पक्ष र विपक्षमा केन्द्रित रहँदै वाद विवादमा मात्र नभई आरोपप्रत्या उत्र्ने रोपणमा उत्र्ने प्रवृतिले जनतालाई निरुत्साहित गरेको छ ।

मन्त्री प्रधानमन्त्री तथा राष्ट्रपति माथि लागेको आरोपको उनीहरु जवाफ दिन चाहँदैनन् । उल्टो आफूमाथि आरोप लगाइएको भन्द्र आक्रोस व्यक्त गर्छन् । उल्टो सकारात्मक रुपमा जवाफ दिन चाहँदैनन् । उनीहरु विशिष्ट श्रेणीमा नागरिक उनीहरुलाई कुनै पनि आरोप लाग्नु हुँदैन उनीहरुले पुष्टि हुन नदिन र जवाफ दिनु अपमान सम्झन्छन् । उनीहरु सधै सम्मानित हुनु पर्ने तर गतिविधि चाहीँ सम्मानित गर्नु नपर्ने । अहिले मुलुक त्यस्तै परिस्थितिमा गुज्रिरहेको छ । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा अल्झिरहेका छन्, उनलाई प्रश्न गर्नु हुँदैन । उनी सदनमा सहकारी प्रकरणको बारेमा जवाफ माग्दा उनी नेपाली कांग्रेसका सांसदहरुलाई थार्काउँछन् र भन्छन् हिजो तिमीहरु गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन भइरहँदा घटेको घटना सुन तस्करी प्रकरणको बारेमा छानविन र अनुसन्धानको लागि सदनबाट सर्वदलीय छानविन समिति गठन गरियोस् भन्ने माग राखेर सदन अवरुद्ध गर्दा तिमीहरुले माग्दैमा किन छानविन समिति गठन गर्ने ? भन्ने जवाफ दिएको बिर्सियो ?

आज तिमीहरुले माग्दैमा छानविन समिति गठन गरिन्छ ? तर गृहमन्त्री लामिछानेले के कुरा बुझ्नुपर्छ भने उनलाई आफ्नो साख र प्रसिद्धि बढाउनु छ भने उनी आउनोस् छानविन समिति गठन गरौ भनेर हात अगाडि बढाउनु पथ्र्यो तर विडम्बना हिजो तिमीहरुले जुन गतिविधि गरेका थियौ अहिलेको सरकराले पनि त्यही गर्छ तिमीहरुले हिजो चाहे गलत गर चाहे सही । तिमीहरुले पनि हिजो जनचाहना अनुसार काम गरेका थिएनौ अहिले हामी पनि गर्दैनौ । जनतालाई कुन सही कुन गलत छुट्टयाउनै गाह्रो भयो । तिमीहरुले गरेनौ । हामीले पनि गर्दैनौ भन्नु कतिसम्म सही र सान्दर्भिक होला ? जनताले छुट्टयाउन त सक्छन् तर जनताले दिने त दबाब मात्र हो कार्यान्वयन त सरकारले गर्ने हो । नेपालमा अर्थात् नेपाली राजनीतिमा त कस्तो देखियो भने जसले गल्ती गर्छ जुनै बहानामा भए पनि सत्ता आरोहणको भ¥याङ खोज्छ जसले गर्दा सत्ता र शक्तिको आडमा गल्ती लुकाउन छुपाउन सकियोस् ।

हिजो ललिता निवास प्रकरणमा जसरी माधवकुमार नेपाल र बाबुराम भट्टराई आत्तिएका थिए, अत्तालिएका थिए । जुन घटनाका आरोपित व्यक्ति विजयकुमार गच्छदारलगायतका अन्य व्यक्ति न्यायको गठघरामा मात्रै नभई न्यायालयको फैसलाबाट काराबासमा समेत पुगिसक्दा सोही घटनाका मुख्य पात्र अर्थात् निर्णयकर्ता माधवकुमार नेपाल र बाबुराम भट्टराइलाई नेपालको भ्रष्टाचार न्यायको अनुसन्धानकर्ता नेपालको संवैधानिक निकाय अख्तियारले नै उनीहरुलाई प्रश्न गर्न सक्यो भने भ्रष्टाचार सम्बन्धमा खोजी नीति गर्ने अधिकार प्राप्त सुरक्षा निकाय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत उनीहरुलाई अनुसन्धानको लागि भनेर उनीहरुलाई पत्राचार नै गर्न सकेन । किनभने माधवकुमार नेपाल त्यतिबेलाको सरकारका मुख्य पात्रको रुपमा रहेछन् भन्ने पुष्टि भएको छ ।

किनभने सिखाईवि प्रमुख सहितको समूह नेपाल निवासमा पुगेर प्रश्न उत्तर हैन सम्वाद गरेर फर्कियो रे । यस्तो खालको अनुसन्धानक्रिया रहेको मुलुकमा रवि लामिछाने पनि के कम । उनी त झन महिनाको लाखौ डलरको आर्जन क्षमता राखेका व्यक्ति उनी किन अरु नेपाली सरह भएर बस्थे । लाखौँ डलर महिनामा कमाएर वासिङटन सहर बुझेर आइसकेका रविलाई सहकारी प्रकरणका कुरा उठाउने आर्थिक अपचलनको प्रश्न गर्ने ? उनी त रवि हुन् रवि उनलाई ग्रहण लगाउने कोशिस नगर उनलाई जगत्र खान देउ, जगत्र घुम्न देउ, उनीसँग भिसा र पासपोर्टको कुरा नउठाउ अख्तियार र अपचलनका कुरा नयठाउनलाई सर्वोपरि भएर खान देउ के नेपाली कांग्रेसले यति कुरा बुझेको छैन र सदन अवरोध गरेको हो त ? रविलाई आरोप लगाउनु हुँदैन रविलाई अवरोध गर्नु हुँदैन भन्ने अझै नेपाली कांग्रेसले बुझेको छैन ?

रवि त राम हुन् कांग्रेस उनी कुनै पनि काम दुई पटक गर्दैनन् त्यसैले उनका स्वास्नी दुई भएनन्, नागरिकता दुई भएनन्, पासपोर्ट दुई भएनन् । कांग्रेसले व्यर्थ विरोध गरिरहेको छ रवि त जनपक्षीय व्यक्ति हुन् उनले जनपक्षीय कार्य गरिरहेका छन् । त्यसैले जनता घण्टीको रालो बोकेर दौडिरहेका छन् आफ्नै टाउँकोमा ढोक्नलाई घण्टी चिन्ह हुँदैमा निस्वार्थी र सुकर्मी नै हुन् भन्ने छैन । सहकारी प्रकरणमा रविलगायत रविका सहकर्मीको नाम क्रमशः जोडिँदै आइरहेको छ । अब त समाज र समुदायले खोजिरहेको छ कि रविका पछाडि अरुनमहरु किन थपिइरहेका छन् र जोडिरहेका छन् ? बुटवलको सुप्रिम सहकारी संस्थामा घोटाला भएको सन्दर्भमा सहकारी वचतकर्ताले उजुरी जाहेर गरेका छन् अदालतमा मुद्दा दायर भएको छ भने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि आफ्नो अनुसन्धान सुरु गरेको र सार्वजनिक पनि गरिरहेको छ ।

सुप्रिम सहकारी बुटवल र सूर्यदर्शन पोखरा प्रकरण के हो ? यदि अनरगल प्रलाप मात्रै हो भने उनीहरुलाई गिरफ्तार गरेर कारबाही गर्ने हैन भने सञ्चार माझ भन्दै वा सार्वजनिक रुपमा ओठे जवाफ लगाएर म हैन भन्दैमा हैन ठहर्छ । कित जनतालाई दिग भ्रमित पार्ने खालका गलत समाचार सम्प्रेसण गर्ने स१चर माध्यमलाई कारबाही गर्न सक्नु प¥यो हैन भने चर्चामा आएका ठगहरु माथि कारबाही गर्नु प¥यो । ती कुनै प्रक्रिया नअपनाइ हैन र छैनको जवाफलाई जनताले कसरी विश्वास गर्छन् ? त्यतिमात्र हैन गृहमन्त्री त गृहमन्त्री भए प्रहरी आइजीपीलगायत प्रधानमन्त्री तथा गठबन्धनका प्रमुख नेताा केपी शर्मा ओलीले समेत हैन र छैनको जवाफ दिनुलाई जनताले के गर्ने विश्वास गर्नु पर्ने हो भने कतै गलतलाई सही भनेर विश्वास गर्नु पर्ने त हैन ?

सञ्चार माध्यमले पेस गरेका कागजी आधारलाई प्रमाण मानिन्छ कि मानिँदैन ? यदि प्रमाण र आधार हो भने सच्चिने हो भने ती कागजी प्रमाणलाई खोस्टोको रुपमा मात्र लिएर प्रमाणलाई कागजको खोस्टो बनाउे आधार भएन भने त्यो त प्रमाण कायम होला नि ? यदि नैतिकता छ भने आफ्नो कर्तुत के हो आफ्नै आत्माले आत्माको समीक्षा गर्दा रविप्रति जनताले देखाएको सदिक्षा र विश्वासलाई कायम राख्ने हो भने आत्मा समीक्षा गर्नु जरुरी छ । बुटवलको सुप्रिम सहकारी सस्थाका दशहजारभन्दा बढी वचतकर्ता रहेको सहकारीका १८२८ जनाले रकम अपचलन गरेको सम्बन्धमा उजुरी परेको छ । जिवि राईलाई उजुरीको आधारमा खोजी र गिरफ्तारीको व्यवस्था मिलाउनु पर्ने गृहमन्त्री रवि लामिछाने भन्छन् के जिवी राईका सबै बदमासीको ठेक्का मैले दिनु पर्ने हो ?

गृहमन्त्री के को लागि भएको छ ? नागरिकको सम्पत्ति हिनामिनाको आरोप लागेपछि छानविन गर्नु पर्छ कि पर्दैन ? रविको यस्तो गतिविधिले उनले आफ्नो पोल आफै खोल्न खोज्दै छन् भन्ने बुझाउँछ तर रवि समर्थक समूह रविलाई रवि देव बनाएर उनको देवत्व ग्रहण गरिरहेका छन् । नेपाली कांग्रेसले सदनमा उठाएको विषय आवश्यक र उपयुक्त हुँदा हुँदै पनि जनताले पत्याउन अलि गाह्रो मानिरहेका छन् । किनभने हिजो बहुदल मुलुकमा आइसकेपछि एकलौटी सरकार गठन गर्ने जनमत पनि ०४८ को आम निर्वाचनमार्फत् प्राप्त गरेको नेपाली कांग्रेस स्वयम्मा एककृत भएर अघि बढ्नु पर्ने कुरा बिर्सिएर आफू आफूमा गाँडालोट सुरु ग¥यो । यसरी आफैभित्र एक अर्कामा अविश्वास बढ्दै गयो फलस्वरुप मुलुक ०५१ को मध्यावधि आम निर्वाचनमा गएपछि नेपाली कांग्रेस मात्र नभई मुलुककै राजनीतिको अद्योगति सुरु भयो ।

त्यसकै आधारमा मुलुकमा नयाँ विद्रोह सुरु भयो, लाई जित्न नसक्ने अवस्था देखेपछि ०६२÷०६३ को आन्दोलनमार्फत मुलुकमा शान्ति स्थापनाको नाममा सम्झौता भयो, जुन सम्झौता आजसम्म द्वन्द्व रुपान्तरण शक्ति स्थापनामा कारक बन्नको साटो बाधक बनिरहेको छ । जसको असर आजसम्मको नेपाली राजनीतिमा परिरहेको छ । अहिले नेपालमा मौलाइरहेको सहकारी प्रकरण भनौकि रवि प्रकरण त्यो सबैको आधार हो अनिर्णित मार्गमा हिडेको शान्ति प्रक्रिया नै हो, त्यसको पछिल्लो उदाहरण हो पछिल्लो समयमा आएर प्रचण्ड सरकारले गरेको नयाँ सहिद घोषणा कार्यक्रम यस्ता प्रवृतिका घटनाले मुलुकमा शान्ति र समृद्धिलाई बढावा दिनुको साटो द्वन्द्वलाई बढावा दिने काम गरिरहेको छ । त्यसैको उपज हो अहिलेका रवि लामिछाने र रेशम चौधरीहरु ।

सर्वोच्च अदालतले रन्जन कोइरालाको कैद सजायलाई हेरफेर गरेर फैसला गर्दा बढेको जन आक्रोस र विरोध स्वरुप माइतीघर मण्डलामा प्रदर्शनी गरेर सर्वोच्च अदालत घेर्न भन्दै नेपाली जनता सर्वोच्च अदालततर्फ अगाडि बढेपछि जनताको शक्तिका विरुद्ध सर्वोच्च अदालततर्फ अगाडि बढेपछि जनताको शक्तिका विरुद्ध सर्वोच्च फैसला पनि कार्यान्वयन हुन नसक्ने यथार्थलाई बुझेर जसरी पुनः निर्णय गरेर निर्णय सच्याउँदै रन्जन कोइरालालाई पुनः कैद गरी बाँकी सबै कैद सजाय कैदबाट भुक्तानी गराउनु भनी आदेश गरेअनुसार जसरी फैसला कार्यान्वयन गराएको थियो त्यसै अनुसारको फैसला ज्यान अभियोग लागेका योगराज ढकाल (रिगल) लाई पनि सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको आम माफिलाई पनि उल्टाएर बाँकी सजाय कैद भुक्तानीबाट कार्यान्वयन गराउनु भन्ने सर्वोच्च अदालतको पुनवलोकन आदेश जसरी नेपाल प्रहरीले भौविस घण्टा नबित्दै कार्यान्वयनमा ल्यायो भने त्यस्तै फौजदारी अभियोगका अभियुक्त रेशम चौधरीलाई जसरी सरकारले सत्ता साझेदारीमा सहभागी हुने भएकाले पनि हरेक गठबन्धन सरकारले उनलाई अपराधी देख्दैन अहिले रविको अवस्था पनि त्यस्तै देखिएको छ ।

अनुसन्धानलाई अगाडि बढाउनु पर्ने सुरक्षा निकायका प्रमुखले गृहमन्त्री जी माथिको आरोप मात्र हो उहाँमाथि लगाइएका सबै आरोप निराधार छन् भनेर सार्वजनिक रुपमा खण्डन गर्छन् त्यो कतिसम्म सान्दर्भिक र स्वभाविक होला ? अनुसन्धान र छानविनलाई ओझेलमा पारेर प्रधानमन्त्री तथा गठबन्धन दलका नेता रविको कर्तुत ढाकछोप गर्ने अभ्यासमा बढी प्रयत्नरत रहेको देखिन्छ । किनभने जनताले लगाएको आरोप यदि छानविनको क्रममा पुष्टि भयो भने वर्तमान गठबन्धनको सरकार पनि घरासाय हुने स्थिति भएकोले पनि प्रचण्ड र ओलीले रविमाथि लगाइएका सबै आरोप निराधार छन् त्यसैले रवि प्रकरणमा छानविन समिति गठन गर्नु आवश्यक छैन बरु सदन अवरुद्ध हुन्छ भने हवस् । यसरी गलत प्रवृतिलाई बढावा दिँदै आफ्नो स्वार्थसिद्ध गर्न राजनीति र सरकार लागेपछि जनताले के गर्छन् ? सरकार आजका दिनसम्म पनि जनतालाई ढाँटेर ठगेर राज गर्न खोज्दै छ ।

आफूमाथि लागेको आरोपको प्रतिपाद गर्न नसक्ने र नमिल्ने भएपछि जनताको दिमागलाई अर्कोतर्फ मोड्ने अभ्यास स्वरुप सरकारले चौविसै घण्टा खुल्ला बजारको रुपमा पेस ग¥यो ठमेल र दरबार मार्गलाई । यसबाट नेपाली जनताको कति प्रतिशत उत्पादन बिक्रीमा वृद्धि हुन्छ त्यो त हेर्न बाँकी नै छ । जनमैत्री र नागरिकमैत्रीको व्याख्या गर्छन् लुछमैत्री शासन गर्ने यो मुलुकमा रवि पनि किन कम हुन्थे ? उनले पनि अरुहरुले गरे जस्तै मैत्रीपूर्ण गतिविधि रोजे मन्त्री भएर आफ्नो व्याख्या गर्ने मौका पाए । जनमैत्री होस् कि जुनमैत्री होस् उनले व्याख्या गरेको र प्रतिपाद गरेको व्यवस्था उनैमैत्री हो । सधैभरी जति नै भ्रष्टाचार गर्ने र अराजक जति भए पनि रविको र वर्तमान गठबन्धन सरकारको कुरा काट्ने अधिकार कसैलाई छैन । किनभने रवि देज हुन् रविको सधै अर्चवा मात्र गर्नुपर्छ उनलाई ग्रहण लगाउन पाउने अधिकार कसैलाई छैन ।

उनले न्यायीक निकायमा उभिएर जवाफ दिनै पर्दैन किनभने उनलाई ओली प्रचण्ड गठबन्धनका नेताहरुको साथ छ, सहयोग छ, वत्तिस सिटे प्रचण्ड प्रधानमन्त्री भए झै सत्ता गठबन्धन टिकाउने गृहमन्त्री रवि मास्टर को हुन् । त्यसैले उनको बारेमा कसैले आरोप लगायो या प्रश्न ग¥यो भने आईजिपीलगायत ओली प्रभण्ड खब्मा भएर उभिन्छन् र रवि लक्षित प्रश्न भुईमा खस्न पाउँदैन उनीहरु उत्तर दिन तयार छन् त्यतिमात्र हैन खबरदार रविका विरुद्धमा बोल्नेको भनेर प्रति प्रश्न गर्छन् । के प्रमाण देखाउन तिर अथवा न्याय दिलाउने तिर नलागेर एकोहोरो सत्तापिच्छे जनताका विरुद्ध लाग्दैमा मुलुकमा न्याय हुन्छ प्रगति हुन्छ ? भाषणमा चाही निमुखा र अन्यायको उन्मुक्तिको लागि राजनीति शान्ति र समृद्धिको लागि राजनीति भनेर फलाक्ने ? गर्नेबेला भक्त र झोलेप्रतिको सदासपता मात्र न्याय रे जनताको आवाज त आवाज नै हैन रे, यस्तो पनि सरकार यस्तो पनि सुरक्षा ? मन्दिरमा टाँगेर प्रभातमा बजाउँदा सबैलाई शानित र सुखको सन्देश दिने घण्टी अब त अपराध गर्दा बजाउने अशुभ ध्वनी त बन्ने हैन ?

यस्ता धेरै कुरा ख्याल लगर ख्याल गर रवि तिमी पनि तिम्रा दाइ हरिशरण जस्तै मानव हौ तिमीबाट पनि गल्ती कमजोडी हुँदैन भन्ने हैन मानवीय स्वभाव तिमीमा पनि आउँछ, तिमीले आफूलाई रवि देव बनाउने कोशिस नगर । तिमीले गल्ती गरेको भए सच्चिएर आउ माफ हुन्छ, यदि तिमीले अपराध गरेका छौ भने तिमीले कर्मको फल सजाय भोग्नै पर्छ । अहिलेसम्म जनताले तिमीलाई माया गरेका छन् । विश्वास गरेका छन् । त्यसैले जनताको मायालाई आक्रोसमा बदल्न नदेउ जनताको सम्मानलाई तिमीले अपनाउने गरेउ भने तिमीले पनि अरुकै जस्तो नियति भोग्नु पर्ने कुरा पक्का हो ।