नेपालमा गिर्दो शिक्षाको स्तर
1 min readयुवराज शर्मा
नेलसन मण्डेला साउदी अरबमा राष्ट्रपति भए । उनको लामो सङ्घर्ष र जेल जीवनपछि राष्ट्रलाई स्वतन्त्र राष्ट्र बनाएर देशमा लोकतन्त्रको शासन पद्धति ल्याए । अहिले साउदी अरबदेश विकासको गतिमा छ र त्यहाँका नागरिकले देशप्रति देखाएको मायाले गर्दा राष्ट्रप्रेम, राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सफल छन् । उनीहरुको सफलता नै शिक्षामा गरेको स्तरीयता कायम हो । शिक्षाले ज्ञान र सिपको विकास गर्छ । सकारात्मक ज्ञान र सिपको प्रचारप्रसार गर्छ ।
त्यसैले होला, नेलसन भन्छन्–कुनै देशलाई ध्वस्त गर्नका लागि लामो दुरीसम्म हान्दा सक्ने मिसाइल वा एटम कामको आवश्यकता पर्दैन । बस, त्यो देशमा शिक्षाको स्तर गिराइ दिए पुग्छ । उनले आफ्नो देशको शिक्षा गिर्दो अवस्थामा पाएका थिए । देशमा बिग्रदो शिक्षाको अवस्था उठाउने उनको राष्ट्रपतिकालमा थियो । देशमा शिक्षाको विकास नभएसम्म मानव समाजलाई उठाउन र बढाउन सकिन्न भनाई थियो । शिक्षालाई उठाउन नेलसन मण्डेलाको प्रयास धेरै ठुलो मानिन्छ । अरब देशमा शिक्षाको ज्ञान र सिपलाई धेरै विकास गरेको हुँदा छोटो अवधिमा विकासित गर्न सफल भएको मानिन्छ ।
नेपालमा गणतन्त्रले शिक्षालाई विकास गर्न सकेन । यहाा पढ्ने विश्वविद्यालय स्तरको शिक्षाका उत्तरपुस्तिका हराएर विद्याथीले दोस्रो पटक जाँच दिनु पर्ने बाध्यता त्रिभुवन विश्वविद्यालयले गरेको ताजा उदाहरण छन् । त्यहाँका परीक्षा प्रमुख डिनको दायित्व जिम्मेवारीताm पारदर्शिता उपमुलपतिबाट हुन नसक्नु लज्जासाद उदाहरण हो । शिक्षा मन्त्री सूभाना श्रेष्ठले उत्तरपुस्तिका हराएको, गायब भएको पत्ता लगाइन् । यस्ता काममा परीक्षा विभागका पदाधिकारीको लापरबाही भन्न सकिन्छ तर कारबाहीको दलगत धारणा हो भने कामको महत्व बुझ्न नसकेका कर्मचारीको गलत भने कामको महत्व बुझ्न नसकेका कर्मचारीको गलत कार्यशैली मान्न सकिन्छ तर बदमासी गर्नेलाई जागिरबाट हटाइ दिनुपर्छ । यस्त प्रवृति र प्रवृतिका कर्मचारीको कार्यशैली विकृत मास्थितिमा छन् । उनीहरुलाई कारबाही गर्न ढिला गर्नु हुँदैन । निर्णय ढिला गर्दा अपराध गर्नेको शक्ति बढ्छ । कारबाही निश्क्रीय बन्छ । जसको परिणाम हात्ती आयो, हात्ती आये, फुस्सा भने झै हुने छ ।
नेपालमा दुइथरी शिक्षा शिक्षण संस्था छन् । जसमा सामुदायिक शिक्षामा संस्था र निजी स्रोतका बोर्डिङ स्कुल र क्याम्पस । निजी स्कुलमा बोर्डिङ स्कुलको निर्देशन प्याप्सन र एन प्याप्सनबाट हुन्छ भने सामुदायिक स्कुलको निर्देशन स्थानीय स्तरको सरकारबाट हुने व्यवस्था छ । यस्तो अवस्थामा सार्वजनिक स्कुलको दुःखदायी छ । यतिसम्म पाइन्छ कि स्थानीय सरकार यस विषयमा अनमिज्ञता प्रकट गरेको पाइन्छ । पदाधिकारीका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन् । सामुदायिक विद्यालयलाई राजनीति गर्ने कार्य गर्दै आएका छन् ।
त्यसैले होला धेरै जसो सामुदायिक स्कुल र शिक्षक विद्यार्थीले झोले र झण्डावाल बन्न बाध्य छन् । यदि उनीहरुले स्थानीय सरकारका पदाधिकारीलाई स्वस्तीवाभन गरेनन् भने जागिरबाट हात धुनु पर्ने अवस्था सिर्जना हुन्छ वा सरुवा हुन्छ । यस्तो वातावरण शिक्षामा भएपछि शिक्षा शिक्षणको स्तर गिर्दो अवस्थामा हुन्छ । यस्तै नेपालमा सामुदायिक स्कुलमा भएको छ । साथै बोर्डिङ स्कुलले स्थानीय सरकारको निर्देशनमा छैनन् । उनी स्कुलमा भएको ठान्छन् । यसले भनिन्छ– नेपालको शिक्षा नीति राष्ट्र रािष्ट्रयता र सार्वभौमका लागि नभएर कक्षा १२ पासपछि विदेशी भूमिमा कामदार उत्पादन गर्ने कारखाना भएका छन् ।
नेपालको शिक्षालाई भजनमण्डलीको भजन राख्ने थलो भएको छ । जसलाई राजनीतिक, सामाजिक र गुणीज्ञानी जनशक्ति उत्पादन गर्ने नभएर सिपविहीन र रोजगार बिनाको शिक्षा नीति भएको छ । आज पढेका डिग्री योग्यता हासिल गरेका व्यक्तिमा ज्ञान र तर प्रयोगात्मक सिप छैन । यस्तो अवस्थाको शिक्षा नेपालमा छ । यहाँ राजनीतिक परिवर्तनले शिक्षाको उथलपुथल भए पनि शिक्षामा गणतान्त्रात्मक पद्धतिको शासन व्यवस्था भए पनि परिवर्तन भएन । माओवादीले भन्दै आएको बुर्जुवा शिक्षालाई नै उनीहरुले पनि अगाल्दै आए तर शिक्षामा गुणात्मक, रचानात्म, सिर्जनात्मक शिक्षा नीति लागु गरेर वैज्ञानिक शिक्षा पद्धति प्रयोगमा ल्याएनन् । उनीहरु धन कमाउने र जब धनाड्य हुने कामका लागि गणतन्त्रको फाइदा उठाए ।वैज्ञानिक शिक्षा उनीहरुको राजनीतिक रटान मात्र बन्यो । शिक्षाका नाममा व्यापारीकरण भयो । शिक्षालाई गिराउने, भत्काउने, नष्ट पार्ने काम मात्र भएका छन् । नेपालका धेरै क्याम्पस बन्द हुने स्थितिमा छन् । नेपाmी एक मात्र त्रिभुवन विश्वविद्यालय थियो भने अहिले २१ वटा विश्वविद्यालय खुलिसकेका छन् । सरकारी स्तरबाट चलेका राष्ट्रले देखाउन सकेको छैन । यस्तो अवस्थामा शिक्षाको गिर्दो स्तरलाई कसरी उठाउने ? विषय नै शिक्षामा गम्भीर विषय भएको छ ।
शिक्षालाई स्तरीय शिक्षा पद्धतिमा लैजान शिक्षा मन्त्रीको एक्लो प्रयासबाट पूरा गर्न समस्या छ । त्यस्ता समस्यामा राजनीतिक दलगत धारणा र सोँचाइमा परिवर्तन गर्नुपर्छ । शिक्षा र स्वास्थ्य मानव विकासका आधार हुन् । यसमा उही भयो भने नागरिक अपाङ्ग बन्छन् भन्ने सोँचाइ राज्य सञ्चालक वर्गमा हुनुपर्छ । शिक्षालाई राष्ट्रको जनशक्ति उत्पादन केन्द्र सम्झनुपर्छ । यसबाट राष्ट्र निर्माण गर्ने जनशक्ति तयार भएर विकासका सन्दर्भमा भूमिका निर्वाह गर्ने व्यक्ति तयार गर्नुपर्छ । नेपालमा पढ्दै रोजगार गर्न पाउने व्यवस्था गर्नुपर्छ । तबमात्र नेपालमा बसेर पढ्ने वातावरण बन्छ । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम वडा–वडामा छ । त्यसैलाई क्याम्पस स्तरमा सामुदायिक क्याम्पसको स्नातक तहमा पढ्नेलाई दिनु पर्दथ्यो तर त्यसो नगरेर आफ्ना नातेदार र झोले कार्यकर्ता लाई रोजगार दिइयो । शिक्षाको स्तरलाई नीति आएन । त्यसैले होला नेलसन मण्डेलाले भनेको थिए–कुनै देशलाई ध्वस्त बनउनका लागि शिक्षाको स्तर गिराईदिए पुग्छ । उनको भनाईलाई साकार पार्न सरकार शिक्षाको स्तरलाई २०६४ सालदेखि गिराइरहेका छन् । नेपालमा गिर्दो शिक्षालाको स्तर माथि उठाउन को ? प्रश्न अनुत्तरित छ ।