Goraksha

National Daily

ब्रह्मलीन शिवशङ्कर चैतन्य भारतीप्रति श्रद्धासुमन समर्पण

– डा.उमेशप्रसाद घिमिरे
प्रत्यक्ष विश्वनाथका रूपमा काशीनगरलाई सुशोभित गर्नु हुने महात्मा शिवशङ्कर भारतीज्यू वि.सं. २०८० चैत्र २५ मा भौतिक शरीर परित्याग गरी चैतन्यस्वरूप विश्वनाथमा लीन हुनु भएको छ । अहिले उहाँलाई चिन्ने नेपाल र भारतका सबै सन्तसमाज तथा विद्वतसमाज विक्षिप्त बनेको छ । वि.सं. ०६६ सालतिर पाशुपत क्षेत्र(नेपाल)मा आगमन हुँदा पशुपति, श्रीशङ्कराचार्यमठ र राममन्दिरको बसाइका क्रममा ब्रह्मलीन शिवशङ्कर स्वामीज्यूको प्रत्यक्ष दर्शन गर्ने सौभाग्य पाएको यी पङ्ति लेखकको अन्तस्तलमा स्मृतिका रूपमा सुरक्षित छ ।

श्रीविद्याका सिद्ध स्वामीबाट दीक्षा लिने अभिलाषा राख्नुभएका स्वामी रमणानन्द गिरिज्यू श्रद्धासुमन समर्पण गर्दै लेख्नु हुन्छ – हजुरको दिव्य दर्शन, मनोविजयसम्बन्धी विलक्षण उद्बोधन र गुरुवचनमा अटुट श्रद्धासम्बन्धी चल परो भन्ने कथाको सन्दर्भलाई निरन्तर स्मरण गर्दछु । विश्वनाथको आज्ञा भए जहिले जहाँ प्रकट भएर पनि दीक्षा या शक्तिपात गर्नु सक्छु। त्यसैले मसँग होइन विश्वनाथसँग प्रार्थना गर भनी बताउँदा यहाँको परमात्मासँगको तादात्म्य भावको अनुभव भएको थियो। सचल विश्वनाथले आफूलाई अचल विश्वनाथकै विग्रहमा समाहित गर्नुभएछ। हर हर महादेव। ब्रह्म वेद ब्रह्मैव भवति।ञञ यसबाट पनि स्वामीज्यूमा भगवान् विश्वनाथप्रतिको तन्मयता र उच्चकोटिको साधकता विद्यमान रहेको बोध हुन्छ ।

आजका दिनमा भारतवर्षमै उहाँजत्तिको शाङ्कर वेदान्त÷अद्वैत दर्शनका निष्णात विद्वान् अन्य कोही नै सायद नभएको दर्शनशास्त्रका नेपाली विद्वान् डा. वैकुण्ठ घिमिरेको अनुभव छ । डा.घिमिरेका अनुसार स्वामी शिवशङ्कर भारतीज्यू विश्वनाथका नियमित उपासक र श्रीविद्या वा दशमहाविद्याका उच्चकोटिका साधक हुनुहुन्थ्यो ।

उहाँका अनुसार लामोसमयदेखि बाह्रैमहिना बाह्रैकाल नित्य बिहान १ बजे उठेर गङ्गास्नान गर्नु , २ बजेदेखि विश्वनाथको मङ्गल आरतीमा सहभागी हुनु, त्यसपश्चात् (४बजेपछि) आफ्नो आश्रममा फर्किएर दिवा १२÷१ बजेसम्म श्रीविद्याको उपासना गर्नु, त्यति नै बेला कुनै भक्तले ल्याइदिएको प्रसाद ग्रहण गर्नु र आश्रममा आफूसँग पढ्न आएका उच्च कोटिका साधक÷उपासकलाई वेदान्त दर्शन अध्यापन÷प्रवचन गर्नु स्वामीजीका दिनचर्या थिए ।

शाङ्करवेदान्तका निष्णात स्वामीज्यूबाट खण्डनखण्डखाद्य नामक अद्वैतग्रन्थमाथि विद्वत्तापूर्ण झशारदाञ नामक संस्कृत टीकाका साथै अनेक ग्रन्थ लेखन तथा सम्पादन गरी अद्वैत दर्शन परम्परामा अद्वितीय अवदान पुगेको , नेपाली शरीर नभएपनि नेपाल र नेपालीलाई असाध्यै स्नेह गर्ने स्वामीजीका सेवक भवचैतन्य (भवानी) नेपाली नै रहेको र केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका पीठाधीश तथा सुरथेश्वर वैदिक अनुसन्धान केन्द्र पोखराका पीठाधीश डा.चिद्घनचैतन्य (लेखनाथ)जी समेत स्वामीबाटै दीक्षित शिष्य रहेको तथ्यसमेत डा.घिमिरेले बताउनु भयो ।

स्वामी भारतीको विद्वत्ता र साधनालाई नजिकैबाट नियाल्नु भएका नेपालका संस्कृत विद्वान् प्रा.डा. गुरुप्रसाद सुवेदीज्यूले ब्रह्मलीन स्वामीज्यूलाई तन्त्रविद्या तथा दशमहाविद्याका अद्वितीय साधकका रूपमा बताउँदै नेपाली ब्रह्मलीन स्वामी डा.रामानन्द गिरिज्यूको स्वभावसँग (दुर्वासाऋषिसदृश) धेरै तुलनीय रहेकाले जो कोही व्यक्ति उहाँको सन्निकट जानलाई हच्कने र जो पुग्न सक्थ्यो ऊ स्वामीज्यूको असाध्यै कृपापात्र बन्न सक्ने तथ्य उजागर गर्नुभयो । काशी विश्वनाथसमीप ललिताघाटमा साधनारत स्वामी भारती उच्चकोटिका साधक एवं सारस्वत भइकन पनि अतिरिसाहा भएकाले र रिस उठेपछि चिम्टाले हान्न समेत पछि नपर्ने भएकाले जोकोही व्यक्ति स्वामीजीको समीपमा जानै नसक्ने अनुभव समेत प्रा.डा.सुवेदीले बताउनु भयो ।

त्यसैगरी नेपालका प्रसिद्ध विद्वान् प्राध्यापक दुर्गा दाहाल आफ्नो फेसबुकवालमा स्वामीजीप्रति पद्यपञ्चकमार्फत् यसप्रकार श्रद्धासुमन समर्पण गर्नु हुन्छ –
“श्रद्धाञ्जलिसुमं श्रीमद्भारतीमुनयेक्र्पये“
(श्रीभारती मुनिप्रति यो शब्द श्रद्धाञ्जलि)
संस्कृतेः–
आसीद्यः शङ्करः साक्षान्मुनिः शङ्करभारती।
योक्वाप ब्रह्मसायुज्यमिति श्रुत्वास्मि विस्मितः।।१।।
क्षेत्रे पाशुपते साकं रामेण विदुरेण च।
मयापि बहुधा तस्य दर्शनं विहितं पुरा।।२।।
ज्ञानस्य सेवधिर्त्यागी तपस्वी ब्रह्मविच्छिखा।
अद्वैतामृतसिन्धूत्थः स आसीदुडुराडिव।।३।।
कलौ युगेक्पि तत्तुल्या जायन्ते ज्ञानमूर्तयः।
अहो! भारतभूरेषा धन्यास्ति स्वर्गतोक्प्यतः।।४।।
कल्पितो ब्रह्मभूयायेति श्रुत्वैव महात्मने।
तस्मै वाक्कुसुमैरेतैर्दत्तोक्यं चरमोक्ञ्जलिः।।५।।
नेपालीमाः–
जो शङ्कर भारती मुनि साक्षात् शिवस्वरूप नै हुनुहुन्थ्यो, उहाँले ब्रह्मसायुज्य प्राप्त गर्नुभएको सुनेर चित्त अत्यन्त व्याकुल भएको छ।
पाशुपत क्षेत्रमा भगवान् पशुपतिनाथका अगाडि वरिष्ठ विद्वान् विदुर गुरु र महान् सन्यास महात्मा स्वामी रामानन्दका साथ हामीले पनि पहिले धेरैपल्ट उहाँको दर्शन पाएका थियौँ।।२।।
ज्ञानका खानी, त्यागी, तपस्वी र ब्रह्मज्ञानीका शिखर हुनुभएका भारती स्वामीजी अद्वैतामृतसिन्धुबाट प्रकट हुनुभएका चन्द्रमाजस्तै हुनुहुन्थ्यो।।३।।
यस्तो कलियुगमा पनि उहाँजस्ता ज्ञानमूर्ति महात्मा प्रकट हुँदैहुनुहुन्छ, यो अत्यन्त प्रसन्नताको विषय हो, किनभने यी आर्यावर्तभूमि स्वर्गभन्दा पनि बढी धन्य धन्य छिन्।।४।।
त्यस्ता महात्मा ब्रह्मलीन हुनुभएको सुनेर हामीले यी वाणीरूपी अन्तिम श्रद्धाकुसुमाञ्जलि समर्पण गरेका छौँ।।५।।

काशी (वाराणसी) का समादरणीय सन्त श्रीशिवशङ्कर चैतन्य भारती महाराजको निधनपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक पोस्ट गर्दै यसप्रकार समवेदना प्रकट गरेका छन् – ‘भगवान विश्वनाथ के परम भक्त महाप्रयाण का दुःखद समाचार काशी से प्राप्त हुआ‘’ झ मंगला आरती में बाबा विश्वनाथ की सेवा में शिवशंकर महाराज अनवरत उपस्थित होते थे । काशी की संत परंपरा के लिए उनका प्रयाण एक बड़ी क्षति है । शिव स्वरूप में संत श्री भार