नेका दाङ १ को क्षेत्रीय सम्मेलनमा शशांक कोइराला आउने

घोराही,२२ चैत । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री तथा विपि पुत्र डा शशांक कोइराला दाङ आउने भएका छन् ।

नेपाली काङ्ग्रेस दाङ १ को दोस्रो क्षेत्रीय सम्मेलन यहि चैत्र २४ गते हुँदै छ । सो सम्मेलनलाई सम्बोधन गर्न डा कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।

नेपाली काङ्ग्रेसले वार्षिक कार्ययोजना अनुसार प्रत्येक वर्ष क्षेत्रीय सम्मेलन गर्दै आएको छ । वार्षिक कार्ययोजना अनुसारको कार्यक्रमको आयोजना गरिएको छ, सोही कार्यक्रमको प्रमुख अतिथी भएर निवर्तमान महामन्त्री डा कोइराला दाङको लमहीमा आउन थालेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का प्रवक्ता अजय न्यौपानेले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक संघसंस्था, भातृ संघसंगठन लगाएत शुभेच्छुकलाई उपस्थितिको लागि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले अनुरोध गरेको छ ।