गोरक्ष समाचारदाता
दाङ, २२ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङको दोस्रो क्षेत्रीय सम्मेलन आगामी २४ गते हुने भएको छ । कार्यक्रमलाई सम्बोधन नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गर्ने भएका छन् ।
घोराहीमा हुने दोस्रो क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन नेता भण्डारी दाङ आउने क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जानकारी दिए । साथै सभापति खड्काले चैत २४ गते शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको बहुउद्देश्यीय सभागृहमा बिहान ११ बजेदेखि हुने दोस्रो क्षेत्रीय सम्मेलनमा उपस्थित हुन सम्पूर्ण जिल्ला समिति, प्रदेश सभा, क्षेत्रीय समिति, पालिका समिति, वडा तथा टोल समिति, भ्रातृ तथा शुभेच्छुक संघसंगठन, शुभचिन्तकमा उपस्थितिका लागि अनुरोध गरेका छन् ।
यसैबिच नेपाली कांग्रेस क्षेत्र नं. २ को दोस्रो क्षेत्रीय सम्मेलनको सम्बन्धमा भ्रातृ तथा शुभेच्छुक संघसंगठनसँग छलफल गरिएको छ । क्षेत्रका विभिन्न भ्रातृ संघसंगठनसँग छलफल गरिएको हो । महिला संघ, नेपाल विद्यार्थी संघ, तरुण दल, दलित संघलगायत विभिन्न भ्रातृ संघसंगठनसँग छलफल गरिएको हो । क्षेत्रीय सभापति खड्काको अध्यक्षतामा भएको छलफलमा बोल्ने वक्ताले दोस्रो क्षेत्रीय सम्मेलन सफल बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।