Goraksha

National Daily

कांग्रेस तुलसीपुर नगर सभा २६ गते

शरद रेग्मी
तुलसीपुर, २१ चैत । नेपाली कांग्रेस तुलसीपुर नगरको दोस्रो नगर सभा चैतको अन्तिम साता आयोजना गर्ने निर्णय भएको छ ।

कार्यवाहक नगर सभापति बिनिल केसीको अध्यक्षतामा मङ्गलवार तुलसीपुरमा बसेको नगर कार्यसम्पादनको बैठकले सो निर्णय गरेको नगर सचिव बिमल पौडेलले जानकारी दिएका छन् । समुदायमा कांग्रेस अभियान भन्ने मुख्य अभियान सुरु गरेको कांग्रेसले अहिले जिल्लाभर वडा स्तरसम्म त्यही अभियानसाई निरन्तरता दिएको दाङ कांग्रेसले जनाएको छ ।

चैत २६ गते आफ्नै सभाहल वीपी वाचनालयमा बिहान ११ बजेदेखि सुरु हुने दोस्रो नगर सभाको उद्घाटन केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले गर्ने कार्यक्रम तय गरिएको छ । यस अघि सबै वडाले वडा भेला तथा सम्मेलन गरी सक्न समेत नगरले परिपत्र गरिसकेको सचिव पौडेलले बताए । प्रदेश, क्षेत्र, नगर र वडा–वडामा कांग्रेसले पछिल्लो समय अभियान तीव्र गतिमा सञ्चालन गर्दै आएको छ ।