calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

खुमबहादुर कुसल योद्धा, विकासप्रेमी नेतृत्व : सभापति देउवा

शालिक अनावरण
बालाराम खड्का
अमिलिया(दाङ), १७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका प्रभावसाली नेता स्वर्गीय खुमबहादुर खड्काको योगदान अतुलनीय रहेको बताएका छन् । कांग्रेसको संगठन निर्माणदेखि अन्य क्षेत्रमा उनको योगदान महत्वपूर्ण रहेको उनले बताए । शुक्रवार लमही नगरपालिका–९ अमिलियामा दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै देउवाले स्व खड्काको पार्टीमा महत्वपूर्ण योगदान रहेको बताए ।

‘खुमबहादुर लोकतान्त्रिक आन्दोलनका एक योद्धा हुनुहुन्थ्यो, उहाँले पार्टीदेखि परेको समयमा सबैलाई साथ सहयोग गर्नुहुन्थ्यो, उहाँको बारेमा जति चर्चा गरे पनि कम हुन्छ’, पार्टी सभापति देउवाले भने । उनले कार्यक्रममा खड्काविरुद्ध झुट्ठा मुद्दा लगाएर फसाइएको दाबी समेत गरे । सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुटो मुद्दामा फसाइएको दाबी गर्दै खड्का देशको सच्चा सपूत भएको समेत बताए ।

‘उहाँलाई षड्यन्त्रपूर्ण तरिकाले जेल हालियो’, देउवाले भने, ‘झुटा मुद्दा लगाएर फसाउन खोज्यो, फसायो पनि, त्यसले केही भएन उहाँको हाइट झनझन बढ्दै गयो, उहाँ राष्ट्रको सपुत हो । त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा हामीले आश्चर्य मान्नु हुँदैन, त्यसकारण मुद्दाको कुरा उठाउने कुरा होइन ।’ शालिक अनावरण गर्न अमिलिया आइपुगेका देउवाले दिवङ्गत नेता खुमबहादुरको प्रशंसा र योग्दानबारे चर्चा गरे ।
‘उहाँ त्यस्तो व्यक्तिको हो जो गरेर नथाक्ने, ठुलो अडान भएको व्यक्ति हो । साथीहरूका लागि समर्पित व्यक्ति हो’, उनले भने । देउवाले साथीहरूको लागि जस्तोसुकै योदना दिन सक्ने, ठुलो कष्ट सहन सक्ने व्यक्ति भएको सभापति देउवाले बताए । ‘साथीमाझ मात्रै होइन, जनता माझ पनि लोकप्रिय हुनुहुन्थ्यो, सहयोगी व्यक्ति हुनुहुन्थ्यो, त्यस्तो व्यक्तिको बारेमा कुरा गरेर साध्य छैन’, सभापति देवाले भने’, उहाँले छोडेर गएका काम हामीले अब पूरा गर्नु पर्छ ।’ देउवाले उनका सपना पूरा गर्न आफूहरू लाग्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले स्व खड्का एउटा कुसल संगठनकर्ता भएको भन्दै खुमबहादुरले विभिन्न समयमा पार्टी र राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याएको बताइन् । ‘उहाँ एउटा राष्ट्रिय नेताको रूपमा परिचित हुनुहुथ्यो, उहाँको बारेमा चार्चा गरेर सकिँदैन’, उनले भनिन् । त्यस्तै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस ठुलो इतिहास बोकेको पार्टी भएको भन्दै कांग्रेसमा खुमबहादुरले छुट्टै छवि बनाएको बताए ।

‘स्व खुमबहादुरले पार्टी तथा यहाँको विकास निर्माणमा पु¥याएको योगदान सबैले सम्झनलायक छन् र उहाँका अधुरा सपना अब हामी सबैले पूरा गर्नतर्फ लाग्नु पर्छ’, राठौरले भने । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले दाङमा कांग्रेसको संगठन बलियो बनाउन सबै लाग्नु पर्ने भन्दै खड्काले विभिन्न समयमा विकास निर्माणदेखि पार्टीको संगठन निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको बताए । त्यस्तै केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरीले यहाँको शिक्षा, स्वास्थ्यलगायतको विकासमा खड्काको अतुलनीय योगदान रहेको भन्दै चर्चा गरे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसको संगठन बलियो बनाउन सबै लाग्नु पर्ने भन्दै स्व खुमबहादुरले दाङलगायत विभिन्न जिल्लको विकास निर्माणमा योगदान गरेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य मन्त्री राजु खनाल, राष्ट्रिय सभाका निवर्तमान सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका निवर्तमान सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति विरकेशवरी गौतम, मोहनलाल वली, क्षेत्रीय सभापति जगतबहादुर खड्का, भीमप्रकाश खड्का, प्रदेश सभा सदस्य अनुराग खड्कालगायतले स्व खुमबहादुर खड्काले संगठन तथा विकास निर्माणमा पु¥याएको योगदानबारे चर्चा गर्दै संगठन सुदृढीकरणमा सबै लाग्नु पर्ने बताएका थिए ।
उनीहरूले स्व खड्काकाले दाङ तथा राष्ट्रिय राजनीतिमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा क्षेत्र नं १ का सभापति तथा शालिक निर्माण समितिका संयोजक भेषराज पाण्डेले स्व. खड्काको शालिक निर्माण तथा खड्काको योगदानबारे चर्चा गरेका थिए । सो अवसरमा करिब २४ लाख विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भएको भन्दै शालिक निर्माणमा २० लाख खर्च भएको भन्दै अन्य काम गर्न बाँकी रहेको बताएका थिए । उनले सहयोगदाता सबैलाई धन्यवाद समेत दिएका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा केन्द्रीय सभापति देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपसभापति गिरिराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अर्जुन योगीले गरेका थिए ।

कार्यक्रमको समापन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति डाँगीले स्व खड्कालाई विकासप्रेमी र परिवर्तनका नायकका रूपमा स्मरण गर्दे स्व नेता खड्काको योगदानलाई पार्टीले कहिल्यै नभुल्ने बताए । तत्कालीन महामन्त्री तथा हालका उपसभापति पूर्णबहादुर खड्काले शिलान्यास गरेको शालिकको अनावरणमा पार्टी सभापति देउवालाई ल्याउन पाउँदा नेपाली कांग्रेस दाङ हौसिएको बताउँदै यो शालिक शिलान्यासदेखि अनावरणसम्मको अभियानमा अहोरात्र खटिने क्षेत्रीय सभापति, विभिन्न भ्रातृ संस्था, पार्टीका शुभेच्छुक संस्था तथा आम सञ्चारकर्मीलाई समेत उनले धन्यवाद ज्ञापन गरेका थिए । साथै स्व नेता खड्काको विकासप्रेमी अभियानलाई आम दाङ कांग्रेसले अपनत्व लिने पनि बताए । खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो । खड्का कांग्रेसमा पूर्व महामन्त्री तथा विभिन्न समयमा नेपाल सरकारको मन्त्रीकोे जिम्मेवारीमा समेत थिए ।