Goraksha

National Daily

सिकलसेल रोगका बिरामीलाई सिलाईकटाई तालिम

घोराही,१६ चैत । ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स कम्पनी लिमिटेडको साझेदारीमा विहीवारदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेका ८ जना सिकलसेल प्रभावितहरुलाई सिलाईकटाई तालिमको शुभारम्भ भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता तथा संस्थाका संस्थापक सल्लाहाकार सौगतवीर चौधरीको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको तालिमको प्रशिक्षकमा नारायणपुर १० मा रहेको शिला टेलर्सका प्रोप्राईटर चित्रा सेन रहेकी छिन । संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सोगतवीर चौधरीले ३ महिनासम्म संञ्चालन हुने तालिमले महिलाहरुले सिप सिकेपछि आफुहरु आत्मनिर्भर र सक्षम हुने हुदा त्यो परिवार नै आर्थिक रुपमा अगाडी बढने कुरामा बिश्वास ब्यक्त गरेका थिए ।

साथै संस्थाले आयोजना गरेको तालिमलाई सुनौलो अबसरका रुपमा लिन पनि चौधरीले सहभागीहरु माझ अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै प्रशिक्षक चित्रा सेनले हातमा सिप, काम गर्ने मिहनेत र ईमान्दारिता हुने हो भने कसैलाई पनि भोको बस्न नपर्ने बताइन । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले जबसम्म महिलाहरु आत्मनिर्भर र सक्षम हुदैनन् तबसम्म सशक्त समाजको परिकल्पना गर्न नसकिने भएकाले पनि महिलाहरु आत्मनिर्भर बन्नु आजको आवश्यक्ता रहेको बताइन ।

साथैै सिकलसेलका बिरामीहरुलाई गह्रौ काम गर्न स्वास्थ्यले पनि त्यत्ति साथ नदिने हुदा यो सिलाईकटाई तालिमले आगामी दिनमा आर्थिक उर्पाजनका लागि भरपुर सहयोग हुने कुरा ब्यक्त गरिएको थियो उक्त कार्यक्तमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन ।