मेरो खुशी : उत्कृष्ट नमुना वनको पुरस्कार पाउँदा…
‘मानिसले आ–आफ्नो तरिकाले आफ्नो खुसी साट्ने गर्छन् । कोही सामाजिक काम गर्दा खुसी हुन्छन् कोही धनपैसा कमाउँदा खुसी हुन्छन् तर म सामाजिक परानी हो म समाज सेवा गर्न पाउँदा खुसी हुन्छु’ बबई ५ निवासी धनसिंह केसीले भने । उनले आफ्नो जीवनको उकाली ओरालीहरूमा सङ्घर्षभित्र पनि धेरै खुसीहरू पाएको सुनाए । यातायात तथा होटल व्यवसायी धनसिंहले आफू समाज सेवा तथा सामाजिक काममा रमाउन पाउँदा सधै खुसी हुने गरेको सुनाए । उनले जीवनमा धेरै खुसीहरू भएको सुनाए ।
केसीले आफ्नो पहिलो खुसी सामुदायिक वनमा नेतृत्व गरी सामुदायिक वनलाई नमुना योग्य बनाएको भन्दै खुसी व्यक्त गरे । रोल्पाको राङ्सीमा जन्मिएर २०४४ सालमा तत्कालीन पुरन्धारा गाविसमा बसाइँसराइँ गरी आएका केसीले त्यहाँ रहेको पदमपुर सामुदायिक वनलाई नमुना योग्य बनाएको सम्झिए । द्वन्द्वकालमा अस्तव्यस्त रहेको सामुदायिक वनलाई आफूले नेतृत्व गरी जिल्लाकै नमुना वन बनाएर पुरस्कार पाउँदा निकै खुसी भएको सुनाए । ‘पदमपुर सामुदायिक वन तत्कालीन द्वन्द्वकालमा अस्तव्यस्त थियो म अध्यक्ष भएर आएपछि मैले त्यसलाई सबै कुराले व्यवस्थित गरे म त्यसमा निकै खुसी छु’ केसीले भने ।
उनले आफू अध्यक्ष भएपछि वनको कार्ययोजना, विद्यान निर्माण गर्नुका साथै वनको चारकिल्ला छुट्टाउने भएको बताए । त्यस्तै वनमा उत्कृष्ट काम गरी नमुना बनाएर २०६४÷६५ मा नमुना वन बनाएकोमा पुरस्कृत हुँदा अर्को खुसी मिलेको उनले सुनाए । त्योसँगै वनबाट आएको आम्दानी र श्रमदान गरेर विकट बस्तीमा बाटोको ट्रायक खोलेर यातायात सञ्चालन गरेको भन्दै खुसी व्यक्त गरे । ‘त्यो वनमा आश्रित उपभोक्ताको गाउँ–गाउँमा हामीले श्रमदान तथा वनको आम्दानीले बाटो ग्राभेल गरेका थियौँ’ उनले विगत सम्झँदै भने ।
त्यस्तै अहिले केही गाउँका सडक कालोपत्रे भएको देख्दा निकै खुसी भएको सुनाए । त्यस्तै केसीले सामाजिक सेवाअन्तर्गत विभिन्न दुखी गरिब र असायको लागि सहयोग सङ्कलन गरी उनीहरूको जीवन बचाउन पाउँदा लाग्ने गरेको सुनाए । ‘मेरो नेतृत्वमा केही समय पहिले बबई ५ पदमपुर निवासी एकजना बिरामी भई उपचार पाउन नसक्दा समस्या भएको थियो त्यहाँ रकम सङ्कलन गरी उनले उपचार पाए त्यो पनि मेरो भर्खरैको अर्को खुसी हो’ उनले भने । उनको उपचारका लागि आर्थिक सङ्कलन गरेको र अहिले उनी ठिक भएको देख्दा खुसी लागेको सुनाए ।
त्यस्तै उनले बबई ५ कै खाल्टेमा एक जनाको घर निर्माणका लागि रकम सङ्कलन गरी घरमा टिन लगाई दिन पाउँदा पनि खुसी व्यक्त गरे । ‘यो त सम्झेका उदाहरण मात्र हुन् हामीले धेरै यस्ता व्यक्तिलाई सहयोग गरेका छौँ म यसमा पनि सन्तुष्टि छु सहयोग गर्न पाउँदा’ केसीले विगत सम्झँदै भने । त्यस्तै तुलसीपुर यायातात प्रालिका उपाध्यक्ष समेत रहेका केसीले पश्चिम दाङका कुना कन्धरामा यातायत सञ्चालन गरी सेवा दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।
‘पहिले सामान्य साना यातायातका साधन गाउँ–गाउँमा सञ्चालन गरी यातायात सेवा पु¥याएका थियाँै अहिले एसी डिलक्स जस्ता सुविधा सम्पन्न यातायातका सधान सञ्चालन गर्ने अवसर मिलेको छ यसमा पनि म खुसी छु’ उनले भने । केसीले पश्चिम दाङदेखि अन्य ठुला साना सहरमा आफूहरूले यातायात सेवा दिन पाएकोमा खुसी व्यक्त गरे । ‘हिजो हामीले कठिन परिस्थितमा पनि जनतालाई गाउँ–गाउँमा सेवा दिएका थियाँै अहिले समय र मागअनुसार सेवा पनि विस्तार गर्न पाएका छौँ यो पनि हाम्रो र मेरा लागि अर्को खुसीको क्षण हो ग’ि केसी विगत सम्झँदै भन्छन् ।
त्यस्तै साविक पुरन्धारा गाविस वडा नं. २ को वडा नागरिक मञ्चका संयोजक रहेर विगतमा विभिन्न सामाजिक सेवा गर्न पाएको पनि उनले खुसी व्यक्त गरे । ‘हिजो अहिले जस्तो वडा सरकार जनप्रतिनिधि थिएनन् त्यतिबेला हामीले धेरै काम गरेका थियाँै त्यो मानेमा पनि खुसी छु’ केसीले भने । मिजासिला सहयोगी र सबैको प्रिय केसीले तत्कालीन अवस्थामा वडा नागरिक मञ्चमा रहँदा मावि पदपुरमा विद्यालयको पक्की भवन निर्माणको सुरुवात गरेको भन्दै अहिले उक्त विद्यालयमा ठुला– ठुला भवन र प्लसटुसम्मको पढाइ भएको देख्दा आफूलाई निकै खुसी मिल्ने गरेको सम्झिए ।
त्यस्तै होटल व्यवसायी समेत रहेका केसीले हापुरेमा आफूले होटल सञ्चालन गरी विभिन्न स्थानका अतिथिलाई सत्कार र उनीहरूलाई सेवा गर्न पाउँदा पनि खुसी मिलेको सुनाए । उनले आर्थिक अभाव भएकालाई गाँसवास कपासको व्यवस्थापन गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । २०६० सालदेखि राजनीतिमा लागेको केसीले नेकपा एमालेको वडाध्यक्ष युवा संघ जिल्लाको सदस्य हुँदै विभिन्न पार्टीले दिएको जिम्मेवारी र समाजमा हुने सानातिना सामाजिक तथा राजनीतिक काम गर्न पाउँदा खुसी मिलेको सुनाए ।
यस्तै समाज सेवा तथा राजनीतिमा लाग्दा घर परिवार साथीभाइबाट पनि धेरै सहयोग पाएको भन्दै खुसी व्यक्त गरे । ‘मलाई समाज सेवा तथा अन्य संघ संस्थामा लाग्दा घरपरिवार तथा सबैको साथ सहयोग मिलेको छ यसमा पनि म खुसी छु’ उनले भने । त्यस्तै उनले एउटा छोरा अस्टे«लिया र अर्को छोराले प्लसटु पढ्दै गरेको बताउँदै छोराछोरी श्रीमतीको पनि साथ सहयोग मिलेको सुनाए । ‘मलाई परिवारबाट पनि सन्तुष्टि छ अन्य सामाजिक कामय गर्दा होस् वा राजनीति गर्दा पनि साथ सपोट छ यसैमा खुसी छु’ उनले भने ।
प्रस्तुती : बालाराम खड्का