शिवराज खनाल
दाङ, १ चैत । राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितिको अध्यक्षमा उमेशचन्द्र मजगैयाँ विजयी भएका छन् । समितिको १४औँ अधिवेशनबाट मजगैयाँ निर्वाचनमार्फत् विजयी भएका हुन् ।
मङ्गलवार राति सम्पन्न निर्वाचनबाट मजगैयाँ अध्यक्षमा निर्वाचित भए । नयाँ नेतृत्व चयनका लागि दुई समूह चुनावी मैदानमा थिए । मजगैयाँ र रत्नप्रसाद श्रेष्ठका दुई प्यानल चुनावी मैदानमा थिए । मङ्गलवार भएको निर्वाचनमा दुई सय ४३ मत खसेको थियो । मजगैयाँ एक सय ६१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ७९ मत प्राप्त गरे । समितिको बरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगी, उपाध्यक्षमा बदरुदीन राइ, डम्बर बिसी, खेमजङ्ग बस्नेत, प्रशासनिक सचिवमा सुभाष श्रेष्ठ, कल्याणकारी सचिवमा सागर केसी रेग्मी, कोषाध्यक्षमा हिमन्तप्रसाद पाण्डे, सहप्रशासनिक सचिवमा गौरव आचार्य, सहकल्याणकारी सचिवमा सुरज बुढाथोकी, सहकोषाध्यक्षमा गोविन्द गोराथोकी निर्वाचित भएका छन् ।
यसैगरी समितिको सदस्यमा बेलबहादुर सार्की (राजु), चित्रबहादुर विष्ट, शिवराज गोराथोकी, बसन्तनाथ योगी, अतवारी रैदास, इश्वरीबहादुर बस्नेत, ओमराज सुवेदी, कमल पाण्डे, टोपबहादुर खड्का, मिनराज महतरा, टीकाबहादुर कार्की, भोलाबहादुर डिसी, हुमबहादुर थारा मगर (प्रवीण) रहेका छन् ।