मेरो खुशी : नेपाल विद्यार्थी संघको इकाइ सभापति हुँदा …
सामाजिक काम होस् वा राजनीतिदेखि अन्य कार्यमा उनी सधै सक्रिय रहेका छन् । सानैदेखि विद्यार्थी राजनीति गरेका उनले अहिले पनि समाजमा हुने साना विकास निर्माणदेखि विभिन्न विद्यार्थीको साथ र सहयोगमा सधै खुसीका साथ आफ्नो दैनिकि बिताउने गरेका छन् ।
साविक मानपुर गाविस वडा नं. ६ लक्ष्मीपुर हाल तुलसीपुर–१६ निवासी प्रह्लाद देवकोटा (नारायण) आफू सधै खुसीका साथ समाजमा हुने कार्यदेखि विभिन्न राजनीति गतिविधि र आफ्नो पेसामा लागेर सबैलाई खुसीका साथ सेवा गर्न पाउँदा आफू खुसी हुने गरेको सुनाउँछन् । उनका खुसीहरू खोज्दै गर्दा देवकोटाले एक आधा जीवनका दुःखद् क्षणहरू बाहेक बाल्यकालदेखि अहिलेसम्म आफू खुसीका साथ जीवन वेतिथ गरेको बताउँछन् । ‘म सधै खुसी छु मैले गर्ने हरेक काममा म खुसीका पल देख्छु सबैको साथ सहयोग पाएको छु सबैलाई सहयोग गर्न पाएको छु योभन्दा अरू खुसी मेरो के हुन्छ र’ उनले मुस्कुराउँदै भने ।
जीवन सङ्घर्ष हो सङ्घर्षभित्र नै खुसी मिल्छ मेरो जीवनमा केही खुसीका पलहरू छन् उनले भने । मिजासिला सबैका सहयोग देवकोटा सधै खुसीका साथ सतकर्म गर्न आफू लाग्ने बताउँछन् । उनले आफ्नो पहिलो खुसी सानै उमेरमा विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघको इकाई सभापति हुँदा लागेको सुनाए । ‘मलाई सानै उमेरदेखि राजनीति र समाज सेवा गर्ने हुटहुटी थियो म २०४९ सालमा दिपेन्द्र मावि मानपुरको नेपाल विद्यार्थी संघ इकाईको सभापति हुँदा म त्यो दिन निकै खुसी भएको थिए’ देवकोटाले भने । करिब १५ वर्षको उमेरमा विद्यार्थी राजनीति सुरु गरेका देवकोटाले विद्यार्थीको हकहितमा काम गर्न पाएको र आफूलाई विश्वास गरेर इकाई सभापतिको जिम्मेवारी दिँदा जीवन मै पहिलो खुसी प्राप्ति भएको उनले सुनाए ।
त्योसँगै उनले वि.स २०५३ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय कमिटिको सदस्य भएको सुनाए । ‘म विद्यालयमा विद्यार्थी राजनीति पछि क्षेत्रमा समेत प्रतिनिधित्व गर्ने अवसर पाएको दिन पनि म खुसी भएको थिए’ उनले भने । विद्यार्थी राजनीतिसँगै त्यस पछि पार्टीको राजनीति सुरु गरेका देवकोटाले कांग्रेसको १३औं महाधिवेशनबाट मानपुर गाउँकार्य समितिको सचिव पदमा निर्वाचित हुँदा अर्को खुसी मिलेको सुनाए । ‘मेरो राजनीति जीवनमा फेरि अर्को अवसर मिल्यो म पार्टीको सचिव जस्तो पदमा निर्वाचित भएर काम गर्न पाए त्यो पनि मेरो लागि अर्को खुसीको कुरा थियो’ देवकोटाले भने ।
देवकोटाले अर्को खुसी राप्ती बबई बहुमुखी क्याम्पसमा कर्मचारीको रुपमा काम गर्ने पाउँदा लागेको सुनाए । उनले सामुदायिक क्याम्पसमा कर्मचारीको रुपमा सेवा प्रवेश गर्दा अर्को जीवनमा अर्को खुसी लागेको पनि सुनाए । उनी जस्तो पढे लेखेका साथीभाइ अहिले विभिन्न देशमा पुुगेर काम गरिरहेको भन्दै उनले आफ्नो देश त्यो पनि आफ्नो जन्मभूमिमा कर्म गर्न पाउँदा आफू खुसी भएको सुनाए । ‘मलाई यही भूमि प्यारो लाग्यो म विदेशीएको भए पैसा कमाउँथे होला तर तपाई जस्तो समाजमा रहेका हरेक नागरिकसँग यसरी सुखदुःखमा कहाँबाट साथ सहयोग गर्न पाउँथे र योभन्दा अर्को खुसी मेरो लागि के हुन्छ र ?’ उनले भने ।
देवकोटाले राप्ती बबई क्याम्पसमा सेवाग्राहीका रुपमा रहेका विद्यार्थीलाई सेवा दिँदा साह्रै खुसी मिल्ने गरेको सुनाए । नेपाल टे«ड युनियन कांग्रेसको तुलसीपुर नगरसचिव भई ट्रेड युनियनमा विभिन्न गतिविधि सञ्चालन र ट्रेड युनियन हक अधिकारका विषयमा काम गर्न पाउँदा खुसी भएको सुनाए । त्यस्तै नेपाल सार्वजनिक सेवा कर्मचारी संघको जिल्ला सचिव भई कर्मचारीको हक हितमा काम गर्ने अवसर पाएकोमा पनि आफू खुसी भएको देवकोटा बताउँछन् ।
हाल नेपाली कांग्रेस क्षेत्र नं. २ खको सचिवको रुपमा कार्यरत देवकोटाले राजनीति सामाजिक सेवा संस्थागत रुपमा जुनसुकै क्षेत्रमा कार्य गर्दा पनि सेवा प्राप्त गर्ने समूहलाई सेवा गर्न पाउँदा आफू खुसी भएको उनको भनाई छ । देवकोटाले गाउँ समाज र विभिन्न मठमन्दिरमा सहयोगदेखि कोभिडको समयमा आफूले पनि केही सहयोग गरी समाजिक अभिभारा पूरा गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे । देवकोटाले काँधमा जिम्मेवारी सामाजिक काममा साझेदारी गरी हृदयमा इमान्दारीका साथ काम गरे सबै खुसीका साथ जीवन जिउन सक्ने बताए ।
उनले आफू सामाजिक कार्यदेखि राजनीति र पेसामा लाग्दा घरपरिवार साथीभाइको साथ सहयोग पाएकोमा पनि खुसी व्यक्त गरे । वास्तविक खुसीको सबैभन्दा ठूलो उपाय अरूको खुसीमा रमाउनु हो । भित्रदेखि नै अरूको कल्याण र खुसीको कामना गर्यो भने हाम्रो हृदय खुला तथा प्रेमपूर्ण हुन थाल्छ र हामी स्वतः अरूसँग बढी नजिक अनुभव गर्न थाल्छौँ । हाम्रो आफ्नै पनि कल्याण हुन थालेको अनुभव गर्छौँ ं बुद्धले भने जस्तै गर्ने हो भने खुसी नै खुसी मिल्छ, उनले भने ।
प्रस्तुती : बालाराम खड्का