calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

नारी सशक्तिकरणका लागि उत्प्रेरणा र नेतृत्व विकास सम्बन्धी कार्यक्रम हुने

घोराही,२९ फागुन । ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र घोराही दाङ शाखाको आयोजना तथा जिल्लामा रहेका राजनीतिक महिला संघसगंठन र सामाजिक संघसस्थाको सहआयोजनामा नारी सशक्तिकरणका लागि उत्प्रेरणा र नेतृत्व विकास सम्बन्धी कार्यक्रम हुने भएको छ ।

कार्यक्रम आउने चैत १ गतेका दिन घोराहीमा हुने भएको हो । ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र दाङं शाखाका संञ्चालिका अन्जना खड्काको अध्यक्षतामा सोमवार घोराहीमा भएको महिला संघसंस्थाका प्रमुुख तथा प्रतिनिधिहरुसंगको छलफलले चैत्र १ गतेका दिन ब्रह्मकुमारी ईश्वरीय बिश्वबिद्यालय एंव राजयोग प्रशिक्षण केन्द्र घोराही दाङको शाखा कार्यालयमा अन्र्तराष्ट्रिय मोटिभेसनल स्पिीकर राजु घलेको उपस्थीस्थीतीमा नारी सशक्तिकरणका लागि उत्प्रेरणा र नेतृत्व बिकास सम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको हो ।

अन्र्तराष्ट्रिय मोटिभेसनल स्पिीकर घलेद्धारा मातृशक्तिलाई सकारात्मक र नेतृत्व विकास गर्नका लागि आयायोजना गर्न थालिएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार, नेपाल महिला सामुुदायिक सेवा केन्द्र, ग्रामीण महिला उत्थान केन्द्र दाङं, अन्तरपाटी महिला संजाल, मानव कल्याण तथा बातावरण केन्द्र, दाङ महिला जेसीज, स्वच्छ नेपाललगायतका विभिन्न संघसंस्थाहरुको प्रमख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्तमको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सेनाले गरेका थिए ।