दाङ उवासंघले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

हिमाल महरा

दाङ,२८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना भएको ५४ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

स्थापनाको दिवसको अवसरमा फुटबल प्रतियोगीता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगीता, हाजिरीजवाफ, बक्तित्वकला, व्याडमिटन , कुर्सी दौड, रक्तदान, बोरा दौडलगायतका विभिनन प्रतियोगिताहरु गरेर मनाउने भएको छ ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा आईतवार बसेको बैठकले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । बैठकले प्रतियोगीता सञ्चालनका लागि मुल आयाजक समिति तथा विभिन्न उपसमिति समेत गठन गरेको छ । जस अन्र्तगत वाणिज्य उपाध्यक्ष लिलाराम खड्काको संयोजकमा विकास वली, जगत आचार्य, माधव खनाल सदस्य रहने गरि मुल समिति गठन गरे छ ।

फुटवल प्रतियोगीता सञ्चालनका लागि विक्रम राणा, पुष्कर न्यौपाने, रुद्र शर्मा जैसी सदस्य रहेकोको उपसमिति गठन गरेको छ । स्लो मोटरसाइकल तथा स्कुटी प्रतियोगीताका लागि युवराज पन्त र लिला नेपालीसदस्य रहेको समिति गठन गरिएको छ । हाजिरीजवाफ प्रतियोगीताका लागि सुरज बुढाथोकी,
व्याडमिटन प्रतियोगीता सञ्चालनका लागि नोर्वु तामाङ, कुर्सीदौड प्रतियोगीताका निमबहादुर बुढाथोकी, रक्तदानका लागि दिपक पण्डित, दौडका लागि रामप्रसाद पोख्रेल र बोरा दौडका लागि विष्णु रिजाल रहेको उपसमिति गठन गरेको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतियोगीतामा सहभागिहुनका लागि नविकरण गरेको प्रमाणपत्रको फोटो कपी हुनुपर्ने संघले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवस आउँदो चैत ९ गते हुदैछ । दाङ जिल्ला उद्योग बाणिज्य संघ २०२७ सालमा स्थापना गरिएको हो ।