वातावरणमा नेपालको जलवायु परिवर्तनको प्रभाव

भुपेन्द्र सुवेदी
हाम्रो पर्यावरण संरक्षण वातावरण अ्न्तर्गत आजको अवस्थामा पृथ्वीमा रहेका जल तथा स्थलमा रहने जैविक तथा मानवीय आर्थिक, सामाजिक तथा सांस्कृतिक क्रियाकलापहरु यिनका अथावत विशेषतालाई वातावरण भनिँदै आएको छ भने मानवले उपभोग गर्ने प्राकृतिक स्रोतको प्रर्याप्त, उपयोगशैली र व्यव्स्थाप, औद्योगिक क्रियाकलाप तथा विषेश छलफल आदी कारणले पृथ्वीको वातावरणमा परिवर्तन हुँदै आएको छ । हाम्रा सिरको टोपी सरह सिरानतिर रहेका चाँदीका पर्खाल सरह हिमश्रृंखलाहरु, त्यहाँबाट निर्माण भएका हिमतालहरु निलो गगनमा चम्किने तारा, सितलको प्रतिक चन्द्रमा अनि दैनिक उदय अस्तको फन्को मार्ने सूर्य एवम् निलो समुन्द्रको बार भएको सम्पूर्ण चराचुरुंगी प्राणीहरुको बास स्थल भएको एउटा सुन्दर तथा मनोरम ग्रह नै पृथ्वी हो । जसले हामी प्राणी जगतहरुको साझा घरको प्रतिनिधित्व गर्दछ ।
पृथ्वीको उत्पत्ति बारे यसका विद्यानहरु सबै एकमत नरहे तापनि वायुमण्डलमा विभिन्न ग्यासहरु रहेको तथ्यमा सबै एकमत रहेका छन् । वायुमण्डलमा रहेका ग्यासले गर्दा नै पृथ्वीको तापक्रमलाई सन्तुलनमा राखेको हुन्छ । जसले जैविक विविधताको सम्बन्धमा हातेमालो गरेको हुन्छ । जबकि विविधताको शाब्दिक अर्थतिर जाँदा जैविक भनेको जिवित र विविधता भनेको भिन्नता हुन्छ तर मिग्र रुपमा यो शब्दले पृथ्वीका विभिन्न हावा, पानी, धरातल, जलाशय, वन, खेतबारी एवम् माटोमा पाइने सम्पूर्ण जिवित प्राणी, वनस्पति, सुक्षजीवाणु र उनीहरुको प्रतक्ष्य परोक्ष सम्बन्ध तथा भिन्नतालाई जनाउँछ । जसले आनुवंशिक, प्रजाति र परस्थिति प्रणालीको विविधता बुझाउँछ । पृथ्वीको कुनै पनि देश वा भागको जैविक विविधतालाई त्यहाँको भौगोलिक बनावट, हावापानी, बासस्थान, जनसङ्ख्या, खेती प्रणाली परम्परा रहनसहन र प्राकृतिक प्रकोपले असर पारिरहेको हुन्छ ।
उसबारेमा नेपाल सरकारले आम जनस्तरमा व्यापक रुपमा जनताको घर–घरमा पुगेर यो विषयमा जानकारी गराउनु पर्ने हो तर यसको नाममा आउने प्रचार तथा अन्तरक्रिया कार्यक्रमको प्याकेज खाली सदर मुकामका आ–आफ्ना नजिककै आफन्तहरुको सहभागी गराइन्छ र कुनै एउटा पार्टीको संस्थाको नाममा कार्यक्रम गरिन्छ तर जहाँसम्म आज भन्ने गरिएको भुई मान्छेसम्म पुग्न सकेको हुँदैन त्यसैले यस्तो कार्यक्रमलाई राज्यले कसैको जिम्मेवारीमा आलेटाले गर्नै होइन होला ? जसले विश्वको वातावरण र पर्यावरणको संरक्ष्णको लागि के–के हुन त महत्वपूर्ण कार्य बुझ्न बुझाउन आजको आवश्यकता हो ।
हाल विश्वमा ५० लाखदेखि तिन करोड प्रकारका जीवका प्रजाति पाउन सकिने अनुमान यसका विज्ञहरुको भनाइ छ । ती मध्ये १७ लाख जतिको वैज्ञानिक तवरले वर्णनन् समेत भइसको छ । बोटबिरुवाको स्थिति पनि उल्लेखनीय छ । यस्तै जिवजन्तु, बोटबिरुवाको विकासका लागि वायुमण्डलमा रहेका ग्यासको भूमिका अहम रहेको छ । यदि वायुमण्डलमा प्रदुषण भएन भने नाईट्रोजन ७ ड, ०९५ प्रतिशत अक्सिजन २१ प्रतिशत आर्गन ०, ९३४५ प्रतिशत सल्फर डाइअक्साइड ०, २५ प्रतिशत र अन्य ग्यासहरु समेत रहेका छन् । यो वायुमण्डलको स्थिति खलबलियो भने यसको प्रत्यक्ष असर पृथ्वीमा रहेका मानव जाति एवम् सबै प्रकारका प्राणी र बोटबिरुवामा पर्न गई जीवन पद्धति माथि नराम्रो असर पर्न गई सङ्कटको स्थिति पैदा हुन सक्छ ।
आजको अवस्थामा विस्तारै वातावरण प्रदुषण भइरहेको छ । जसको प्रमुख कारणमा प्राकृतिक स्रोत र साधनको अत्याधिक दोहन हुनु, वातावरण मापदण्डको विकास नगर्नु, जनसङ्ख्या वृद्धि बसाइँसराइँ र वातावरणबिच असन्तुलन हुनु वनजंगलको विनास हुनु बढ्दो औद्यौगिकरण र कार्बन अक्साईड ग्यासको उत्पादनमा वृद्धि व्यवस्थित सहरीकरण र बसोबास फोहोर मैलाको व्यवस्थापन उचित ढङ्गले गर्न नसक्नु दैनिक प्रकोप प्राकृतिका विपत्ति रासायनिक मलखाद तथा रासायनिक हात हतियार प्रयोग गर्दै जलपुष्ण तापीय प्रदुषण, वन विनासले उब्जायको प्रदुषण मरुभूमीकरणलगायत सङ्कट विषादीको प्रयोग तथा यसबाट आउने परिणामबारे सविस्तार गर्ने विज्ञको रायजन स्तरसम्म पु¥याउने राज्यको कर्तब्य हो ।
अबको आउने दिनहरु दिन प्रतिदिन समस्यासँगै आउने पक्का छ तर हामीले हाम्रो खेतीपातीमा विषादी प्रयोगको असर आजको जलवायु परिवर्तनसँग एक आपसमा दैनिक मानव जीवन मात्र नभएर विश्वको प्राणी जगत सबैमा असर र रोग ब्यादभित्र्ने माध्यम बन्दै आएको छ । यसैले पर्यावरण तथा वातावरणलाई प्रदुषण सँगसँगै लाने र यसको व्यवस्थापन गर्न सरकार तथा आमनागरिकको अहम भूमिका रहेको हुन्छ । यसैले वार्षिक रुपमै विपत आइपररहेको हुन्छ तर व्यवस्थापन गर्न मिल्नेसम्मको योजना ल्याउन आवश्यक छ ।