बदलिँदो राजनीतिक मौसम

भुवन पोख्रेल
हाम्रो मुलुकमा वि.स. २००७ सालको राजनीतिक परिवर्तन हुँदै २०४७ साल र २०६३ सालको दोस्रो जनआन्दोलन पनि दशक पार गरी अहिलेको स्थितिसम्म आइपुग्यो । राजनीतिक धेरै परिवर्तन भए पनि नेपाल र नेपालीको अवस्था जस्ताको त्यस्तै छ । नेपाल गरिबमूलकको पंक्तिमा परेर अझ नाजुक र दयनीय स्थितिबाट गुज्रिएको छ । नेपालको राजनीीत मौसम बदलिए झैँ एकाएक गरमागरम र एकाएक हिउको ढिस्का जस्तै कडा र कठ्याङ्ग्रिदो बनेको पत्तै हुँदैन ।

घटनाक्रमले यति छिटो नयाँ मोड लिन्छ कि यसको अत्तोपत्तँे कसैलाई हुँदैन । एकाएक गठबन्धनबाट नयाँ सरकार गठन हुन्छ । त्यसको केही समय बित्न नपाउँदै घटनाले नयाँ मोड लिएर सत्ता समीकरण भत्किन पुग्दछ । जुट्नु र टुट्नु नियति रहेछ नेपालका राजनीतिक दलहरुको । रातारात अस्थिरता निम्त्याउने चलखेल राजनीतिक दलका नेताबाट हुन्छ । जनताका समस्यालाई सम्बोधन गर्नेभन्दा कसरी सत्ता, शक्ति, पद, कुर्सी हत्याउने भन्ने दाउमा हुन्छन् प्रमुख राजनैतिक दलका शीर्ष नेताहरु । जनता र राजनैतिक दलको नङ र मासुको झै सम्बन्ध हुनु पर्दछ । राजनैतिक दलका नेताहरु चुनाव जितेपछि जनताको आँगन फर्केर पनि टेक्दैनन् । जनतालाई सुशासनको प्रत्याभूति दिने र परिणाममुखी काम गर्ने नेताहरुको प्रवृति भएको भए जनताका पिरमर्का बुझ्न जनताको घरदैलोमा टुप्लुक्क पुगेको हामीले देख्दथ्यौ ।

जनताको नेताहरुलाई चुनाव जिताएर सत्तामा पु¥याउने भ¥याङ वा सिढी मात्र हुन् । नेतालाई जनताप्रति जवाफदेहिता र उत्तरदायित्व बहन गर्नु पर्दैन र । कार्यकर्ताहरुलाई पनि नेताहरुले एक पटक मुर्ख बनाउन सकिन्छ तर पटक–पटक मुर्ख बनाउन खोज्नुले जनता तथा कार्यकर्ता रुष्ट भएका छन् । माओवादीले, एमाले र रास्वपालगायतका दलहरुको नयाँ गठबन्धन बनेको छ । मन्त्री परिषद् पुनःगठन भएको छ । नयाँ गठबन्धन प्रदेश समेतमा प्यकिजमै सहमति गर्ने तयारीमा छ । सातवटा प्रदेशमा पनि भागवण्डा चलिरहेको छ । सत्ता भागवण्डा संघ र प्रदेशमा कसरी मिलाउने कसरी सहमति जुटाउने भन्ने छलपलमा दलहरु व्यस्त छन् । नयाँ गठबन्धनका शीर्ष नेताहरु मन्त्रालयको भागवण्डामा व्यस्त छन् । कसले सत्ताको नेतृत्व गरेर अगाडिभन्ने अनिश्चितता कायम छ । सरकार ढाल्ने र सरकार बनाउने चलखेलका कारण मुलुकका अन्य कामकारबाहीले गति लिन सकेका छैनन् ।

नेपालको राजनीतिक अत्यन्त अस्थिर हुँदै गएको छ । सरकारको अस्थिर प्रवृतिको संरचना र यसको अस्थिरता उन्मुख विशेषताकै कारण छिट्टै सरकार गठन र विघटन हुँदै आएको छ । नीतिगत अस्थिरताका कारण देशको विकास निर्माण पनि नकारात्मक रुपमा प्रभावित बन्दै गएको अवस्था छ । मुलुकमा भ्रष्टाचार व्याप्त छ । कुनै पनि दलहरुको मेलमिलाप र एकता गर्दा राजनीतिक सिद्धान्त र नीति मिल्दा दलहरुकाबिच मात्र गरिनु पर्दछ । अहिलेसम्मको मेलमिलापबाट बनेका सरकार अल्प अवधि मै विघटन भएकाले यस्ता अप्राकृतिक गठबन्धन भविष्यमा पनि लामो समयमसम्म अघि बढ्न सक्ने परिस्थिति देखिँदैन ।

सरकारमा पुगेपछि निर्धारण गरिने नीति रणनीति, योजना तथा कार्यक्रम नै निर्वाचनका समयमा प्रतिवद्धता व्यक्त गरेको सन्दर्भसँग विवादित बन्दछन् । राजनीतिक स्थिरता नेपाल र नेपाली जनताको आवश्यकता हो । यसले आर्थिक उन्नयज, दिगोविकास र अमनचयनको ढोका खोल्छ । प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा त्यसको अनुभूति जनतामा हुन सकेको छैन । नेपाल धेरै लामो समयदेखि राजनीतिकलगायत सबै प्रकारका अस्थिरताबाट प्रताडित देश हो । नेकपाको सरकारले तत्कालीन समयमा दुई तिहाई नजिकको बहुमत प्राप्त गर्दा सरकार मुलुकमा विकास र समृद्धि होला भन्ने जनचाहना थियो ।

जनताको आंकाक्षा र अपेक्ष विपरित आन्तरिक द्वन्द्व कलका कारण देशमा धेरै लामो समय पश्चात देखिएको बलियो सरकार कमजोर र निष्प्रभावी सावित भयो । केपी ओलीले सत्तामा टिक्ने अस्त्रका रुपमा संसद निमोठेर अध्यादेशबाट शासन चलाउने र कुर्सीको मोलतोल मिलाउने राष्ट्रिय स्वार्थ विपरितका कार्यहरु भए । त्यसबेला मुलुक कोभिड १९ सङ्क्रमणबाट प्रभावित भई नागरिक भ्याक्सिन र अक्सिजन नपाएर छटपटिएको अवस्थामा पनि दलहरु राजनीतिक खिचातानीमा लिप्त रहे । त्यो स्वास्थ्य संकटको समयमा सबै राजनीतिक शक्ति एकजुट हुनु पर्नेमा राजनीतिकले विकराल अवस्थालाई गाँण तुल्याइ दिएको थियो ।

राजनीतिक दलहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा सिर्जना गरिरहेका छौ । आर्थिक अनियमितता भ्रष्टाचार बढ्दै जाँदा जनतामा परिवर्तनप्रति नै वितृष्णा पैदा हुँदै छ । नेपालमा भिन्नभिन्न विचारका राजनीतिक दलका बिचमा स्वार्थ मिल्यो भने जतिबेला पनि गठबन्धन हुन सक्छ । अहिले नेपालको राजनीति दुईवटा कित्तामा धु्रवीकरण भएको छ । एउटा लोकतान्त्रिक शक्ति र अर्को कम्युनिष्ट शक्ति । नेपालको संविधान २०७२ घोषणा भएपछि नेपालका कम्युनिष्टहरु ध्रुवीकृत हुने क्रम सुरु भएको हो ।

विगतमा कम्युनिष्टहरुले लोकतन्त्रलाई आफ्नो प्राप्तीको अभिष्टलाई पूरा गर्न कहिले नेपाली कांग्रेस त, कहिले दरबार निकट भएर लोकतन्त्रका विश्वास भएको भन्ने गर्थे । अब नेपाली कांग्रेसले कम्युनिष्टको अधिनायकवाद र सर्वसत्तावाद विरुद्ध लोकतान्त्रिक मोर्चा गठन गरी देशमा लोकतन्त्रको रक्षा एवम् सवलीकरणलाई अगाडि बढाउनु पर्छ । यसका लागि नेपाली कांग्रेसको मूलमर्म भनेको लोकतान्त्रिक शासन व्यवस्था हो । समृद्धि विकास र स्थायीत्वलाई नेपाली कांग्रेसले मूलमर्मका रुपमा अगाडि बढाउनु पर्छ । अहिलेको विश्व नै लोकतन्त्रको पक्षमा छ । सबै लोकतान्त्रिक शक्तिहरु एक–एक जुट भई मुलुकमा राजनीतिक स्थायित्व, समृद्धि र विकासतर्फ लाग्नु पर्दछ ।

कांग्रेसका कार्यकर्ताहरुले गठबन्धन गर्ने नेतृत्वको कडा विरोध गरेकै थिए चुनावको समयमा । सधैभरी रुख चिन्हमा हालेको मत अन्य चिन्हमा मत हाल्न हातै नलागेको कार्यकर्ताको भनाई चुनावकै समयमा प्रष्ट रुपमा देखिन्थ्यो । यसकारण अब नेपाली कांग्रेसका नेता कार्यकर्ताले बाघ र बाख्राको साँठगाँठ अब कहिल्यै हुँदैन भन्ने बुझ्नु पर्दछ । बाघ बरु भोकै मर्छ घाँस खाँदैन । बाख्रँ जता हरियो घाँस देख्छ त्यतै लोभिएर पछि लाग्छ । सत्ता स्वार्थ र कुर्सीका निम्ति राजनीतिलाई सदौबाजी र सम्झौता गर्न नेपाली कांग्रेसलाई शोभनीय हुँदैन । नेपाली कांग्रेस सधै सत्तामा हुनुपर्छ भन्ने छैन । रचनात्मक प्रतिपक्षीको भूमिका पनि कांग्रेसका लागि शोभनीय हुन्छ ।

आन्दोलन सफल पार्नका लागि आफ्नो नेतृत्वमा अरु राजनीतिक दलको पनि सहयोग लिन सकिन्छ तर चुनाव भनेको व्यक्तिको मतको आधारमा लडिने हो । मतलाई विचारले प्रभाव पार्छ । जसरी एउटा दाउमा दुईवटा खुकुरी राख्न सकिँदैन त्यसरी नै भिन्न–भिन्न विचारमा राजनीतिक दलका बिचमा गठबन्धन हुनै सक्दैन । आगो र पानीलाई एकै ठाउँमा मिलाइर राख्न सकिँदैन । अब कांग्रेसले ढुलेमुले चरित्र देखाउनु हुँदैन । वैचारिक पवित्रताका साथ अघि बढ्नु पर्छ । स्वार्थ नमिलेपछि १४ महिना मै गठबन्धन भत्किन पुगेको छ । यसरी राजनीतिलाई उथलपुथल गर्ने केन्द्रविन्दु माओवादी पार्टी र यसका शीर्ष नेताहरु नै देखिएका छन् ।

अहिले वामगठबन्धन पनि लामो समयसम्म टिक्छ वा राजनीतिक स्थायित्व दिन सक्दैन । विगतका अभ्यास र तिक्नतालाई हेर्ने हो भने सानोतिनो स्वार्थ बाझिँदा साथ गठबन्धन भत्कन पुग्दछ । दलहरुबिच राजनीति सत्ता र स्वार्थबिच रस्साकस्सी हुने घटनालाई सुल्झाउन नसक्दा सङ्घीय सरकारमा रराजनीतिक तरंग देखिएको छ । केन्द्रमा गठबन्धन भत्कदा कांग्रेसले प्रदेशमा पनि आफ्नो सत्ता गुमाउनु पर्ने भएको छ । हिजोसम्म सरकार बाहिर रहेका दलहरुले अब आफू गठबन्धनमा सामेल भएपछि प्रचण्ड सरकारलाई पवित्र देख्न थालेका छन् ।

मुलुकमा जतिसुकै व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन सकेको छैन । प्रधानमन्त्री प्रच्ण्डले अप्रत्याशित र अविश्वसनीय दंगले कांग्रेसलाई गठबन्धनबाट बर्हिरगमन र एमाले र रास्वजपालाई आगमन गरी नयाँ गठबन्धनको सरकार गठन गरेका छन् । वास्तव मै प्रचण्डको नियत नै कांग्रेसलाई युज एण्ड थ्रो गर्ने वा धोका दिने रहेछ । अब साना दलका हातमा सत्ता समीकरण बन्ने र भत्कने प्रवृति देखिन्छ । प्रच्ण्डले ‘म नमर्दासम्म देशमा अथलपुथल भई नै राख्छ भन्ने जस्ता अभिव्यक्ति दिनुले यो राजनीतिक घटना क्रम एकाएक विकसित नभए योजनावद्ध रुपमा अघि बढे झै आवास हुन्छ’ ।

पछिल्लो समय नेपालको राजनीति परिदृश्यमा व्यापक उतारचढाव र उथलपुथल देखिनुले नेपालको भूराजनीति मै यसको प्रभाव पर्न सक्ने देखिएको छ । बद्लिँदो राजनीतिक घटनाक्रमका विषयमा आमनागरिकले चासो र चिन्ता व्यक्त गरेका छन् । अहिले सत्ता गठबन्धनमा देखिएको तिक्तताका बिच राजनीतिले नयाँ गठबन्धनको मोड लिएको देखिन्छ । केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारमा समेत त्यसको असर देखिने भएको छ । कांग्रेसको गठबन्धन तोड्दै प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपासँग मिलेर नयाँ समीकरण बनाएपछि सातवटै प्रदेशमा त्यसको असर देखिने भएको छ ।

केन्द्रमा फेरिएको राजनीतिक तरंगको बाछिटा सातै प्रदेशमा असर देखिने भएको छ । सतावटै प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएका कारण सरकार फेरबदलमा स–साना दलहरुलाई फकाउनु पर्ने बाध्यता देखिन्छ । २०७९ पुष ११ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि १३औं पटक मन्त्रीपरिषद् हेरफेर भएको छ । २०७९ को पुषदेखि चैतसम्म सात पटक मन्त्रीको जिम्मेवारी फेरबदल भयो । २०८० सालको बैशाखदेखि फागुन २१ गते सोमबारसम्म १३औं पटक मन्त्रीपरिषद् हेरफेर भएको हो ।

नेपालको राजनीतिक पदिृश्य हेर्दा वा विगतका घटनाक्र र अभ्यासलाई नियाल्दा नेपालका शीर्ष नेताहरु सत्ता र शक्तिका लागि जे जस्तो पनि क्रियाकलाप गर्न पनि पछि नर्पे देखिन्छ । दलीय सिद्धान्त, नीति, नियमलाई कुल्चेर सत्ता स्वार्थको राजनीतिमा फसेको देखिन्छ । राष्ट्रिहित र जनताको आकांक्षालाई वेवास्ता गर्ने राजनीतिक दलको प्रवृतिका कारण जनतामा वितृष्णा छाएको छ । सरकार गठनको उद्देश्य, प्रक्रिया स्पष्ट गरी अघि बढ्न सक्नु पर्छ नयाँ गठबन्धन सरकार । अहिले नयाँ गठनलाई बामएकता भनेका छन् यस किसिमक परिवर्तनले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरण हुन सक्नु पर्छ ।

मुलुकमा समृद्धि र विकास हुन सक्नुपर्छ नत्र भने सत्तामा गठबन्धनमा फेरबदल गर्दै राजनैतिक स्वार्थमा अल्झने हो भने देश र जनताका लागि भलो हुन सक्दैन । मुलुकमा गणतन्त्र, लोकतन्त्र आएपछि राजनीतिक अस्थिरताको अन्त्य हुन्छ । अब देहले आर्थिक विकासमा फड्को मार्छ भन्ने आशामा तुसार पात भएको छ । मुलुकमा अझै राजनीतिक अस्थिरता अन्त्य भई आर्थिक विकास र स्थिरताको बाटोमा अघि बढ्न सक्दैन त । राजनैतिक दलहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा सिर्जना गरिरहेका छौ । शक्ति पृथ्कीकरणको सिद्धान्त विपरित व्यवस्थापिकामाथि कार्यपालिकाको सोझो हस्तक्षेप हुँदै आएको र न्यायपालिका पनि त्यसबाट अछुतो नरहेको देखिन्छ ।