लुम्बिनीमा मुख्यमन्त्रीद्वारा माओवादीका २ मन्त्री बर्खास्त

घोराही, २३फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादीबाट बनेका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गर्नु भएको हो । मुख्यमन्त्री चौधरीले बुधबार मन्त्री मास्की र केसीलाई हटाउनु भएको हो ।

केन्द्रीय राजनीतिमा आएकाे फेरवदलका कारण वर्तमान मन्त्रिपरिषदमा रहेका माओवादीबाट बनेका २ मन्त्रीलाई बर्खास्ती गरिएको छ । मुख्यमन्त्रीले २ वटा मन्त्रालय आफुसंगै राख्नु भएको छ ।