हिमाल, पहाड, तराई : भ्रष्टाचार चुर्ण बनाउने कराई

मधुसूदन सुवेदी
नेपालको राजनीतिमा सबैभन्दा बढेको बेथिति भनेको भ्रष्टाचार हो । चुनावताका सबै राजनीतिक दलललृ आफ्नो घोषणा पत्रमा लेख्न नघुटाएको विषयबस्तु भनेको नै नेपालमा भ्रष्टाचारको अन्त्य हो । यो कुरा सबै भन्ने गर।ेको तर सुन्ने नगरेको विषय पनि हो । यस्तो विचार गर्दा घोरिएर सोच्दा र निधार अुम्चँएर सोची लिँदा नेपालमा इतिहासको कुनै कालखण्डमा भ्रष्टाचारमा ढुब्ने वा भ्रष्टाचारको नसामा चुर्लुम्म डुब्ने भ्रष्टाचारी मोहोनी चूर्ण बनाइएको रहेछ । जुन मोहोनी पूर्णलाई सरकारको सिंहदरबार नेपाल सरकारको संसद भवनमा नेपाल सरकारको बालुवाटारमा र नेपाल सरकारको मन्त्रालयमा कुर्सी स्पद बोकेर छिर्ने जो कोही होलान् ।

सर्वप्रथम सपथ खुवाउनु अघि त्यो इतिहासमा नेको भ्रष्टाचार मोहिनी चूर्ण खुवाउँदो रहेछ । त्यो चूर्ण खाइसकेपछि नेपाल सरकारी पद र कुर्सीमा बस्ने व्यक्तिलाई क गरु ? कसो गरु ? कता जाउँ के खाउ ? भन्ने उकुसमुकुस हुँदो रहेछ र सोच्दा रहेछन् हिमाज जाउँ हिमाल जाउँ दादै । तराई जाउँ दादै । हिमाल जाउँ ठगौ, पहाड जाउँ ठगौ, तराई जाउँ ठगौ । हिमाल जाउँ चोरौ, पहाड जाउँ चोरौ, तराई जाउँ चोरौ । हिमाल जाउँ लुटौ, पहाड जाउँ लुटौ, तराई जाउँ लुटौ । हिमाल जाउँ ठोकौ, पहाड जाउँ ठोकौ, तराई जाउँ ठोकौ । हिमाल जाउँ बोकौ, पहाड जाउँ बोकौ, तराई जाउँ बोकौ । हिमाल जाउँ खोकौ, पहाड जाउँ खोकौ, तराई जाउँ बोकौ । यस्ता त्यस्ता अनेकौ भावना मनमा जोगाउँदो रहेछ । कसैका मनम धर्म, न्याय, कल्याण भन्ने जाग्दो रहेछ ।

सबैलाई आफू नै रन्को, आफ्नो फन्को, आफ्नै झन्को, आफ्नै सन्को रहेछ । आज हेर्नोस् त हिमाली जडिबुटी कहाँ गए के भए ? त्यसको अस्तित्व कहाँ पुग्यो ? त्यसको प्रयोग कति भयो ? कसैलाई चिन्ता र चासो छ ? खाली आफ्नै धुन, आफ्नै नुन, आफ्नै गुण र आफ्नै सुन छ । हिमाली भेग र त्यसको सम्पत्ति जर्गेर्ना गर्ने ठेक्का र बोली कसैले बोकेको छ ? पहाडमा उस्तै छ । पहाडमा भएका चाँप, सुनाखरी, ओखर, घिटा, विद, वेव, सल्लो, मौवा, कोइराला, टाँकी, मलायो, वन, खोला, नाला, ढुंगा, झरना, चुरे कहाँ पुगे ? पहाडी चोया, चित्री, डोको, नाम्लो, अल्ली, सिस्नो, पुण्य पटुवा कहाँ पुगे ? ती अमूल्य निधिको प्रयोग नेपाली जलजनले गरेको भए विश्वमा फैलिने थियो । गोेढाका ठेगी, हर्पे, मदली, बाकस, सन्दुक सबै दैनिक प्रयोगका समान हिमली पहाडी क्षेत्रमा नेपाली सतहहरुले बनेका अर्गानिक प्रयोग गरेका भए देश कहाँ जाने ? सारा नेपालीले स्वदेशी उत्पादनको प्रयोग गरेर विदेश छिरेको भए कति नेपाली बस्तुको प्रचारप्रसार हुन्थ्यो ।

हिमाली भेग डडिबुटीको भण्डार पहाडी भेग दैनिक उपभोग्य बस्तु र पदार्थको भण्डार भएर पनि सारा दोहन हुँदैछ किन ? यसैगरी तराईमा फल्ने अन्नका दानाले सारा नेपालीको पेट भर्ने र भराउने क्षमता राख्दछ । आज तराईको कृषि भूमिलाई खण्डीकरण हुनबाट रोकेर प्राविधिक ज्ञान, कृषि औजार, आधुनिक बिउ र मलको उचित व्यवस्थापन गरेर कृषि क्षेत्रलाई उत्साहित बनाएको भए नेपालमा भोकमरी लाग्ने थियो ? नेपालको तराईलाई नअन्न पु¥याउने जिम्मा दिएको भए हिमाल र पहाडमा उत्पादन भएको बालीलिे विदेशी बजार ओगट्ने थियो । किनभने हिमाली अन्न, पहाडी अन्न र हिमाली र पहाडी मानव निर्मित बस्तु तथा पदार्थ दोस्रो तथा तेस्रो मुलुकका लागि निकै आकर्षक र कौकहलताको विषय छ । हामी नेपाली आफैमा धनी देश भएर पनि हामी नेपाली गरिब छौ ।

किनभने हाम्रो देशका ती प्रदेश हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेशमा भ्रष्टाचारको जालो बिछ्याइएको छ । यो जालोले कसैलाई उम्कन दिएको छैन् । देशको हिमाली भेग, पहाडी भेग र तराई भेग नेपाली राजनीतिक खेलाडीलाई यस्तो बनायो कि आटो पकाउने कराई । तरकारी पकाउने कराई । दुध उमाल्ने कराई, हलुवा भुट्ने कराई, अनेकौ राजनीति षड्यन्त्रकारी चूर्ण बनाउने कराई । यस्तो कराई बनेपछि बन्छ हिमाल, पहाड र तराई । सयौदेखिको जोस, जागर र दम अर्को, परिवर्तन त्याग। नपस्या बलिदान कहाँ गयो । सबैमा कराई भुटियो, उमालियो, पकाइयो र चूर्णका रुपमा खाइयो । देश के जनता कस्ता भए ? खाली ओठे भजन गाएर मात्र हुन्छ ? सत्यतथ्य र प्रमाणित कुरा त यहाँ होनी ? जो जति फुर्ति लगाएर पनि भयो के ? सबै राजनीति ठेकेदारले भ्रष्टाचार मोहिनी चूणृ खाएको होइन ? कसरी बिग्रिए सबै लोकतन्त्रकारी, कल्याणकारी, क्रान्तिकारी, परिवर्तनशीलकारी ? सबैले खाएको एउटै नसालु चूर्ण सपारे ? देश स्वीजरल्याण्ड बनाउनेले आज के बनाए सबै कुरा कसले बिगा¥यो । भ्रष्टाचारले बिगारेको होइन ? सबै भ्रष्टाचारी कसरी भए ? सबैले भ्रष्टाचार मोहिनी, चूर्ण खाएर होइन ।