दाङ,१९ फागुन । प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।
आफुले पाउने एक महिनाको सेवा सुविधा वुवा आमाको नाममा केशवराज बेला कुमारी अध्यक्ष कोष स्थापना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।
समाजसेवामा निकै क्रियाशिल अध्यक्ष पौडेलले पहिलो महिनाको सेवा सुविधा नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखामा केशवराज बेलाकुमारी अक्षयकोष स्थापना गरिसकेका छन् ।
वुवाआमाको खुसी र विधार्थीको शैक्षिक सुधारमा अाउने अपेक्षासहित अक्षय कोषबाट आएको ब्याजले शैक्षिक सामग्री प्रदान गरिने उनको भनाई छ ।