गोरक्ष समाचारदाता
दाङ, १९ फागुन । दाङ क्रिकेट लिगको देस्रो संस्करणको फाइनलमा दङाली लायन्स र तुलसीपुर रोयल्स भिड्ने भएका छन् । शुक्रवार भएको पहिलो खेलमा देउखुरी वारियर्सलाई पराजित गर्दै दङाली लायन्सले फाइनल यात्रा पक्का ग¥यो भने दोस्रो खेलमा घोराही टाइगर्सलाई पराजित गर्दै तुलसीपुरले फाइनल यात्रा तय ग¥यो । उपाधिको लागि शनिवार दङाली लायन्स र तुलसीपुर रोयल्स आमनेसामने हुँदै छन् ।
लिग चरणका खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै चार खेलमा जित दर्ता गर्दै आठ अङ्कसहित शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको दङाली लायन्सले चार खेलमा तीन जित र एक खेलमा हार बेहो¥यो । घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरनधारा च्यालेन्जर्स दुई अङ्कसहित चौंथो तथा सबै चार खेलमा पराजित देउखुरी अङ्कविहीन रहँदै पाँचौँ स्थानमा सीमित बन्यो ।
शुक्रवारको पहिलो खेलमा दङाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित ग¥यो । देउखुरीले दिएको एक सय २६ रनको लक्ष्य दङालीले ४ विकेट गुमाएर १८.४ ओभरमा भेटायो । दङाली लायन्सका लागि ओपनर शंकर रानाले अविजित ६७ रन योगदान दिए । बसिर अहमदले २५, शिशिर डाँगीले अविजित १७ रन बनाए । देउखुरीका विशालविक्रम केसीले दुई तथा शुभम खनाल र प्रज्वल थापाले एक÷एक विकेट लिए । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।
देउखुरीको लागि ओपनर विशालविक्रम केसीले सर्वाधिक ४४ रन बनाए । यस्तै आवाज गौतमले अविजित १७ रन, आशिष वली र थमन वलीले समान १५ रन तथा शुभम खनालले अविजित १० रन योगदान दिए । बलिङतर्फ दङाली लायन्सका बसिर अहमदले सर्वाधिक तीन विकेट लिए । शंकर रानाले दुई तथा विपिन खत्री, वीरबहादुर घर्ती मगर र प्रकाश जैसीले एक÷एक विकेट लिए ।
यसैगरी दोस्रो खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित ग¥यो ।फाइनलसम्म पुग्न घोराहीलाई एक सय ५१ रनको लक्ष्य थियो तर घोराहीले २० ओभर ब्याटिङ गर्दा ९ विकेट गुमाएर एक सय ९ रनमै सीमित रहन पुग्यो । घोराहीका लागि दीपेश कँडेलले सर्वाधिक २४ रन, सुशान्तसिंह थापाले २२ रन, युनिसविक्रम सिंहले १७ तथा रबिन थापाले १३ रनको योगदान दिए । तुलसीपुर रोयल्सको बलिङमा अमरसिंह रौटेला र नवीन विकले दुई÷दुई तथा रुपेश सिंह, दिवान पुन र बिराटसिंह भण्डारीले एक÷एक विकेट लिए । यस अघि टस हारेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।
तुलसीपुरका लागि शङ्कर बुढाले सर्वाधिक ४३ रन बनाए । विपिन रावलले ३१ तथा अमरसिंह रौटेलाले ३० रन बनाए । घोराही टाइगर्सको बलिङमा दीपेश कँडेलले सर्वाधिक तीन विकेट लिए । मिलन बुढाथोकीले दुई तथा रबिन थापा र युनिसविक्रम सिंहले एक÷एक विकेट लिए । जिल्ला क्रिकेट संघको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।