कविता : गोदावरी कुम्भ भेला

सुभाष न्यौपाने

गोदावरी कुम्भ भेला सकेर आयो कांग्रेस ।
जनताको आशाको विवेक के ल्यायर आयो कांग्रेस ?
रैतीलाई नागरिक बनाउने कांग्रेस ।
जनतालाई कोशेली तिमीले के ल्यायर आयौ कांग्रेस ?
मुलुकको अवस्था हेर जनताको हेर हालत ।
जनताको दुःख हेर्ने केही गतिलो ल्याई फालत ।

के जनता भेँडा हुन्, देशका तिमीलाई राज्य सुम्पने ?
जनता मरुन्, बाँचुन् देशमा तिमी चाहीँ डराउने ?
जनताका विरोधी देशका तानाशाह हटाउने ।
रेडियो प्रजातन्त्रले जनता सूचित गराउने ।

विपी, गणेशमानको नाम जोडेर किशुनजी पनि ।
सुवर्ण, गिरीजाप्रसाद, सुशीला श्रध्दान्जली ।
के यत्तिले मात्र पुग्छ मिसन नेपालीको ?
मासुभात खाएर महासमिति बैठक पूर्ण भो ?
जनताको समस्या खै आवाज बोलेको ?

हिन्दुराष्ट्र भएन तिम्रो एजेन्डा अर्को के हो ?
हिन्दुराष्ट्रमा बहस गर्न किन हो कांग्रेस डराएको ?
जनताको भएन विस्वास प्रभुको डर लाग्यो ?
शिक्षा, स्वास्थ्य, गाँस, बास जनताको मुलुकमा ।
बोल्छ कि कांग्रेस भन्दै जनता हेर्दथे यहाँ ।।

त्यस्तै भयो महासमिति गोदावरी सम्मेलन ।
जनताको आँखामा छारो हाल्दै गरे समापन ।।
चिच्याउ, कराउ कति बोल्नुको अर्थ छैन रे ।
कांग्रेस पनि अब जनताको साथी नबन्ने भो रे ।।