जुन देशमा नुन बन्दैन, त्यो देशमा कानुन बन्छ ?

मधुसूदन सुवेदी

नेपालमा पटक–पटक कानुननै कुरा भए र कानुनकै राज्य स्थापित गर्ने कयौ पटक यो राष्ट्रका नागरिकले खुन र पसिना बगाए । हाम्रा साना देशका जनताले ठुलो कुरा गर्छौ । हाम्रा मुख सानो र ठुलै गास निल्ने कल्पना गर्छौ । घरको गाग्रीमा पिउने पानी हुँदैन पानी जहाजको कुरा गर्छौ । एक वर्ष दश नङ्ग्रा खाएर तीन महिना खान पुग्दै कृषि क्रान्तिका कुरा गर्छौ । शरीरको लाज छोप्ने कपडा हुँदैन कपडा बेचेर कपास खेती गरेर विदेशमा पैठारी गर्ने सपना देख्छौ । हाम्रै देशको भूमि सरकारी ऐलानी, गुठी, मठमन्दिर, पाटीपौवाको जमिन खाइसक्यो भारत र देश चीनमा च्यापिएको भूमि फिर्ता गर्ने देश भक्ति कुरा गर्छौ ।

पँधेरोको धारा र इनार सफा छैन गण्डकी, कोशी, कर्णाली, मेची, महाकाली र बागमति सफा गर्ने योजना बुन्छौ । मान्छेमा दैनिक पटक–पटक प्रयोग हुने नुन बनाउन सक्दैनौ, सासौ, सातौ, आठौ, नवौ र दशौ पटक कानुन लेख्ने र बनाउने जाल रच्छौ । घरकी श्रीमती पेट भरी खान नपाएर पोइल जाँदासम्म पनि परनारी हितका कुरा गर्छौ । घरका बाबुआमाले सन्तोषको स्वास फेर्न पाएका छैनौ ज्येष्ठ नागरिकको सम्मान भनेर सडक–सडक दक्रितालाई खादा ओडाउन हिड्छौ । आफूनै देशको पशुपतिनाथको रक्षा नगर्नेले विश्व धर्मको रक्षा गर्न केदार बन्छौ । गाउँमा, समाजमा, जिल्लामा प्रद्यशेका भए गरेका घरेलु साना मझौला र ठुला उद्योग धन्दालाई मासेर र नासेर ठुलो औदौगिक क्रान्ति यो देशमा भित्र्याउने हावादारी गफ गर्छौ ।

बिरामी पर्दा सिटामोलसम्म उपलब्ध गराउन नसक्नेले यो देशको जंगललाई औषधीको भण्डार भनेर गफ चुट्छौ । चिन्ता र डिप्रेशनले रात भर निदाउन नसक्नेले शान्ति र अमनचयनका भाषण गर्छौ । आफ्नो करेसाबारीमा एक किलो प्याज र लसुन नफलाउनेले ोराका बोरा सुन फलाउने कुकर्म गर्छौ । साग र सिस्नो खान नपाउनेले बरगर र पिजा बनाउने तालिम गराउने योजना पोख्छौ । सधै सन्ध्याकालमा बत्ती निभाउनेले भारत भरी बिजुली बेचेर धनी हुने सपना बाड्छौ । बिहान खाएपछि भोलि बिहान कुर्नु पर्नेले नेपालमा सपनाको भोकमरी हटेको कुरा धोषणा गर्छौ । दाउरा, घाँस, ग्वाला तथा पाखा पखेरा हिड्ने बाटो धरी नबनाउनेले रेल मार्ग बनाउने सपना देख्छौ । देशमा ठेलागाडा, साइकल बाड्छौ ।

हाम्रै देशमा भए गरेका उद्योगधन्दा स्कुल कारखानालाई मासेर हामी घरमा जागर चलाउने रोजगारीमा सपना देख्छौ । खाने, बस्ने, लाउने र औषधोपचार गर्ने जोहो गर्न मुगलान धाउनु पर्नेले खुसी र सुखी नेपाली समन नेपाल भनेर नारा लगाउँछौ ।देशको संविधान कानुननीय विधि, विधान नटेर्नेले विश्वको उच्चत्तम जन लिखित संविधान भनेर धाक लगाउने काम चलेकै छ । खाए तरकारी के खाम ? तरकारी खाए भात के खाम भन्नेले तरकारी धान खेतका लागि उन्नत बिउ, कृषि औजर प्रावधिक सल्लाह र माटोको परिक्षण भनेर खोक्नु प¥या छ । देशमा खोला, नाला, नदी, झरना पार गर्ने फड्के साउँ र झोलुंगे पुल निर्माण गर्न नसक्नेले लोटटोल टोलमा हिरावट बनाउने परिकल्पना गर्नु प¥या छ ।

देशको उर्वर भूमिलाई चिरा, चिरा पारेर नखण्डीकरण गरे हार, अवास सरह बनाएर खेती गर्ने प्रणाली नै मासेर कृषि प्रधान देश नेपाल देख्नु प¥या छ । लोक शब्दको परिभाषा निर्माण बनौ संरचना र अर्थ नै थाहा नपाएर लोकतान्त्रिक मुलुक भनेर धोकाउनु प¥या छ । गरिब सधै गरिब र धनी सधै भनी हुने हाम्रो मुलुकमा समाजवादको खोक्रो नारा लाउनु प¥या छ । नेतालाई ठुलो रोग लोगमा अमेरिका जानु पर्ने र जनतालाई ठुलो रोग लागेमा आर्यघाट जानु पर्ने हाम्रो देशमा शिक्षा र स्वास्थ्यमा अमूल् परिवर्तन भयो भन्नु प¥या छ । बाह्रखरी पढेर तेह्रखरी पढ्नलाई तेस्रो मुलुक ताक्नु पर्ने हाम्रै देशमा शिक्षा क्रान्ति पूरा भएको भन्नु प¥या छ ।

नुनदेखि सनुसम्म, पहाड, हिमालदेखि तराईसम्म, छोराछोरीदेखि बाउसम्म चल्लादेखि माउसम्म गरिबदेखि साङसम्म झसपडीदेखि दरबारसम्म दुई नम्बरीधन्दा हेर्न सिकाएको सरकारले भ्रष्टाचारमा ठुलै उपलब्धी शासिल गरेका भजन गाउनु प¥या छ । झोलामा खोला हालेर व्यापार गर्ने नेपालीले भुरे रहनको संरक्षणमा लागेको भनेर शिर ठाडो पार्नु प¥या छ । नदी, नाला, खोला, कुवाका निकारा र बगर।सम्म मासेर खानेले भूमि सुरक्षाको नीति भनेर तलब खानु प¥या छ । ऐलानी जग्गामा राज्यले ढाँइ हाल्न नभ्याएको अब अवस्थामा सुकुम्बासीलाई जग्गा दिन्छु भन्दै हिड्नु प¥या छ । क–ख नपढेकाले प्रेम पत्र लेख्न खोजे जस्तै राम्रोभन्दा सानो कुरा नदेख्नेले ठुला–ठुला कुरको धाक लागाउनु प¥या छ । कमिण्डी निल्ने सपना र नेताले देश चिन्ने सपना नदेखे हुने थियो भन्ने हाम्रो चाहना कामना प्रार्थना हो ।