दाङ बैशाख १० । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दाको कोरोना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि नेपालमा कोरोना संक्रमीको संख्या ४२ पुगेको छ । त्यसक्षेत्रमा रहेको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित भेटिएको समूदायका अन्यमा पनि यो संक्रमण सर्नुलाई बिज्ञहरुले महामारिको तस्रो चरण भन्ने गर्दछन् । उदयपुरमा भेटिएका पछिल्ला ११ जना संक्रमीतपछि नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेको उनीहरुको तर्क छ ।
बिदेशवाट आएकाहरुमा मात्र देखिनु पहिलो चरण हो भने, उनीहरुको परिवारका सदस्यमा देखिनु दोस्रो चरण । कैलालीमा बिदेशवाट आएका देवरबाट भाउजुमा यसको संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रबेश गरेको मानिएको थियो । त्यसपछि सरकारले लकडाउनको अबधी लम्ब्याएर थप कडाई गर्ने बताएको थियो ।
उदयपुरको अबस्थाबाट कोरोना संक्रमण तेस्रो चरणमा प्रबेश गरेपछि प्रदेश नं. १को सरकारले उदयपुरलाई पुर्वरुपमा ‘लक’ गर्न भनेको छ । स्थानीय प्रशासनलाई प्रदेश सरकारले उदयपुरमा बाहिर आउजाउ रोक्न कडाइ गर्न निर्देशन दिदै संक्रमीतहरु देखिएको क्षेत्रमा थप कडाई गर्न भनेको छ ।