देउखुरी डान्सिङ् स्टार सिजन–५ को समापन फागुन १९ गते, पप गायिका एन्जिलाको प्रस्तुति रहने

शिवराज खनाल
दाङ,१३ फागुन । देउखुरीस्तरीय लमहीमा जारी देउखुरी डान्सिङ् स्टार सिजन–५ को फाइनलमा पप गायिका एञ्जिला रेग्मी आउने भएकी छिन् ।

सहयात्री कला केन्द्रको प्रस्तुती तथा डि–टु कला केन्द्रको प्रोडोक्सनमा देउखुरीस्तरीय देउखुरी डान्सिङ् स्टार सिजन–५ पुसदेखि सुरु भएको थियो । उक्त कार्यक्रम यही फागुन १९ गते लमहीको सार्बजनिक बगैंचामा समापन गर्न थालिएको हो ।

पहिलो चरणको कार्यक्रममा दुइसय जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यसमध्य दोस्रो चरणको लागि एकसय २० जना छनोट भइ फाइनलमा १५ जना प्रतियोगीहरु प्रवेश गरेको डि–टु कला केन्द्रका निर्देशक दिपक बर्माले जानकारी दिए । फाइनल कार्यक्रममा निर्णायकको रुपमा लोकेन्द्र शाह ,आर.के. मौर्या र सबिना ठकुरी रहने छन् ।

कार्यक्रममा प्रवेश शुल्क एकसय रुपैँया कायम गरिएको छ भने उक्तदिन रास्ट्रीय तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने आयोजकको भनाइ छ ।

फाइनल कार्यक्रममा प्रथम प्रतियोगीलाई नगद पचाँस हजार, दितृय प्रतियोगीलाई नगद तीस हजार र तृतीय प्रतियोगीलाई नगद विस हजार पुस्कारको साथमा अन्य प्रतियोगीहरुलाई प्रमाणपत्रसहित सम्मानित गरिने कार्यक्रमका संयोजक सुरेश पन्थीले जानकारी दिएका छन् ।