कांग्रेसद्वारा द्वन्द्वपीडित तथा ज्येष्ठ नागरिकलाई सम्मान

गोरक्ष समचारदाता
तुलसीपुर, ६ फागुन । नेपाली कांग्रेसले द्वन्द्वपीडित तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रजातन्त्रका लागि अनवरत रूपमा सङ्घर्षशील, कर्तव्यनिष्ठ भइ नेपाली कांग्रेसलाई गतिशील बनाउनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाली कांग्रेस वडा इकाइ समिति तुलसीपुर–४ ले वडामा रहेका द्वन्द्वपीडित तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
नेपाली कांग्रेस वडा इकाइ सभापति नन्दलाल पुन मगरको अध्यक्षता तथा नेपाली कांग्रेसका निवर्तमान सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यता एवं कांग्रेसका नेता जोगेन्द्रबहादुर विश्वकर्माको विशिष्ट आतिथ्यतामा भएको वडा भेला तथा जनतासँग कांग्रेस अभियान कार्यक्रममा द्वन्द्वपीडित स्वर्गीय हिक्मत सेन, हरिबहादुर थापा, गोविन्द रोकालाई मरणोपरान्त सम्मान, द्वन्द्वपीडित लोकराज कार्की, टङ्कबहादुर विकलाई सम्मान गरिएको छ ।
त्यस्तै तुलसीपुर– खाद्रे, वनहरी, रक्षाचौर, घोरानेटीका ज्येष्ठ नागरिक शोभाराम भण्डारी, वेदबहादुर नेपाली, शोभे कामी, गोपाल शर्मा, गणेश वली, जशिराम खड्का, देवबहादुर कुमाल, भीमबहादुर कुमाल, केशरबहादुर खड्का, दलबहादुर विष्ट, देवराज धिताल, नरबहादुर बुढा, नारायणप्रसाद भट्टराई, हुमबहादुर भण्डारी, नारायणी न्यौपाने, दुर्गादेवी धिताल, पदमासिंह ठकुरी, शेरबहादुर खड्का, शिवराजसिंह ठकुरी, देवराम नेपाली, जागेश्वर खनाल, मुमलाल न्यौपाने, विक्रम विक, दलबहादुर दमाई, सुमित्रा देवकोटा, ज्ञानप्रसाद भट्टराई, कृष्ण आचार्यलाई सम्मान गरिएको छ ।
त्यस्तै ज्येष्ठ नागरिक श्रवणकुमार आचार्य, मधुसूदन आचार्य, बालाराम कँवर, नरबहादुर बुढा, निमकान्त आचार्य, पूर्णबहादुर खड्का, भूपबहादुर वली, विष्णु खनाल, लोकबहादुर विक, बासुदेव गौतम, शरदकुमार शर्मा, मोहनलाल शर्मा, पुष्कर गौतम, चुमानसिंह थापा, दिलबहादुर गिरीलाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान सभापति खड्का, कांग्रेस नेता जोगेन्द्र विश्वकर्मा, वडा नं. ४ का वडा सदस्यहरू दामोदर न्यौपाने, नारायणी पुन र कु्मारी विकलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्ने वक्ताले कांग्रेसको नीति ठिक भए पनि नेताका कार्यशैलीका कारण कार्यकर्तामा असन्तुष्टि बढेको बताएका थिए । सहभागीले कांग्रेस बिरामी अवस्थामा रहेको भन्दै कांग्रेसलाई गतिशील बनाउन सबै लाग्नु पर्ने बताएका थिए । कार्यक्रममा बोल्दै निवर्तमान सभापति खड्काले कांग्रेसमा गलतलाई गलत भन्न नसक्दा समस्या भएको भन्दै गलत कार्य गर्नेलाई कार्यकर्ताले खबरदारी गर्नु पर्ने बताए । उनले देशको निकास र विकास दिन सक्ने पार्टी कांग्रेस मात्र भएको भन्दै कांग्रेसलाई वडा तहबाटै बलियो बनाई आगामी दिनमा संगठनलाई बलियो बनाउनु पर्ने बताए । त्यस्तै विशिष्ट अतिथि विश्वकर्माले कांग्रेसको नेतृत्वका कारणले केही विचलन आएको भन्दै सबै सच्चिएर अगाडि बढ्नु पर्ने बताएका थिए ।
उनले कांग्रेसले कार्यकर्तालाई संरक्षण गर्न नसक्दा समस्या भएको बताए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि कविता शर्मा, चित्रा गिरी, नेपाली कांग्रेसका नेता सुरेन्द्रबहादुर खड्का, निवर्तमान वडा सभापति बालाराम खड्का, द्वन्द्वपीडित परिवारका डम्बर सेन, ज्येष्ठ नागरिक श्रवनकुमार आचार्य, क्षेत्रीय प्रतिनिधि धनसिंह पुन, वेदबहादुर विकलगायतले बोलेका थिए । क्षेत्रीय प्रतिनिधि मिना आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्षेत्रीय प्रतिनिधि प्रणवकुमार खड्का र सहसचिव डुविन्द्रराज केसीले गरेका थिए ।