घोराही,१ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १२ मा रहेको हापुर माध्यामिक विद्यालय निघुवार दाङले ७६ औं बार्षिकोत्सव तथा अभिभावक मिलन समारोह मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा मंगलवार बार्षिकोत्सव मनाएको हो ।
विद्यालयको बार्षिकोत्सव कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य न्यौपानेले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि पहल गर्ने बताएका छन् । सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि शिक्षकसँगै अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले सवैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने अन्य बोल्ने बक्ताहरुले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका थिए ।

बार्षिकोत्सव कार्यक्रममा विद्यालयको बार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार न्यौपाने र विद्यालयको वर्तमान अवस्थाका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव गौतमले जानकारी गराएका थिए ।
विद्यालयका शिक्षक खिमबहादुर बुढाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस पूर्व प्राध्यापक माधवप्रसाद गौतम, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद आचार्य,सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालय नारायणपुरका सहायक प्रधानाध्यापक भुपबहादुर रावत, माध्यामिक विद्यालय रझेनाका प्रधानाध्यापक उद्धव न्यौपाने, हापुर माध्यामिक विद्यालयका पूर्व शिक्षक दुर्गाप्रसाद सुवेदी, समाजसेवी लोकबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजबहादुर परियार, विद्यालयमा अक्षकोष स्थापना गर्नुहुने अक्षयकोष दाताहरु शरदकुमार गौतम र भागवत पोख्रेललाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयका शिक्षकहरु थानेश्वर अधिकारी, यमनारायण केसी, हेमन्त गौतम, बिन्दु डाँगी शरद गौतम, सीमा वली ,शारदा घर्ती, सुशीला भट्राई, सरला पौडेल, सीता चौधरी र चन्दा दाहाललाई सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयका कर्मचारी नरबहादुर डाँगी, विद्यालयका क्याप्टेन पवन वली,रन्जिता चौधरी, जुनियर रेडक्रसका अध्यष मनिषा घर्ती, बाल क्लवका अध्यक्ष झरणा बुढाथोकी सम्मानित भएका थिए । कार्यक्रममा विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षकोषबाट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीहरुले गीत,नृत्य,पिटी,तेक्वान्दोलगायतका विभिन्न कला प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरु सम्झना विष्ट र अस्मिता चन्दले स्वागत गीत गाएका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षकद्धोय शारदा घर्ती र श्रीधर गौतमले गरेका थिए ।