घोराहीले सुरु गर्यो अनलाइनमार्फत् घर नक्सा प्रमाणीकरण

दाङ,२२ माघ । दाङको घोराही उप–महानगरपालिकाले अनलाइनमार्फत् घर नक्सा प्रमाणीकरण सेवा सुरु गरेको छ । घोराहीका मेयर नरुलाल चौधरीले आज अनलाइनमार्फत् सुरु भएको घर नक्सा प्रमाणीकरण सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै मेयर नरुलाल चौधरीले स्थानीय चुडामणि धर्ती क्षेत्रीलाई प्रमाण पत्रसमेत हस्तान्तरण गरेका छन् । चुडामणिले अनलाइनमार्फत् घर नक्सा इजाजतको प्रमाण पत्र पाएका हुन् ।

अब घोराहीका जनताले घर नक्साका लागि अनलाइनमार्फत् आवेदन दिन सक्ने मेयर चौधरीले बताए । उनले अनलाइनमार्फत् सुरु गरिएको घर नक्सा प्रमाणीकरणले इजाजत लिन घोराहीवाँसीलाई सहज हुने बताए । घोराहीले निन्जा इन्फोसिस्को सहकार्यमा अनलाइन घर नक्सा प्रमाणीकरण सेवा सुरु गरेको हो ।