भुवन पोख्रेल
देश र जनताको अधिकारको नम्ति जीवन आहुति गर्नेहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आइएको छ । सहिद शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ माघ १० गते टेकु स्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा वि.सं. १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठलाई एवम् दशरथचन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिष्ति गरेको आरोम वि.सं. १९९७ मा यी चार सहिदहरुलाई तत्कालीन निरङ्कुश जहानिया क्रुर तथा राणा शासकले मृत्युदण्ड दिएको थियो ।
माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक जनताका लागि आएका अधिकारका आन्दोलनमा आफूर्ला समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । सहिद व्यक्तिगत स्वार्थबिना काम गर्ने र दश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् । जुन–जुन देशमा सामाजिक, आर्थिक, राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, पैजातन्त्र र मुक्तिका लागि बिनास्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् । नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रुपमा लखन थापालाई पहिलो सहिद मानिन्छ । पल्टनका लाहुरे लखन थापालाई जंगबहादुर विरुद्धमा प्रचारबाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रुखमा झुण्ड्याएर मारिएको थियो । वि.सं. २००७ सालभन्दा अगाडि, ००७ सालदेखि २०६२÷०६३ सम्मको नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रो थुप्रै ज्ञात–अज्ञात सहिदले सहादत प्राप्त गरेका छन् ।
नेपालमा केही राजनीतिक परिवर्तनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरुलाई जिउँदा सहिद भनेर घोषणा गरिने प्रचलन रहेको छ । नेपालमा सबैभन्दा पहिला नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी खोल्ने प्रजातान्त्रिक आन्दोलनको सुत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुन्दैन भनी चारपाटा मुडेर सुँगुरको पाटो झुण्ड्याइ आजीवन काराबासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो सहिदको रुपमा लिइन्छ । मुकेश कायस्थ नेपालको २०६२÷०६३ को जनआन्दोलनका क्रममा घाइते भएका नेपालका अर्का जिउँदा सहिद हुन् ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही प्रजातन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवनको आहुति गरेको सपुतहरुको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवसको रुपमा मनाएको हो ।
सहिद परिवारले प्रजातन्त्र प्राप्तिका लागि आफ्ना अभिभावकहरुले ज्यान गुमाए पनि अहिलेसम्म राज्यबाट कुनै राहत महुसु गर्न नपाएको दुखेसो पोख्ने गरेका छन् । देशमा गणतन्त्र र धर्मनिरपेक्षताको विगुल फेकिएको भए पनि वास्तवमै सहिदहरुले देखेका समानता र जनजीविकाका मुद्दाहरु अझै पनि व्यवहारमा कार्यान्वयन हुन सकेका छनन् । सहिदको योगदानलाई हामीले भुल्नु हुँदैन । नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकाले सहिदलाई सदैव हामीले सम्मान गर्नुपर्छ ।
‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए,
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।
–भूपि शेरचन
प्रत्येक वर्ष माघ महिना आउँदा सहिदहरुको सम्झना गरिन्छ । यही माघ १६ गते सहिद दिवस मनायन्छ । वि.सं. २००७ सालको क्रान्तिले प्रजातन्त्र ल्याउन सहिदले गरेको बलिदानीको चर्चा गरिन्छ । तत्कालीन निरङ्कुश राणा शासनको पन्जाबाट देश र जनतालाई मुक्त गराउने सहिदहरुको बारेमा कविता लेखिन्छ । विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिन्छ ।
सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिन्छ । सहिदका शालिकहरुमा माला अर्पण गरन्छ । के वास्तवमै यति गरेर सहिदप्रति सच्चा श्रद्धाञ्जली हुन्छ त ? के राजनीतिक दल र शीर्ष दलका नेताहरुले सहिदका नाममा चर्को भाषण गर्दैमा सहिदहरुको आत्माले शान्ति प्राप्त गर्दछ र ? सहिदले मुलुकमा जुन परिवर्तनको सपना बोकेर आफ्नो जीवन उत्सर्ग गरेका थिए त्यो सपना साकार हुन अझै सकेको छैन । विभिन्न चरणमा आन्दोलन र बलिदानीका माध्यमबाट प्राप्त गरेको जनताको जुन उपलब्धिको महसुस गर्नु पर्दथ्यो त्यो राजनैतिक उपलब्धिको महसुस गर्न सकिएको छैन ।
पछिल्लो समयमा धमाधम सहिद घोषणा गर्ने लहर बढेको छ । जसले गर्दा वास्तविक सहिदको योगदानको अवमूल्यन भएको छ । सहिदप्रति श्रद्धाले झुक्ने शिरमा अनाहकको भारी थापरिएको छ । गौरवशाली इतिहास बोकेका सहिदहरुलाई नै छायाँमा पार्ने गरी धमाधम सहिद घोषणा गर्ने क्रम नरोकिने हो भने वास्तविक सहदिको जुन गरिमा छ त्यो घट्न जान्छ । सहिदको सम्झनामा निर्मित सहिद गेट देखेपछि, सहिदको शालिक देखेपछि जोकोही नेपालको शिर गर्वले झुक्दछ ।
सहिदले देखाएको बाटोमा हिँडेर उनीहरुले देखेका सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा बिसाएको महसुस हुन्छ । राणा शासनको अन्यायविरुद्ध बोल्दा लगातार ६ दिनभित्र चार जना वीर योद्धाहरुले क्रमशः दण्डको सजाय भोग्नु परेको थियो । ती सहिदहरुको सम्झनामा माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहका रुपमा सहिद दिवस मनाइँदै आइएको छ । राजनीतिक परिवर्तनको एउटा उर्जाशील चिनो र गौरवका रुपमा सहिद दिवस मनाइन्छ । व्यक्तिगत स्वार्थ विनाकाम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत आहुती दिने व्यक्तिलाई सहिद भनिन्छ । जुन–जुन देशमा सामाजिक, आर्थिक, राजनीतिक क्रान्ति भएका छन्, त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र बलिदानी दिएका छन् ।
हामीले आज उपयोग गर्दै आएको स्वतन्त्रता, समानता र सार्वभौमसत्ताका लागि सहिदहरुले दिएको बलिदानी नेपालको इतिहासमा सुनौलो अक्षरले अङ्कित गरिएको छ । प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा सहिदको सपना अनुरुप हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रको अनुभूति, हिमाल, पहाड, तराईका दूरदराजका गाउँमा बस्ने हरेक नेपालीले अनुभूति गर्ने खालको कामकारबाही र क्रियाकलाप गर्न सकेका छैनौँ । हरेक राजनीतिक दल चाहे राज्य सञ्चालको प्रक्रिया होस् वा विकास निर्माणको कार्यमा नै किन नहोस्, राजनैतिक भागबण्डा, विचार र आस्थाभन्दा माथि उठ्न सकेका छैनन् । सहिदका सपना अनुरुप आफ्नो कार्यशेली र आचरणलाई लोकतान्त्रिक गर्न सकेका छै्रनन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठुलो त्याग, तपस्या र बलिदान गरेका सच्चा सहिदहरु आज छायाँमा पर्न पुगे भने मुलुकमा पछिल्लो पटक झिनामसिना र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्नु पर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनको वास्तविक सहदि छायाँमा परेका छन् र सहिद परिवारलाई चोट पुगेको छ । हामीले सहिदले गरेको बलिदानीलाई सम्झेर र सुध्रिने अठोट सहिद दिवसका दिन देखिने गर्नु पर्छ, सहिद दिवस केवल दिवसमा मात्र सीमित बन्नु हुँदैन ।
नेपालमा परिवर्तन ल्याउन र देशको अवस्था र व्यवस्था बदल्न वीर महान सहिदले ज्यानको आहुति दिए तर अझै पनि मुलुकको अवस्था र जनताको जीवनस्तर बदलिन सकेको छैन । सहिदहरुको सपना र त्यागलार्य हामीले साकार पार्न सकेका छैनौँ भन्ने कुरा सरकार चलाउने र देश बनाउन लागेका राजनीतिक नेतृत्वगणले सोच्ने र सुध्रिने अठोट गर्ने बेला आइसकेको छ । प्रजातन्त्रको प्राप्ति र पुनः प्राप्तिका लागि सहिद भएका र सहिद परिवारका सदस्यहरुले अहिले पनि दुःख कष्ट झेलिरहेका छन् । उनीहरुको सम्मान हुन सकेको छैन । राज्यले सहिदको रगतको मूल्य बुझ्न सकेको छैन । सहिद परिवारका आँसु पुछ्न सकेको छैन ।
मुलुकको शासन पद्धति फेरियो तर देशको फ्रेम र जनताको अनुहारको चमक फेरिएन । सहिदका सपना अधुरै भए । सहिद दिवसका दिन वर्षको एकचोटि मात्र सहिदलाई सम्झने प्रवृत्ति छ । सहिदका नाममा दुई÷चार ठाउँमा गेट बनाइँदैमा सडक, चौताराको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओँठेभक्ति देखाउँदैमा सहिदको मानसम्मान कसरी हुन्छ ? सहिद दिवसको दिन सहिदलाई सम्झेर राज्य सञ्चालन गर्ने प्रधानमन्त्री, मन्त्री, राष्ट्रपतिरुमा सत्बुद्धि आओस्, आफूमा भएका कमीकमजोरी छन् भने सुधार गरेर राम्रो कामको सुरुआत गर्ने दिनका रुपमा सहिद दिवस मनाइनु पर्दछ ।
नेपालको प्रजातान्त्रिक आन्दोलन सहिदको आलो, रातो र तातो रगतले लत्पतिएको छ । त्यो रगतले आज निमुखालाई न्याय, दूरदराजमा लोकतन्त्रको अनुभूति, घरघरमा समृद्धि, सुशासन र पारदर्शिताको जगमा राष्ट्रको निर्माण, देशमा शान्ति सुरक्षा, लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण, संविधानको कार्यान्वयन गर्दै देश विकासको बाटोमा जनताको सर्वोत्तम हितका लागि समर्पित भएमा मात्र सहिदप्रति नमन र वास्तविक श्रद्धाञ्जली हुने छ तर नेपाली जनताको अधिकारका लागि योगदान दिने सहिदहरु आज अपेक्षित छन् भने सहिद दिवस औपचारिकतामा मात्र सीमित बन्न पुगेको छ ।
सहिदले आफ्नो प्राण आहुति दिँदा र लोकतन्त्रका लागि निरङ्कुशताका विरुद्ध लड्दा उनीहरु हिमाल, पहाड, तराई एक ढिक्का भएर अघि बढेका थिए । कुनै भौगोलिक, जातीय, सीमा छुटाइएको थिएन । हरेक दललाई सत्ताको आडमा भागबण्डा गरी खानका लागि मात्र सहादत प्राप्त गरेका थिएनन् । मुलुकको विकास, समृद्धिका लागि कुनै कित्तामा नबाँडिएर सिङ्गो देश र जनताका लागि सहिदले प्राण उत्सर्ग गरेका थिए । सहिदको बलिदानले नै जनताको शासन स्थापना हुन सकेको हो ।
मुलुकमा राजनेतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली दिने दिन मात्र होइन, सहिद दिवस । सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्ण लोकतन्त्र प्राप्तिका घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दैै घाउमा मल्हम लगाउने समय पनि हो । मुलुकमा राजनैतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिँदा जीवन बलिदान दिएका सबै सहिद मुलुकमा सच्चा सपुत भएको मानिन्छ ।
आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाएका छौँ, आज जुन सङ्घीय गणतान्त्रिक, लोकतान्त्रिक मुलुक नेपाल र नेपाली भनेर हामीले गौरव गर्न पाएका छौँ त्यो सहिदको योगदानले सम्भव भएको हो । सहिद दिवस दिवसमा मात्र सीमित नभई यस दिवसले सहिदहरुले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिड्न तथा उनीहरुले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गर्नु पर्दछ । सहिदको सपनालाई साकार पार्ने सवालमा राजनैतिक तथा नागरिक क्षेत्रको सम्मान चासो र गाम्भीर्य भएमा भोलिको सुनौलो नेपाल टाढा छैन ।
लोकतन्त्रको स्थापना र संस्थागत विकासका लागि सहिदले दिएको बलिदानीको मूल्यलाई जनताको अधिकार सुनिश्चित गर्न र देश विकासमा परिणत गर्न सक्नु पर्छ । सहिदले देखाएको बाटोमा हिड्नु पर्दछ, अहिलेका शासकहरु । सहिदले दिएको जिम्मेवारी पूरा गर्नु पर्दछ र उनीहरुले देखेका सपना साकार पार्नु पर्दछ । सहिद दिवस मनाउनुको मूल सन्देश पनि यही हो । सहिदले हामीलाई दिलाएर गएको स्वतन्त्रता र त्यही स्वतन्त्रताको जगमा टेकेर प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नयाँ नेपाल निर्माणमा हामी सबैले आफ्ना ठाउँबाट आm्नो जिम्मेवारी निर्वाह गर्न सक्यौँ भने मात्र सहिदप्रति सच्चा सम्मान हुने छ ।
अहिले सहिदको सङ्ख्या ह्वात्तै बढेको छ । हजारौँ मान्छेलाई सहिद घोषणा गर्ने र दसौँ लाख रकम राज्यको ढुकुटीबाट बाँडिएको छ । यस्तो क्रमले सचचा सहिदको सम्मान हुँदैन । हिद शब्दको अवमूल्यन हुन्छ । सहिदहरु निश्चित रकम प्राप्त गर्नलाई आन्दोलनमा पक्कै होमिएका हेइनन् । उनीहरुले त मुलुक र जनतालार्य समृद्धिमा डो¥याउने सपना बोकेर लडाइँमा होमिएका हुन् । वर्तमान समयमा सहिदले देखाएको बाटो बिर्सिएर राजनीतिको बागडोर सम्हालेका राजनीतिक दल कुबाटोतिर लागेका छन् । उनीहरुको सुन्दर सपनामाथि राजनीति गर्दै मुलुकलाई बन्धक बनाइरहेका छन् । सहिदको सपना र मर्मलाई भुलेर सहिद दिवस औपचारिक मात्र बन्नु हुँदैन ।
सहिदका मुर्छित सपनालाई साकार पार्न नेपालका राजनीतिक खेलाडीहरुले सहिदको रगतको मूल्य र बलिदानी बुझ्नु पर्दछ । सहिदको रगतको मूलय पैसामा तौल्न मिल्दैन । उनीहरुलाई सच्चा सम्मान त्यही बेला हुन्छ जतिबेला उनीहरुले खनेको समृद्धि र विकासको अभियान थाल्नु पर्दछ । सहिद दिवसको अवसरमा सम्पुर्०ा ज्ञातअज्ञात सहिदप्रति श्रद्धा सुमन ।