दाङ । राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटालाई मातृ शोक परेको छ ।
देवकोटाकी आमा जीवन कुमारी पोखरेलको ललितपुरको बागडोलस्थित निवासमा माघ १३ गते राति निधन भएको हो । २००० सालमा जन्मीकएकी स्व.पोखरेलका ६ बहिनी छोरी र नाती नातीनीहरु छन् ।
उनका एक छोराको दुर्घटनामा निधन भइसकेको छ । स्व.पोखरेललाई प्रमुख सचेतक देवकोटासहित ६ बहिनी र पति गदाधर पोखरेलले पशुपति आर्यघाटमा दागबत्ती दिएका हुन् । स्व.पोखरेलका पति गदाधर पोखरेल नेपाल संस्कृत विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक हुन् ।
देवकोटासहित ६ बहिनीहरु १३ दिनको संस्कारमा बसेका छन् । स्व.पोखरेलकी बुहारी विन्दु पोखरेल पनि सासुको १३ दिनको संस्कारमा बसेकी छिन् ।