दाङ,१५ माघ । पत्रकार एवं अनुसन्धानकर्ता सुदीप गौतम विद्यावारिधि (पिएचडी) उपाधिबाट सम्मानित भएका छन् । यो उपाधि गौतमलाई history of political awareness in Dang DeaukhuriÚ विषयमा उनको अनुसन्धानका लागि सिएमजे विश्वविद्यालय मेघालय भारतवाट प्रदान गरिएको हो ।
गौतमले सीएमजे विश्वविद्यालय राजनीतिक अध्ययन विभागका प्रा डा अवदुल हमिमको निर्देशन एवं त्रिभुवन विश्वविद्यालय का प्राध्यापक डा शिवकुमार सुवेदीको सहनिर्देशनमा आफ्नो अनुसन्धान पूरा गरेका हुन् ।
गौतमले त्यस विश्वविद्यालयको छात्रवृतिमा दाङ देउखुरी क्षेत्रको राजनीतिक इतिहासमा विगत ५ वर्षदेखि अनुसन्धान गरिरहेका थिए । गौतमको अनुसन्धानका सहनिर्देशक डा शिवकुमार सुवेदीले गौतमले अनुसन्धानको क्रममा दाङको राजनीतिक चेतनाको विश्लेषण गरेको बताए ।
‘विशेषगरी २००७ सालको क्रान्तिदेखि २०७२ सालको संविधान निर्माणसम्ममा दाङ देउखुरी क्षेत्रमा भएका आन्दोलन, राजनीतिक गतिविधि र निर्वाचनहरुमा यस क्षेत्रको जनसहभागितालाई उत्कृष्ट ढंगले चिरफारगरि सन्तोषजनक अनुसन्धान सम्पन्न भएको हो’,डा सुवेदीले प्रतिक्रिया दिएका छन् ।