राप्ती बाल एकाडेमी १५ औं बर्षमा

तुलसीपुर, १३ माघ । राप्ती बाल एकाडेमी तुलसीपुरको १५ औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । नेपाली संस्कारमा आधुनिक शिक्षा भन्ने मुलनाराका साथ यहाँका प्राज्ञक व्यक्तिहरुले २०६५ सालमा स्थापना गरेको स्कुलले तुलसीपुरमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको सहभागीहरुले बताएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार पाण्डेको अध्यक्ष तथा एनप्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष डाँगीले पछिल्लो समयमा नेपालका दक्षय जनशक्तिहरु बारिएको भन्दै नेपालमै बस्ने वातावरण सवै क्षेत्रबाट बनाउनु पर्ने बताए ।

उनले कक्षा १२ पछि सवै विद्यार्थी विदेशीने गरेको भन्दै नेपालमै रोजगारी दिने वातावरण श्रृजना गर्नुपर्ने बताए । उनले बच्चाहरुले आफ्नो भविषय सुनिश्चित गर्न वाहिरीने गरेको बताए । ‘अहिले प्रत्यक अभिभावकले अमेरीका यूरोपको भिसा लागोस भनेर आर्शिवाद दिने गर्नुभएको छ, यो अवस्था किन आयो भन्ने तर्फ सवै लाग्नुपर्छ’,उनले भने,‘त्यसलाई गम्भीरतापूर्वक अध्ययन गरेर शिक्षाको सुधारमा सवै लाग्नुपर्छ ।’

त्यस्तै डाँगीले राप्ती बाल एकाडेमीले जिल्लामा छुट्टै पहिचान बनाउन सफल भएको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बालबालिकाहरुलाई विद्यालयमा पठाएरमात्र गुणस्तरीय शिक्षा हासिल गर्न नसक्ने भन्दै अभिभावकहरुले पनि आफ्नो बालबालिकालाई घरमा पढने वातावरण सृजना गर्नुपर्ने बताए ।

उनले शिक्षक, विद्यालय र अभिभावको त्रिकोणात्म सम्वन्धले मात्र गुणस्तरीय शिक्षा दिन सकिने बताए । कार्यक्रममा राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख महेश आचार्य, एनप्याव्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपाने, सचिव शालिकराम कार्की, प्याव्सनका लुम्विनी प्रदेशका सदस्य बासु रिजाल, १९ नं. वाहिनेका सहसेनानी दिपक भट्ट, राप्ती बाल एकाडेमीकी पूर्व विद्यार्थी किर्ति डाँगीलगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सीपल सुर्यप्रकास शर्माले पछिल्लो समयमा नेपाल बाट ठुलो जनशक्ति विदेशीने गरेको भन्दै दक्षज जनशक्ति वाहिरीदा भोलि देशमा युवा युवतीहरु पाउन मुस्कुल हुने बताएका थिए । उनले यहि देशमा श्रम गर्ने वातावरण बनाउन सवै लाग्नु पर्ने बताएका थिए । बार्षिक उत्सवमा प्रगति प्रतिवेदन पेश गदै विद्यालयका प्रिन्सीपल ठाकुरप्रसाद डाँगीले हाल विद्यालयमा कक्षा १० सम्म पढाई हुने गरेको र ५ सय ८२ जना विद्यार्थीहरु अध्ययन गरि रहेको बताएका थिए ।

उनले आगामी कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ को पढाई सञ्चालन गर्ने लगायतका योजनाहरु सुनाएका थिए । कार्यक्रममा विद्यार्थीहरु निर्माण गरेका विभिन्न विज्ञान तथा आफ्ना कलाहरु प्रदर्शनिमा राखेको थिए । बार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु, नृत्य, गित,खेलहरु प्रस्तुत गरेका थिए । बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।