दाङ,१३ माघ । नेपाली काग्रेस लुम्बिनी प्रदेशका उपसभापती राजु खनालले काग्रेसकाे नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामकाे बारेमा आम नागरिकलाई जानकारी गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नु भएकाे छ ।
नेपाली काग्रेस गुल्मीले आयाेजना गरेकाे भेटघाट कार्क्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका सवास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीकाे नेतृत्वमा भएका उपलब्धीकाे बारेमा गाउँघरमा रहेका मतदातालाई जानकारि गराउन आबश्यक रहेकाे बताउनुभयाे ।
अहिले सम्मका परिवर्तनकाे नेतृत्व काग्रेसले गरेकाे भन्दै उपसभापति खनालले अब आर्थिक समृद्दिकाे नेतृत्व पनि काग्रेसकै नेतृत्वमा गर्नुपर्ने दायित्व रहेकाे बताउनुभयाे । उपसभापति खनालले पार्टीभित्रका आन्तरिक द्वन्द्वलाई सार्वजजनिक फाेरममा नभै पार्टीभित्रकै आन्तरिक बैठक वा कार्यक्रम मार्फत समाधान गरिनुपर्ने बताउनुभयाे ।
स्वास्थ्यमन्त्री खनालले प्रदेश भित्रका ६ जिल्लामा डायलासिस सेवा सुरू गर्न लागिएकाे जानकारि दिनु भयाे । स्वास्थ्य बिमाकाे दायरा बढाउनु पर्ने आबश्यक्ता महसुस गरिएकाेभन्दै मन्त्री खनालले त्यसका लागि प्रयास भैरहेकाे बताउनु भयाे।