गोरक्ष समाचारदाता
दाङ, ११ माघ । ग्रामीण महिला उत्थान केन्द्रले गठन गरेको मेरिल्यान्ड पब्लिक एकेडमी थ्री जिरो क्लबले बुधवार घोराहीमा लागूपदार्थ दुव्र्यसनी सचेतना ¥याली गरेको छ । विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढा मगरको प्रमुख आतिथ्यता र ग्रामीण महिला उत्थान केन्द्रका सूचना अधिकारी पार्वती बस्नेतको विशिष्ट आतिथ्यतामा लागूपदार्थ दुव्र्यसनी सचेतना ¥यालीको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमन बुढा मगरले ग्रामीण महिला उत्थान केन्द्रमार्फत् गठन भएको यस क्लबले बालबालिकामा सकारात्मक उर्जासँगै केही गर्नु पर्छ भन्ने भावनाको विकास भएको देख्दा खुसी लागेको बताए । कार्यक्रममा क्लबमार्फत बालबालिकाले औपचारिकसँगै व्यावहारिक ज्ञानका लागि पनि विद्यालयसँग वातावरण बनाइदिन माग गरेका थिए । विद्यालयले पनि विद्यार्थीको मागलाई सम्बोधन गर्दै व्यावहारिक ज्ञान, सिपका लागि वायरिङ, बुनाइ सिलाइ, टपरी गाँस्न, बत्ती कात्ने जस्ता व्यावहारिक ज्ञान दिन थालेको बताए ।
यसैगरी विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठले विद्यालयले शैक्षिक कोर्शसँगै विद्यार्थीलाई व्यावहारिक ज्ञान सिप दिनका लागि थ्री–जिरो क्लब गठनले पनि महत्वपूर्ण भूमिका खेलेको हुँदा ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यवाद दिए । प्रोफेसर मोहम्मद युनुसले विश्वलाई ३ वटा कुरामा शून्य पार्ने अवधारणाका साथ स्थापना गरिएको थ्री–जिरो क्लबले शून्य कार्बन उत्र्सजन, शून्य बेरोजगारी र शून्य गरिबीलाई बढावा दिँदै मेरिल्याण्ड पब्लिक एकेडमीको वार्षिकोत्सवको अवसरमा थ्री–जिरो क्लबको आयोजनामा भएको सचेतना ¥यालीले सचेतना अभिवृद्धि दिने खालको ब्यानर, पम्पलेट सहित घोराही बजारको लखनपार्क, बालमन्दिर, बसपार्क, हुँदै बजार परिक्रमा गरेको थियो । कार्यक्रममा मेरिल्याण्ड पब्लिक एकेडमीमा गठन भएको थ्री–जिरो क्लबमा आबद्ध बालबालिकाको उपस्थिति रहेको थियो ।