सडक आश्रित नागरिकको सुरक्षित बसोबासको व्यवस्था मिलाउन महायज्ञ : संयोजक बस्नेत [अन्तर्वार्ता]
1 min read
यो मानवसेवा आश्रम हेटौँडाबाट सुरु भएको र आश्रमको प्रधान कार्यालय हेटौ“डामा छ । सेवा नै धर्म हो’ भन्ने सत्य वचनलाई आत्मसात गरेर यसलाई कर्मक्षेत्रमा उतार्न मानव सेवा आश्रमले गरेको मिहिनेत र पवित्र भावना कदर र प्रशंसायोग्य रहेको मैले पाएको छु । ‘सबैको लागि खाना, नाना र छाना’ भन्ने उद्देश्यका साथ खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी (अनाथ, अपांग, अशक्त, असाहय एवं मनोरोगी) मानवको सेवा गर्ने उद्देश्यले मकवानपुरको हेटौँडाबाट शुभारम्भ भएको परोपकारी संस्था मकवानपुर हेटौँडासहित ७ प्रदेशको विभिन्न जिल्लामा तथा दाङको पनि तुलसीपुरमा सेवा सञ्चालन गरेका छ ।
खुला आकाशमुनी सडक जीवन बिताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरागी, अनाथ, अपांग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन तथा पारिवारिक पुनर्मिलन हुन नसकेको मानवको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले यसले सेवा दिइरहेको छ । जसअन्तर्गत दाङको तुलसीपुरमा पनि मानव सेवा आश्रम शाखाले भाडामा कार्यालय सञ्चालन गरेको छ ।
मानव सेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुर–४ हलवारमा भवन मानवीय स्मारक निर्माण गरी १५० जना सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित सडक आश्रित मावनको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले तुलसीपुरमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ सञ्चालन हँुदैछ । मानव सेवा आश्रम महायज्ञ कहिले किन र कसका लागि सञ्चालन हुँदैछ यसको लक्ष्य उद्देश्यको विषयमा महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सारसंक्षेप ।
यहाँलाई स्वागत छ सातावार्तामा ।
सर्वप्रथम तपाई र तपाईको पत्रिकालाई धन्यवाद महायज्ञ तथा मावन आश्रमको विषमया मेरा कुराहरू राख्न दिएकोमा ।
मानव आश्रम भनेको के हो र यसले के गर्छ ?
यो मानव सेवा आश्रम विगत ११ वर्षदेखि सञ्चालनमा रहेको छ । हेटौँडाबाट सुरु भएको यस आश्रमको प्रधान कार्यालय हेटौँडामा रहेको मैले बुझेको छु । ‘सबैको लागि खाना, नाना र छाना’ उद्देश्यका खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी–अनाथ, अपांग, अशक्त, असाहय एवं मनोरोगी मानवको सेवा गर्ने उद्देश्यले मकवानपुरको हेटौँडाबाट शुभारम्भ भएको परोपकारी संस्था मकवानपुर हेटौँडासहित अहिले दाङको तुलसीपुरलगायत देशका ठूला सहरमा भवन निर्माण गरी सञ्चालन भइरहेको छ ।
खुला आकाशमुनी सडक जीवन बिताउन विवश घरबारविहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरोगी, अनाथ, अपांग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन तथा पारिवारिक पुनर्मिलन हुन नसकेको मानवको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले यसले सेवा दिइरहेको रहेछ । जस अन्तर्गत दाङको तुलसीपुरमा पनि मानव सेवा आश्रम शाखाले भाडामा कार्यालय सञ्चालन गरेको छ ।
यसले विभिन्न सेवाहरू जस्तै सहयोगापेक्षी बेसहारा सडक मानवको अवस्था अध्ययन तथा यथार्थ विवरण संकलन, उद्धार, औषधोपचार, एवं पालनपोषण, प्रारम्भिक स्वास्थ्य सेवा, मनोचिकित्सकीय सेवा तथा औषधोपचार सेवा सुधार भएका र सक्षमहरूको लागि जिविकोपार्जनसम्बन्धी तालिम, सुधार पश्चात् परिवार खोजि पारिवारिक पुनर्मिलन, पारिवारिक पुर्नस्थापना हुन नसकेका बेसहाराहरूको दीर्घकालिन संरक्षण गरी कसैले पनि सडकमा आउन नपर्ने अवस्था निर्माण गर्न हरेक नागरिकलाई जिम्मेवार बनाउन विभिन्न मानवता प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको मैले पाए ।
महायज्ञ कहिले र के उद्देश्यले लगाउन लाग्नु भएको छ ?
यो मानव सेवा आश्रममा म ६÷७ महिना पहिलेदेखि जोडिएको थिए । मैले पनि विभिन्न तिथि, बडेलगायतका कार्यहरू गर्दा यही सहयोग गर्ने गरेको थिए । अन्य साथीहरू पनि यहाँ जोडिनु भएको रहेछ । तुलसीपुरमा मानव सेवा आश्रम भाडाको घरबाट सञ्चालन भएको हामीले थाहा पायौँ र केही समय पहिलेदेखि यसको व्यवस्थापनमा समस्या रहेको भन्ने यहाँ सेवा गर्ने व्यक्ति महानुभावले अवगत गराउनु भयो । अहिले पनि करिब–करिब ७७ हजार मासिक भाडा तिर्नु हुने रहेछ ।
यसको विषयमा हाम्रो छलफल भयो र यहाँ करिब ७, ८ जनाले सेवा गरिरहनु भएको रहेछ । त्यही क्रममा यसको भवन निर्माण गर्नुपर्छ भन्ने कुरा उठ्यो । त्यसपछि जग्गाको व्यवस्थापनको कुरा पनि आयो सञ्चालकले एक ठाउँ जग्गा पनि खोज्नु भएको कुरा हामीलाई जानकारीमा आयो र हामीले अब यहाँ महायज्ञ लगाएर यो पुनित कार्यमा सहभागी हौनत भनी हामी तुलसीपुरका विभिन्न क्षेत्रका व्यक्तिले छलफल भएपछि यसको भवन गराउने प्रयोजनका लागि हामीले महायज्ञ तुलसीपुरमा यही माघ १३ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरी अगाडि बढेका छौँ ।
यस मानवता प्रवद्र्धन महाअभियानमा हामीलाई सबैले साथ सहयोग गर्नुहुन्छ र हामीले लक्ष्य प्राप्ती गर्न सक्ने छाँै भनेर यो महायज्ञ लगाउने तयारी गरेका छाँै । यसको मुख्य उद्देश्य भनेकै मानव सेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुर–४ हलवारमा भवन मानवीय स्मारक निर्माण गरी १५० जना सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित सडक आश्रित मावनको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले तुलसीपुरमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ सञ्चालन गर्न लागेका हाँै ।
यो भवन कहाँ निर्माण गर्दै हुनुहुन्छ जग्गाको उपलब्धता के छ ?
तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ हलवारस्थित कालिकामालिका मन्दिर व्यवस्थापन समितिले मानव सेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ का जग्गा उपलब्ध गराउने भन्ने सहमति भएको रहेछ । भवन निर्माणका लागि करिब १५ करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि भवनको माष्टर पलान पनि बनाइसकेको छ । केही दिन पहिले यसको सार्वजनिककरण पनि भएको छ । हलवारमा कालिकामालिका मन्दिर व्यवस्थापन समितिले जग्गा उपलब्ध गराउनु भएको छ । त्यो जग्गा यही मानवताको सेवाको लागि अब मानव सेवा आश्रमको नाममा बनाउने प्रक्रिया पनि थालनि हुने छ र त्यहाँ भवन बन्ने छ । केही दिन अगाडि लुम्बिनी प्रदेशका अर्थमन्त्रीज्यूले भवनको शिलान्यास पनि गरिसक्नु भएको छ ।
महायज्ञबाट कति आर्थिक रकम सङ्कलन गर्ने लक्ष्य छ ? महायज्ञबाट तपाईहरूको उद्देश्य पूरा होला त ?
हेर्नुहोस्, यस महान कार्यमा हामीलाई सबैबाट हौसला प्राप्त भएको छ । यस अघि पनि तुलसीपुरमा विभिन्न शुभकार्यहरू भौतिक निर्माण र अन्य प्रयोजनका लागि यसरी नै सुरुवात भएका छन् । यहाँ दानविरहरू दानदाता सहयोगी मन भएका व्यक्ति धेरै हुनुहुन्छ । चाहे त्यो अञ्चल अस्पताल निर्माण गर्दा होस् वा अन्य कार्यमा हामीले सोचेभन्दा राम्रो उद्देश्य प्राप्ती गरेका छौँ । हामीले योजना बनाउने र त्यसलाई पूरा गर्न लाग्ने हो ।
हाम्रो लक्ष्य भनेको अहिले करिब ५ करोड रकम संकलन गर्ने हो । योभन्दा धेरै पनि हुन सक्छ कम पनि हुन सक्छ । सबै क्षेत्रबाट हामीको कार्य अत्यन्तै राम्रो भन्ने आएको छ । हामीले सबैसँग छलफल पनि गरेका छौँ । अहिले हुन त देशैभर आर्थिक मन्दी छ । सबै क्षेत्रमा यसले असर पारेको छ तर पनि हामीले गर्न लागेको महानकार्यलाई मानवीय सेवालाई सबैले तनमन धनले सहयोग गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।
हाम्रो प्रतिष्ठीत व्यवसायी, कर्मचारी, समाजसेवी, उद्योगी व्यापारी, पत्रकार समाजका सबै क्षेत्रका व्यक्तिले हामीलाई साथ सहयोग गर्ने वचन दिनुभएको छ । हाम्रो उद्देश्य परिपूर्ति हुने छ जसले जे सहयोग गर्न सक्छ दक्षताअनुसार गर्नु हुने छ भन्नेमा हामी विश्वस्त छौँ ।
यसका लागि तयारी कहाँसम्म पुगेको छ ?
हामीले तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायी, राजनैतिक दल, जनप्रतिनिधि, समाजसेविलगायतको सहभागीतामा विभिन्न समितिहरू गठन गरिएका छौँ । उहाँहरूसँग बैठक छलफल पनि गरिरहेका छौँ । दाङको पश्चिम गंगटेदेखि पूर्व कालाकाटेसम्म हामीहरूले भेटघाट सम्पर्क गरेका छौँ । सबैले राम्रो कार्य गर्न लाग्नुभयो भनेर हामीलाई हौसला दिनुभएको छ ।
हाम्रो टिम दिनरात खटेको पनि छ । सहयोगापेक्षी सडक आश्रीत मानव र कष्टकर जीवन बिताइरहेका व्यक्तिका लागि भवन निर्माणार्थ श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञ लगाउन थालिएकोमा सबै खुुसी हुनुहुन्छ । प्रचार प्रसारलाई तिव्रता दिएका छौँ । छिमेकि जिल्लाबाट पनि हामीलाई सम्पर्क समन्वय त्यतिकै भएको छ । उहाँहरूले पनि सहयोग गर्ने वचन दिनुभएको छ । हामीले सबैसँग टोल विकासदेखि विभिन्न कार्यालयका प्रमुखदेखि राजनीतिक दल समाजसेवी, वित्तीय, सरकारी गैरसरकारी सबै क्षेत्रलाई सहयोगको लागि अनुरोध गरेका छौँ । हाम्रो तयारी तिव्र रूपले भएको छ यसमा सबै समितिका पदाधिकारी व्यक्ति लाग्नु भएको छ ।
महायज्ञको उद्घाटन, यसको कथा बाचक र अन्य कार्यक्रम के–के छन् ?
यसको उद्घाटन हामीले मुख्यमन्त्रीज्यूबाट दिनको १२ः३० बजे गर्ने भनेका छौँ । शोभा यात्रा माघ १३ गते ११ बजे तुलसीपुरको बसपार्कबाट गर्ने तयारी गरेका छौँ । यसको समापन माघ २० गते साँझ ४ बजे हुने छ । यसको कथा बाचकमा भागवत भाष्कर कमलनयन गौतमज्यू हुनुहुन्छ । नित्य कार्यक्रम बिहान ७ बजेदेखि पूजा एवम् पाठपारायणदेखि ११ बजेदेखि ४ बजेसम्म कथा बाचन हुने छ । साझ ४ः१५ मा आरती, ४ः३० बजे प्रसाद ग्रहण र ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालिन भवन प्रस्तुती हुने छ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा म तपाई तथा तपाईको पत्रिकालाई धन्यवाद दिन चाहान्छु हाम्रो तयारी तथा कुराहरू राख्न दिएकोमा । २०८२ सालसम्म नेपाललाई सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउने उद्देश्यले २०६९ भदौ १३ गते हेटौँडामा मानव सेवा आश्रम स्थापना भएको र हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवा केन्द्र सञ्चालन भएको यस संस्थाले दाङमा भने २०७८ बैशाख ३ गतेदेखि भाडाको घरबाट मानव सेवा आश्रम सञ्चालनमा रहेको छ । यसको भवन निर्माणका लागि यो मानवता प्रवद्र्धन महाअभियानमा सबैले साथ सहयोग गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । मानवसेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुर–४ हलवारमा भवन मानवीय स्मारक निर्माण गरी १५० जना सहयोगापेक्षी सडक आश्रित मानवको मानवोचित सडक आश्रित मावनको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले तुलसीपुरमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ सञ्चालन गर्न लागेका छौँ सबैलाई म यही पेपरमार्फत सहभागी भई यो अभियान सफल पार्न आग्रह गर्दछु । A