मातृभूमिप्रतिको प्रेम झल्कने सिनेमा काँडेतार : अभिनेता खड्का 

निरला अर्याल

दाङ,५ माघ । नायक, निर्माता तथा कलाकार  नवल खड्काले नेपाली चलचित्र काँडेतार मातृभूमिप्रतिको प्रेम झल्कने फिल्म भएको बताउनु भएको छ ।

चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएकाे साक्षात्कार कार्यक्रममा बोल्दै खड्काले देश रहे हामी रहन्छौ माटो र मानिस जोगाउ भन्ने कथा बस्तु रहेको काँडेतार देशप्रेमी रहेको बताउनु भयो ।

नेपालको खुल्ला सिमाना, विदेशी हस्तक्षेप र  विभिन्न विकृति रोक्ने लगायतका विषयहरु  काँडेतारले बोकेको बताउनु भयो । `हामी यो देशका नागरिक हौं अब  हामीले सीमा सुरक्षा नगरे कसले गर्छ भन्ने हाम्रो  हो´ उहाँले भन्नुभयो । राष्ट्र र  राष्ट्रियता जोगाउन काँडेतारले महत्वपूर्ण भूमिका खेलेको खड्काको भनाइ छ ।

सेन्सर भईसकेका चलचित्र देखाउन केही ठाउँमा रोक लगाउनू मा सरकारको कमजोरी रहेको गुनासो गर्नु भयो ।  स्वदेशमा  बसेर विदेशीको इशारामा चल्दा राष्ट्रलाई ठूलो आघात भएको छ।  यो कस्तो विडम्बना ।  देशको शान मान र गौरव खोसिने अवस्थामा हामी छौ अब यो देशको गौरव लाई खोस्न दिनु हुन्न उहाँले भन्नुभयो ।

जसलाई देश प्रति माया छ उसले अबस्य काँडेतार हेर्छ। यति मात्र होइन देश र माटो जोगाउन संसदमा समेत बहस हुनु पर्ने उहाँको माग रहेको छ । देसप्रेमका खोल ओढेका हरुलाई काँडेतारले चेतना खुल्नेमा खड्का विश्वस्त हुनुहुन्छ । । देश समाज परिवर्तनका लागि चलचित्र एउटा सशक्त माध्यम भएको बताउनु भयो।

यही फागुन २५ गतेबाट प्रदर्शन हुने चलचित्र काँडेतार रिलिज हुँदै छ । देसका विभिन्न ठाउँमा च्यारिटी सो सम्पन्न भएको र केही ठाउँमा भएरहेको छ । करिब ७० भन्दा बढी च्यारिटी सो सपमन्न भएको मा दाङ मा भने  माघ १३ गते हुँदै छ । चलचित्र पत्रकार संघ दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत गर्नु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नु भएको थियो ।