लक्ष्मण बस्नेत
दाङ,५ माघ । बबई गाउँपालिका अन्तर विद्यालयस्तरीय १६ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुक्रबार देखि सुरु भएको छ ।
सरस्वती मावि चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा संचालित प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य दिपक गिरिले गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी गिरिले राष्ट्र आर्थिक संकटमा गुज्रदा सिङ्गो खेल क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्न नसकेको बताउनु भएको छ ।
खेलकुद राष्ट्रको सान र गौरव मात्र नभएर पहिचान पनि हो यसको बिकास लाई राष्ट्रको समृद्धि संग जोडेर लैजानु पर्छ भनिरदा सिङ्गो राष्ट्र चरम आर्थिक संकटमा गुज्रिनुले खेल क्षेत्रले अपेक्षाकृत फड्को मार्न नसकेको बताउनु भयो ।
भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम बबई गाउँ पालिका खेलकुदको गन्तव्य बन्न सक्थ्यो तर संघिय, प्रदेश र स्थानीय गरि तीन तहकै सरकार यतिबेला राष्ट्रको आर्थिक संकटको मार खेपिरहेकाले त्यो संभव नभएको उहाँको भनाई थियो ।
उहाँले सिमित श्रोत र साधनका बिच खेलकुदको बिकास र बिस्तारलाई अगाडि बढाउन आफू लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साथै मानव जिवनमा शिक्षाको जत्तिको महत्त्व छ खेलकुदको पनि त्यत्तिकै महत्त्व रहेकाले शिक्षा र खेलकुदलाई संग संगै लैजान स्थानिय पालिका लाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी गाँउपालिका अध्यक्ष कुल बहादुर खत्रीले बालवालिकाको सर्वाङगीन विकासको आधारशिला खेलकुद क्षेत्रको विकासमा आँफु लागि पर्ने बताउनु भयो ।
हामी गाँउपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ,बबई गाँउपालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ अध्यक्ष खत्रीले भन्नुभयो । बिधालयका प्रधानाध्यापक सिट्टिसाप बिष्टको स्वागत रहेको कार्यक्रमका विशिष्ट अतिथी जिल्ला समन्वय समितीका उपप्रमुख चेतना चौधरी,बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का लगाएत ले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगितामा सहभागी पालिका भित्रका बिधालयको मार्चपास तथा विभिन्न कला संस्कृती, भेषभुषा झल्कने नृत प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन बिधालयका शिक्षक बिरेन्द्र भन्डारीले गर्नु भएको थियो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पालिका स्तरका सामुदायिक तथा निजि बिधालय गरि १२ बिधालयको सहभागिता रहेको छ ।
सरस्वती माबिका बरुणलाई दुई स्वर्ण
यसैबिच प्रतियोगिता अन्तरगत आजस सम्पन्न एथलेटिक्स ट्रयाक तर्फ आयोजक सरस्वती माबी चरकमटियाका बरुण गन्धर्वले दुई स्वर्ण पदक हात पारेका छन् ।
कक्षा १२ मा अध्ययनरत बरुणले छोटोको १०० मिटर र लामो दुरिको १५०० मिटर दौडमा स्वर्ण पदक हात पारेको बिधालय शिक्षक तथा एथलेटिक्स संयोजक मान बहादुर बस्नेतले जानकारी दिनु भएको छ । प्रतियोगिता अन्तरगत शनिवार एथलेटिक्स, कबड्डी,कराते र भलिबल छात्र छात्रा तर्फ खेलहरु बिहान ८ बजेदेखी सुरु हुनेछ्न् ।