घोराही,२६ पुस । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (क) ले पालिका तथा वडा सभापति र सचिवहरुलाई प्रशिक्षण दिएको छ । बुधवार घोराहीमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेर आफ्नो क्षेत्रअन्तर्गत रहेका घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका सभापति, सचिव, वडा सभापति र सचिवहरुलाई प्रशिक्षण दिएको हो ।
नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षता तथा क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका उपसभापति दुर्लभ केसी, बंगलाचुली गाउँपालिका सभापति जागेश्वर अधिकारी, घोराही उपमहानगरपालिका वडा नं. १५ का सभापति सुनिलकुमार देवकोटा, वडा नं. १४ का सभापति टेकबहादुर बुढाथोकी, वडा नं. १८ का सभापति केशरबहादुर रावत, वडा नं. १७ का सभापति बुझौना चौधरी, १८ का वडा सभापति ज्ञानबहादुर रायमाझी, बंगलाचुली गाउँपालिका वडा नं.१ का वडा सभापति बिनोद गौतम, वडा नं. २ का कार्यवाहक सभापति इश्वर रोका, वडा नं. ४ का सभापति शिवराज परियार, वडा नं. ५ का सभापति केशव जिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले सभापतिको काम,कर्तव्य र अधिकारलगायतका बारेमा प्रशिक्षण दिएका थिए । नेपाली कांग्रेस क्षेत्र नं. २ (क)का उपसभापति लक्ष्मण बुढाथोकीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सचिव माया पोख्रेलले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण क्षेत्र नं. २ (क) का सचिव शिशिर अधिकारीले गरेका थिए ।