फेडवासन दंगीशरणकोे प्रथम साधारणसभा, अध्यक्षमा चौधरी

घोराही, २२ पुस । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ (फेडवासन) दंगीशरण गाउँपालिकाको प्रथम साधारणसभा हेकुलीमा सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिका फेडवासनका अध्यक्ष खड्गवीर चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

त्यसअबसरमा फेडवासन दाङका अध्यक्ष धुव्र ठकुरी, सचिव केशव दाहल, सदस्य सूर्यप्रकाश राणा, लुम्बिनी प्रदेश फेडवासनका सदस्य उमा वस्नेत, हेकुली वैवाङ खाने पानीका जंगबहादुर घर्ती, सिमठाना खाने पानीका नविन खड्कालगाएतले खानेपानी र सरसफाई मानव जीवन संग सम्बन्धीत भएको हुँदा सबै सजग भएर योजना निमाणर् र संरक्षण गर्नुपर्ने जोड दिएका थिए।

त्यस्तै दंगीशरण गाउँपालिकामा रहेका खानेपानी योजनाका समस्याहरुका बारेमा बोलेका थिए । वेदबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण टिकाराम भट्रराईले गरेका थिए ।

प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा खड्गवीर चौधरी, उपाध्यक्षमा नर्वदा लामिछाने, सचिवमा शकंर देवकोटा, कोषाध्यक्षमा अनिता राणा, सहसचिवमा बुद्धराम चौधरी चयन भएका छन् । यसैगरी सदस्यहरुमा नारायण न्यौपाने, राम बहादुर बुढाथोकी, वेदबहादुर वली, बासमति चौधरी र तुलसा देवकोटा चयन भएका छन् ।