नारायणप्रसाद श्रेष्ठ
धर्म र संस्कृतिको सुरुवात कहिले भयो यसको इतिहास लामो छ । यसलाई विभिन्न इतिहासकारहरुले विभिन्न तर्क दिँदै विभिन्न कुराहरु लेखेको पाइन्छ । तापनि हजाराँै वर्ष पहिलेदेखि धर्मको प्रारम्भ भएको कुरामा इतिहासकार सहमत भएको पाइन्छ । आर्य सभ्यता र वैदिक सनातनी सभ्यताको इतिहास ईशापूर्व १७०० वर्ष अघि भएको इतिहास बताउँछ भने हिन्दु सभ्यताको उत्पत्ति ईशापूर्व २००० वर्ष पहिले भएको भनी इतिहासबाट सहमत छन् । हिन्दु धर्मको मूल आधार वेदलाई मान्निछ ।
वेद ४ भागमा विभाजन गरिएको पाइन्छ । विविधतामा एकता कायम गर्दै कर्म र व्यवहारमा सामन्जस्थता ल्याई जीवन र जगतलाई गतिशिल बनाउन ऋगवेद, एर्जुवेद, सामवेद र अथर्कवेद यसरी ४ भागमा विभाजित गरिएको यस वेदको मूल सार आस्था र विश्वासको आधारमा विश्व सामु परिचित छ । जहाँ आस्था छ त्यहाँ धर्म, संस्कृति र संस्कार रहेको पाइन्छ । जहाँ संस्कार र संस्कृति छ त्यहाँ जीवनको गतिशीलता सरल र सहज छ जहाँ छैन त्यहाँ भिडतन्य छ ।
त्यसैले यसलाई गम्भीर रुपले चिन्तन र मनन गर्न जरुरी छ । तसर्थ यस कुरालाई गम्भीर रुपले चिन्तन गरी वेद शास्त्रले दिएको मूल्य र मान्यतालाई अविछिन्न गतिशिल बनाउन प्रत्येक मानव जातीले आफूलाई अग्रसर गराइरहन जरुरी छ । धर्म र संस्कृति भनेको जीवन दर्शन हो । धर्म भनेको धारण गर्नु पनि हो । हिन्दु धर्म र सभ्यतालाई स्वीकार गर्ने अहिले संसारमा धेरै छन् । त्यसमा दक्षिण एसियामा मात्र ९० प्रतिशतभन्दा माथि भएको पाइन्छ ।
हिन्दु शास्त्रलाई श्रुती र स्मृति २ भागमा व्याख्या गरिएको छ । श्रुती भन्नाले ‘वेद’ जसलाई हिन्दु ग्रन्थको मूलसारको रुपमा पाइन्छ भने स्मृति भन्नाले इतिहास, पुराण, महाभारत, रामायण आदिलाई भन्ने गरिन्छ । तसर्थ वेदको सारको रुपमा आएको उपनिषद र उपनिषदको सारको रुपमा आएको गितासारको अध्ययन गर्न जरुरी छ । गितामा मुख्य ३ कुरालाई जोड दिएको पाइन्छ । ज्ञानयोग, भक्तियोग र कर्मयोग ।
यसरी विविधतामा एकता कायम गर्दै हाम्रो सामाजिक परम्परामा बाँधिएको रहन, सहन, संस्कृति र संस्कारलाई गतिशिल बनाउन निर्माण भएका नीतिगत नियम, जसलाई धर्म र संस्कृतिसँग गाँसेर हेर्ने गरिएको छ, वास्तवमा यसले कानुनी आधार तयार गर्दै सुसंस्कृति समाज निर्माणमा अहम् भूमिका खेलेको पाइन्छ । हाम्रो धर्म र संस्कृति हाम्रो जीवन जिउने आधार भएर रहेको छ । त्यसैले आस्था र विश्वासमा अडेको हाम्रो संस्कृतिभित्रको पौराणिक मान्यता र सत्यलाई हाम्रो आचरण र व्यवहारमा सुदृढ ल्याउने एकमात्र मूल कानुनी दस्तावेज गितासार हो भनी हामी सबैले यसको दायित्व बोध गर्न जरुरी छ ।
प्रथा रुढीवादी हुन सक्छ, संस्कृति र संस्कार परम्परावादी हुन सक्छ तर यसलाई समयको परिवर्तनसँगै परिमार्जित गर्न सकिन्छ तर हिन्दु धर्म र सभ्यता यस्तो संस्कृति र संस्कारमा आवद्ध भएर देखा परेको छ । जसलाई धर्म परायण व्यक्तिले छोड्न सक्दैन । न त त्यसबाट पछि हट्न, काटछाट गर्न तथा सक्षेपिकरण गर्न सक्छ । किनकि हिन्दु धर्म र सभ्यताभित्र रहेको सत्य जसले जीवनको प्रारम्भदेखि अन्त्यसम्मको संस्कार बोकेको छ, त्यसलाई मानिस कतापि छोड्न सक्दैन । कारण यसले जीवनलाई गतिशिलता दिएको छ ।
मानिसको स्वासप्रस्वासमा चलिरहेको छ, कर्म र व्यवहारलाई परिस्कृत गर्दै आफूलाई खुसी र प्रशन्न राख्न्न तथा मानवीय प्रवृतिलाई सकारात्मक उन्मुख गराउन यसले जीवन दर्शनको रुपमा मानिसलाई ज्ञान दिएको छ । प्रशन्नताको छहारीमा सितलताको अनुभूति गराउँदै मानिसलाई खुसी र आनन्दित बनाइरहेको छ । आत्मसत्यको पहिचान गराइ उज्यालो भविष्यको आधार तयार गरेको छ । त्यसैले यसलाई विचार, कर्म र व्यवहारबाट परिस्कृत गर्दै मानिस आफूलाई सन्तुष्ट गराइरहेको छ । अप्ठेरो सप्ठेरो जुनसुकै अवस्थामा पनि यी ३ कुरालाई चाहेर पनि बिर्सन सक्दैन । पहिले ईश्वर, भगवान्, अल्हा, गड, इशु दोस्रो बाबाआमा तेस्रो गुरु गुरुआमा ।
पुराणमा उल्लेख भएका कथा प्रशंगमा जे जस्ता कुरा वर्णण गरिए पनि गिताको १८ अध्यायमा ज्ञान, भक्ति र कर्मलाई सहज ढंगले वर्णण गर्दै यसलाई अनुशरण गर्न गिताले ज्ञान दिन खोजेको छ । तसर्थ यसको सारतत्वलाई बुझी आफूलाई सभ्यता र संस्कारले सिकाएको ज्ञान, ध्यान, जप, तप र कर्म व्यवहारप्रति सबै इमान्दार हुन जरुरी छ । अहिले विकसित राष्ट्रहरु पनि प्रेरणाको स्रोतको रुपमा रहेको वेदको सारलाई व्यवहारमा उतार्न अध्ययन, विश्लेषण र कार्यान्वयन गर्न लागि परेको पाइन्छ ।
यति पवित्र र जीवनको सारतत्वभित्र रहेको वेद र वेदबाट सिर्जना भएका अन्य उपनिषदप्रति नकारात्मक भाव जगाउन अहिले धर्मान्तरको लागि केही तत्व निकै दौडधुपमा लागि परेको देखिन्छ, यो उनीहरुको चासोको विषय होला तर उहाँहरुले के बिर्सनु हुँदैन भने त्यस मूलका मानिसले आफूलाई कट्टर धर्मावलम्वी किन मान्छन् ? उनीहरु धर्मान्तरण गर्नु किन रुचाउँदैनन् ? त्यो सत्य बुझ्न जरुरी छ । युगौदेखि प्राप्त उपलब्धी र आफ्नो जीवन दर्शनको रुपमा रहेको सत्यलाई यदि पन्छ्याउँदै जाने हो भने यसले कस्तो परिस्थितिको सामना गर्नुपर्ने हो त्यो चट्टक्कै बिर्सनु हुँदैन । आफ्नो सत्य गुमाइ अरु खोज्नु भनेको अध्यारोमा प्रवेश गर्नु हो यो सत्य सबैले बुझ्न जरुरी छ ।
अध्यारोबाट उज्यालोको अनुभूति गर्नु भनेको ज्ञान सागरमा पौडन थाल्नु हो । सूर्योदयको उज्यालोसँगै जसरी प्रभात मध्यान्ह, सन्ध्या र रात हुँदै पुनः भोलिको सूर्योदय हुँदै समय गतिशिल भएको हुन्छ, त्यसरी नै जीवन पनि पूर्वाहरुदेखि उत्तरार्धसम्म मानव जीवनले अध्यात्मिक सत्यभित्रको ज्ञान हासिल गर्दै अघि बढेको हुन्छ । भूत, वर्तमान र भविष्यलाई सुधारोन्मुख गति दिन आफूलाई आध्यात्मिक पथमा अग्रसर गराइरहेको हुन्छ । फरक यति हो, यसलाई मानिसले कसरी अनुशरण गरिरहेको छन् यसलाई बुझ्नु पर्दछ ।
जीवन कर्कलोको पातमा रहेको पानीको थोपा सरह हुन्छ भने यो पानी कुनै पनि बेला झर्न र खस्न सक्छ यसको अस्तित्व मेटिन सक्छ । जीवन पनि त्यस्तै हो यो कहिले कुन बेला अन्त्य हुने हो कसैलाई थाहा छैन, त्यसैले जीवनलाई सहज र गतिशिल कसरी बनाउने ? अइ पर्ने समस्याको समाधान के हुन सक्छ ? विगतलाई हेर्दै वर्तमान र भविष्यलाई कसरी समय सापेक्ष सहज बनाउन सकिन्छ ? त्यस कुरालाई मनन गरी गिताको प्रथम सारमा ज्ञान अमृतद्वारा मानव जीवनलाई सिँचित गर्न खोजेको छ ।
ऋषिमुनिको तपोभूमि, प्रकृतिको अनुपम सुन्दरताभित्र कठोर तपबाट उपलब्ध गिताको मुख्य उद्देश्यले मानिसलाई ज्ञानले शुसोभित गर्दै जीवनलाई सफलता उन्मुख गराउन खोजेको छ । ज्ञान गंगामा पौडिँदै जीवन र जगतलाई हेर्ने दृष्टिकोण र गरिने कर्ममा सकारात्मक भाव जागृत गर्न उत्प्रेरणा जगाउन खोजेको छ । ज्ञानबिना संसार अध्यारो हुन्छ भन्दै ज्ञानले नै संसार उज्यालो गति उन्मुख हुने सत्य गिताले उजागर गरेको छ ।
ज्ञान मर्दै छ हासेर विज्ञान रोइ मर्दछ भन्ने कुरा शिद्ध गर्न खोजेको छ । यसरी उपनिषदको रुपमा आएको गिताले जप, तप, ज्ञान ध्यानयोग, सहयोग र समर्पण धैर्य र लगनशिलता बारे कथाको माध्यमबाट ज्ञान दिन खोजेको छ । ज्ञान नै उज्वल भविष्यको अध्यारो भनी प्रमाणित गरेको छ । कुनै पनि कुरा गर्न वा हृदयमा धारण गर्न त्यो विषयसँग सम्बन्धित ज्ञान हुन जरुरी छ भन्दै जप भन्नाले ईश्वरको नाम स्मरण गर्नु मात्र होइन त्यसलाई धारण गर्ने विधि र विधानसँग परिचित हुनु पनि हो भनी यसले सिकाउन खोजेको छ ।
यस्तै तप भन्नाले जंगलमा गएर ध्यान मग्न हुनु, सन्यास रुप धारण गरेर समाधी लिनु होइन, तप भन्नाले ज्ञान हासिल गर्न धैर्य र सहनशील भई एकाग्र बन्न एक मन र एक रशमा रही ज्ञान हासिल गर्न सक्षम हुनु र जीवनलाई उन्मुक्ति दिने मार्ग पत्ता लाउनु पनि हो । त्यसैले ज्ञान हासिल गर्न जप, तप, ध्यानयोग, धैर्य र लगनशिलता आवश्यक पर्छ पनि गिताले पहिलो अध्यायमा दर्शाउन खोजेको पाइन्छ । भनिन्छ पनि ‘प्लयधभिमनभ ष्क तजभ ष्निजत या ज्गmबल षिभ’ तसर्थ ईश्वर बाआमा, गुरु हाम्रा आदर्श हुन्, अध्यारोबाट उज्यालो बनाउने मुख्य आधार हुन भनी मानेर आफूलाई प्रस्तुत गर्नु पर्दछ ।
ज्ञानपछि आउने भक्तिको बारेमा मानिसले विभिन्न तर्क र विचार प्रतिपादन गरेको पाइन्छ । भक्तिलाई केवल स्वाभिक्त, ईश्वरभक्त, पूजाआजा, मन्दिर मस्जित गिर्जाधर दर्शनभक्त, शिवभक्त, गणेशभक्त, विभिन्न किसिमले व्याख्या विश्लेषण गरेको पाइन्छ । संस्कार र संस्कृतिप्रति अनर्गल प्रचर गरी यसको महिमा र आदर्शलाई कमजोर गराउन खोजेको देखिन्छ । भक्तिमार्गलाई बक्रदृष्टिले हेर्दै जसरी नकारात्मक दृष्टिले हेरिँदै गरेको छ, मानवीय चेतनाभित्र जागृत, विश्वास र भरोसालाई भूमित बनाउँदै जसरी धर्म परिवर्तन गराउने कुचेष्टा गरिएका छन् वास्तवमा यस्तो सोच प्रवृति उज्यालोबाट अध्यारोमा धकेल्ने कुरा हुन् । वास्तवमा भक्ति भनेको सर्दा विश्वास भरोसा, आदर आरधना, सम्मान मर्यादा इज्जदलाई आत्मसात गर्दै सत्यको उजागर गर्ने आधार हो ।
पूजा आत्म सन्तुष्टिको आधार हो । भक्ति आत्मसत्यको पहिचान गरी अलौकिक सत्यको यथार्थ जान्ने कोसिस गर्नु हो । गितामा लोभ, मोह र अहंकार परित्याग गरी सत्यको पहिचान गर्न यस मार्गलाई समेट्न जरुरी छ भनी देखाएको छ ।
तसर्थ ज्ञान ध्यान, भक्तिबाट शुभोमित विचार सागरमा डुबुल्की मार्दै व्यवहारिक जीवनमा आफूलाई परिवर्तन गरी जीवनलाई सहज गति दिनु नै कर्मयोग भनी गिताको तेस्रो सारमा भन्न खोजेको पाइन्छ । जबसम्म ज्ञान भक्ति र त्यसको आधारलाई कर्मको माध्यम सकारात्मक धारणा विकास गर्न सकिँदैन तबसम्म जीवनको यथार्थ धरातल मजवुद हुन सक्दैन । तसर्थ ज्ञानयोग र भक्तियोगले सिकाएको विचारलाई विश्वास र भरोसाको साथ कर्ममा रुपान्तरण गरी जीवनलाई आदर्श गति उन्मुख गराउन पर्दछ ।
यसरी गिताले ज्ञान भक्ति र कर्मले हामीलाई, हाम्रो जन्मको सफलता सार्थकता बनाउँछु भनी प्रेरणा दिन खाजेको छ । त्यसैले मनलाई आयातित तथा छाडा संस्कृतितर्फ तड्पाउनुभन्दा आफ्नै मौलिक संस्कृततिर गिताको अध्ययन मनन गरी जीवनलाई उज्यालोको प्रत्याभूति गरेको छ । हाम्रो सभ्यता हाम्रो संस्कार, हाम्रो उन्नती, वेद र गिताको आधार भनी आफूलाई जागृत गराइ वर्तमानले खोजेको धरातलमा उत्रनु परेको छ ।