दाङ,१७ पुस । घोराहीमा स्वास्थ सेवालाई घरघरमै पुर्याउने उद्देश्यसहित मेरो सहारा संचालनमा आएको छ । बिरामी भएका तर औसधि पसलसम्म पुग्न नसक्नेहरुको सहजताका लागि मेरो सहारा सन्चालनमा आएको हो ।
रिजर्भेसन सर्भिस प्रालि नेपालद्वारा संचालित मेरो सहाराले बिरामी र औसधि पसलका बिचमा पुलको रुपमा काम गर्ने मेरो सहारा दाङका संयोजक रामकुमार दाहालले जानकारी दिएका छन् । संयोजक दाहालले खासगरी अभिभावक वा घरका सदस्य बाहिर भएका तर घरमा बिरामीहरुलाई सेवा गर्न नसक्ने अवस्था भएका परिवारलाई सहयोग गर्ने उदेश्यका साथ घोराहीमा सन्चालनमा आएको बताएका थिए ।
संयोजक दाहालले त्यसका लागि मेरो रिजर्भेसन डटकमका माध्यमबाटहरेक व्यक्तिले औसधि अडर गर्ने र आफुहरुले घरमै औसधि पुर्याउने बताए । त्यसमा लागलागी १०र१५ जनासम्म कर्मचारीहरु रहेकोे जानकारी दिएका थिए । उनले सेवालाई प्रभावकारी बनाउदै आगामी दिनमा औसधि जस्तै अन्य सेवाको पनि घरसम्मै डेलीभरी सेवा प्रदान गर्ने उद्देश्य रहेको बताएका थिए । तत्काललाई घोराही क्षेत्रमा सेवा प्रवाह गर्ने पछि यसलाई विस्तार गर्दै लैजाने बताए ।
घोराही उपमहानगरपालिका १५ बिपीचोकमा सन्चालनमा आएको मेरो सहाराको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै जिल्ला पहिलो पटक सन्चालनमा आएको नयाँ सेवालाई प्रभावकारी र बिश्वासनिय बनाउनका लागि ध्यानदिनुपर्ने बताएका थिए । शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखा पूर्व अध्यक्ष सविन प्रियासन, राप्ती काव्य सहरका संयोजक एवं साहित्यकार यम रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एकके आकाशले गरेका थिए ।