घोराहीमा विद्युुतीय चुुलो प्रर्दशनी तथा अभिमुखीकरण

दाङ,१५ पुस । घोराहीमा एकदिने विद्युतीय चुलो प्रदर्शनी तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । अजम्वरी विकास फाउण्डेशन, विकास यात्रा नेपाल, स्वच्छ नेपाल र क्लिन इनर्जी एण्ड इन्भारोमेन्ट प्रालीको संयुक्त साझेदारीमा दाङ र कपिलवस्तुु जिल्लामा संचालन हुुन लागेको विद्युुतीय चुलो परियोजना कार्यक्रमअन्तर्गत घोराहीमा आईतवार विद्युुतीय चुलो प्रदर्शनी तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

विद्युुतीय चुलो परियोजना कार्यन्वयन स्थानीय साभेदार संस्था स्वच्छ नेपालको आयोजना तथा क्लिन ईनर्जी एण्ड ईन्भारोमेन्ट प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका वडा नं. १५ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्वच्छ नेपालकी अध्यक्ष बिन्दुु आचार्य गिरीको अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नंं १५ वडाध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले पर्यावरण संरक्षणका लागि विद्युुतीय चुलो अपरिहार्य रहेको बताएका थिए । नेपालमा विद्युुतिय उर्जा प्रवद्र्धनमा सक्षम र सवल बन्दै गइरहेकाले विद्युुतिय चुलोले मुलुुकको विद्युुत उत्पादनको खपत र हरिगगृह ग्याँस उत्सजर्नदेखि आर्थिक तथा मानविय जोखिमलाई न्युनीकरण गर्नेसक्ने भएकाले विद्युुतीय चुलो प्रयोगलाई हरेक नागरिकको पहुँचमा पुु¥याउन आवश्यक रहेको बताए ।

बढ्दो प्रविधिको विकासले दैनिक क्रियाकलापलाई सहज र मानवीय जोखिमलाई समेत निरुत्साहित गराउने भएकाले यसको प्रयोगलाई सहज बनाउदै लैजानुुपर्नै बताएका थिए । मानवीय आनीवानीका कारण पछिल्लो समय पर्यावरण समेत जोखिममा पर्दै गइरहेकाले पर्यावरण संरक्षणको थालनी समेत विद्युतीय उर्जा रहेको उनको भनाई रहेको थियो ।

कार्यक्रममा सामुुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुुषालले बैल्कपीक उर्जाको प्रयोग अभाव र चेतना स्तरका कारण पर्यावरणले असर खेप्नुु परिरहेको बताए । पर्यावरण जोगाउने एउटा प्रयासले मानव र पर्यावरण स्वास्थ्यलाई स्वच्छ र स्वस्थ बनाउने भएकाले विद्युतिय चुलो प्रयोगका बारे सबै जानकारी बन्नुुपर्ने बताएका थिए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वन तथा वातावरण विपत व्यवस्थापन शाखाका प्रमुख सुनिल कुमार शर्मा लगायतकाले बोलेका थिए । कार्यक्रममा क्लिन ईनर्जी एण्ड एन्भारोमेन्ट प्रालीका संचालक ईश्वर घर्तीले विद्युतिय चुलो प्रयोग र फाईदाका बारेमा करिव ७० जना सहभागीहरुलाई जानकारी दिएका थिए । घर्तीले आगामी ३ वर्षभित्र बागमती, कोशी र लुम्विनी प्रदेशमा ३० हजार घरधुरीमा विद्युुतिय चुलो सेवा पुु¥याउने लक्ष्यका साथ विद्युुतीय चुलो परियोजना सुरु भएको जानकारी दिए ।

विद्युुतिय चुुलो विस्तारका लागि साझेदार संस्थाले उपभोक्ताका लागि २ हजार चारसय प्रोत्साहन रकम समेत उपलब्ध गराउने उनको भनाई थियो । विद्युतीय चुलो परियोजना फोकल पर्सन स्वच्छ नेपालकी संस्थापक अध्यक्ष सुशीला पौडेलले स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।